Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 13, 2012

म्हपूजा , गोबर्धनपूजा र नेपालपूजा


तेजेश्वरबाबु ग्वगः  – 
घुमिफिरी आउँदो मौसमी ऋतुसित सांस्कृतिक चाड—पर्वहरू पनि टुप्लुकिरहन्छन् । टुप्लुकिरहेछ यस पाला पनि नेपाली घर आँगनमा गोबर्धनपूजा र म्हपूजा एक साथै । नेवार समुदाय आम तवरले म्हपूजा मनाउँछन् । आम नेपाली साथ नेवार समुदाय पनि म्हपूजा र गोबर्धनपूजा एक साथ मनाउँछन् ।
म्हपूजा जति आत्मपरक चिन्तनसित सटीक छ उत्तिनै गोबर्धन पूजा पनि रहेको छ । आत्मपरक चिन्तन भन्नु आफुलाई आफैसित  परिचित  हुने प्रकृया हो । तिनै प्रकृयालाई शब्द रुपान्तरण गरेर हामीले संस्कार भन्न पुग्यौँ । साँस्कृतिक गतिविधि परिचालन ÷ परिपालन गर्ने विधिनै त हो प्रकृया । साँस्कृतिक गतिलाई विधिपूर्वक पालन पोषण गर्नुपर्छ । तिनै पालन पोषण गर्ने विधि नै प्रकृया बन्छ । प्रकृया भन्नु त पहिले गरिने कामै त हुन् । प्र=पहिलो, क्रिया=काम संस्कृत शब्दावलीमा । नेवार समुदाय खास गरिकन दीक्षित घरानाकाहरू  गुरु घरानाबाट मन्त्र प्राप्त गर्छन् । गुरु घरान बाहुन्, कर्माचार्य हुन्छन् । बाहुन् नेपाली चलनचल्तीका शब्द हुन् । बाहुन शब्द ब्राम्हणबाट बनेको झर्रो शब्द तै हो । ब्राम्हण शब्दको वास्तविक अर्थ आफुलाई आफैले चिन्ने जान्ने मानिस व्रम्हज्ञानी बन्छ । ब्रम्हलाई चिन्ने जान्नेले नै आफुलाई हाँक्न सक्ने हुन्छ । त्यसैले आफुलाई आफैले हाँक्न सक्नेलाई ब्राम्हण भनिन्छ । त्यसैले ब्राम्हण वर्ण जन्मजात हुँदैनन् । ब्राम्हण असल काम, चिन्तन गर्ने जोसुकै पनि बन्न सक्छ । जन्मजात घरानकै मात्र ब्राम्हण हुन्छ भन्ने धारणा टपरे वृत्तिमा लिप्त प्रवृत्ति मात्र हो; धारणा हो । वेदले निर्धारण गरेका चार वर्ण मानिसको चेतना र गरिने कामको आधार भूमि मात्र ठहर्छ । अचेल ठाउँ ठाउँमा बाहुन थरीले भाँडा माभ्mनेदेखि शूची नीति गर्ने शौचालयसममकै कर्मकाण्ड गरिरहेको छयाप्छयाप्तिएको छ । शौचालय शूची गर्ने घरानकाहरू  पनि डाक्टर, इन्जिनियर, शिक्षक बनेको यथार्थ छ । वर्तमान सेरोफेरो ज्वलन्त उदाहरण बनेको छ यसको ।
म्हपूजा आफ्नै ब्रम्ह भनूँ, विवेकलाई जान्ने प्रयासको अभिज्ञान भनूँ भनूँ लाग्छ । पुर्खाले हामीभित्रको मान्छे बिउँझाउने साँस्कृतिक संस्कारको संज्ञा म्हपूजा बनाएथे । त्यही संज्ञा सारिनी संस्कार हो भन्छ यो म्हपूजा संस्कृति । यस अर्थमा म्हपूजालाई किन पो नेवार संस्कृतिकै मात्र लहना, गहना र जीवन्त जीवन आभुषण भनौँ …..? लाग्छ, नेवारै मात्र कसरी ब्रम्हवादी विवेकशील प्राणी बनून् ! किन यो मानिससितका मानिस सवै म्हपूजा संस्कृतिका गुठियार नमानौँ ….? सायद हजूरहरूसितका भित्री मानिसको चाहना म्हपूजा संस्कृतिको मिठास मोल्न चाहँदा हुन् ! म्हपूजाका आध्यात्मिक पक्ष उजागर गर्दैगर्ने रहरका लहरले मलाई भने कुत्कुत्याउँदै गर्छ र यो तरखरिन्छु म आफै  चेत लहराएर यसतिर ।
म्ह=शरीर । म्हपूजा शरीर ÷ देश पूजा । भन्नुहोला कि म्हपूजा=देहपूजा गरेर कसरी विवेकब्रम्ह ÷ ब्रम्हविवेक फष्टाउँदो हो ? सही जिज्ञाशा बन्छ यो, हजुरको । यसलाई यसरी सोचौँ कि शरीर ÷ देश नभए ब्रम्ह कहाँ रहने ? ब्रम्ह रहने बस्ने बासस्थान भनेकै देह हो; शरीर हो । ब्रम्ह नबस्दो र देह नहुँदो  हो त विवेक कसरी फष्टाउने ? ब्रम्हसितै विवेक फष्टाउँछ । ब्रम्हभित्रै विवेक स्फुरण हुन्छ । विवेकको खेती ब्रम्हबाटिकामै हुन्छ । विवेक फुरेरै त ब्रम्ह बाटिका झकिझकाउ फुल्छ ।  ब्रम्ह विवेक झकमक्क फुलेरै जीवन जगत महकिन्छ मगमग । म्हपूजा मगमग सुगन्धकारजस्थल बन्छ । मण्डल विवेक ब्रम्हको खेती गर्नै भूतलको गोलाइ बन्छ । मानौं कि मण्डल पृथ्वी ग्रहकै पर्याय बन्छ , प्रतीक बन्छ । म्हपूजा विम्व र प्रतीकवादी रसमय, तेजिलो चाड हो, पर्व हो । म्हपूजा रसमय, सुवासिलो सगुनहरूका आत्म उत्सर्ग बोक्ने मुहूर्त हो । 
विवेक ब्रम्हको खेती शरीर र देशबाट गरिन्छ शरीरका अनेक अङ्ग र अवयवहरूकै सत् प्रयोग र सदुपयोगद्वारा खेतीपाती गरिन्छ । मण्डललाई विवेकब्रम्हको खेतीगर्ने थलो भने. । कसरी पत्याउने ? मण्डल पृथ्वीको विम्व बोक्छ गोलो गोलो । पृथ्वी जीव जगतका आधारशिला हो । पृथ्वी माटो, हावा, पानी, तेज, र आकाश समेट्ने  अखाडा हो । यिनैका सपष्टि नै नहुन् र जीव जगत ? हुन् भन्न मन पराउँछु म । देह÷शरीर र विवेक बैमहको कुरो गर्दै थिएा । शरीर÷देह स्युल तत्व हुन् । बिवेक ब्रम्ह स्युल शरीरमा रहन्छ, प्रविस् हुन्छ । जबसम्म जहाँतक शरीरमा चेत रहिरहन्छ तवसम्म त्यहाँसम्मै बिवेक फष्टाइरहने अवसर रहन्छ । विवेक फष्टाई रहन संचेतना युक्त शरीर÷देह अनिवार्य हुन्छ । संचेताले वासबस्न देह चाहिएकै हुन्छ । शरीर÷देह नेवारी÷नेपालभाषामा मह हुन्छ । चेतनाले बास बसेको म्हलाई पूजा गर्नुको तात्पर्य देश+चेत÷ आत्माको पनि पूजा गर्नु हुन्छ । शरीर विना आत्माको अस्त्वि हुन्न । आत्मा  विना शरीरको पनि शान रहन्न । आत्माविनाको शरीरको अस्तित्व अवशान हुन्छ । शान=जीवन । अवशान=मृत्यु । म्हपूजाको अस्तित्ववान आस्था गहिरो छ ।
म्हपूजा र गोबर्धनपूजाबीच तादात्म्य छ भनेथेँ । तर, कसरी…? म्हपूजा र गोबर्धन पूजा एकैदिन गरिन्छ । लक्ष्मीपूजाका अवसर गाई पूजिन्छ । गोबर्धनपूजाका अवसरमा गोबरको पहाड बनाएर त्यसमा ससाना हरिया हाँगाबिँगा घुसारेर जङ्गलको प्रतीक बनाइन्छ । प्रतीकात्मक कार्यमा पहाडमा बनस्पती बृद्धि गर्न वृक्षारोपण सालवसालै अटूट रुपमा गरिरहनु पर्ने सन्देश सञ्चार गर्छ । स्वस्थ शरीरको लागि गाईको दुध चाहिन्छ । स्वस्थ शरीरलाई पूजा गर्नु म्हपूजा मनाउनुको तात्पर्य हो । गाइको दुध सेवन गरेर शरीर स्वस्थ राख्ने गाईलाई रसद पानी दिने जडीबुटी हुर्कने गोबर्धन पहाड पूजा गर्नुपर्छ । यहाँ पूजाको अर्थ वनबृद्धि गर्ने क्रियाकर्म बन्छ । जडीबुटी जस्तो, डालेघाँस गाईको स्वस्थ र पौष्टिक आहार हो । गोवर्धन पूजा र म्हपूजा बीचको तादात्म्य यसरी सटिक बन्छ, रहन्छ । 
संयोगवस भनौँ या अर्कै विन्यासमा त्यही दिन नेपाल सम्वत फेरिन्छ । म्हपूजा — गोबर्धन पूजाकै अवसरयुक्त दिन नेपाल सम्वत् परिवर्तनको मुहूर्त पर्छ । नेपाल सम्वत् सुरु हुने अवसर शंखधर साख्वाः भाजुको कुटील अनि उदार मनस्क क्रियाकर्मको फलद मुहुर्त बनेको छ । शंखधर साख्वाःको कुटिल कर्मको तात्पर्य साइट छोपेर बटुलेको बालुवा फकाएर आफ्नो पार्ने क्रियासित रहेको छ । उदार मनस्क कर्म उनले छानबिन गरेर बटुलेको सुनबेची गरीव ऋणमा डुबेकाहरूको ऋण तिरेर गरीबी निवारण गर्नु रहेको छ । जनवादका नारा भजाएर सवै जोगी एकातिर हामी आफ्नै तुम्वा भर्नेतिर लागेको यो समयमा शंखधर खाख्वाःलाई एकपटक फेरि पुनर्जन्म लिन आराधना गर्ने समसामयिक पहुँच हुँदो हो भन्छ । आओ धर्मवीरहरू, आओ र्कवीरहरू, आओ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर लाग्ने गरेका कपुत—सपुत र सपुत—कपुतहरू शंखधर साख्वाःका नेपालका स्वतन्त्र सपुत नेपाली बनेर आओ । गोवर्धन र म्हपूजा मनाएर पुगेन । अव त नेपालपूजा संस्कार उठाउनै पर्ने बेला आइसकेको छ ।

No comments:

Post a Comment