तेजेश्वरबाबु ग्वगः –
घुमिफिरी आउँदो मौसमी ऋतुसित सांस्कृतिक चाड—पर्वहरू पनि टुप्लुकिरहन्छन् । टुप्लुकिरहेछ यस पाला पनि नेपाली घर आँगनमा गोबर्धनपूजा र म्हपूजा एक साथै । नेवार समुदाय आम तवरले म्हपूजा मनाउँछन् । आम नेपाली साथ नेवार समुदाय पनि म्हपूजा र गोबर्धनपूजा एक साथ मनाउँछन् ।
म्हपूजा जति आत्मपरक चिन्तनसित सटीक छ उत्तिनै गोबर्धन पूजा पनि रहेको छ । आत्मपरक चिन्तन भन्नु आफुलाई आफैसित परिचित हुने प्रकृया हो । तिनै प्रकृयालाई शब्द रुपान्तरण गरेर हामीले संस्कार भन्न पुग्यौँ । साँस्कृतिक गतिविधि परिचालन ÷ परिपालन गर्ने विधिनै त हो प्रकृया । साँस्कृतिक गतिलाई विधिपूर्वक पालन पोषण गर्नुपर्छ । तिनै पालन पोषण गर्ने विधि नै प्रकृया बन्छ । प्रकृया भन्नु त पहिले गरिने कामै त हुन् । प्र=पहिलो, क्रिया=काम संस्कृत शब्दावलीमा । नेवार समुदाय खास गरिकन दीक्षित घरानाकाहरू गुरु घरानाबाट मन्त्र प्राप्त गर्छन् । गुरु घरान बाहुन्, कर्माचार्य हुन्छन् । बाहुन् नेपाली चलनचल्तीका शब्द हुन् । बाहुन शब्द ब्राम्हणबाट बनेको झर्रो शब्द तै हो । ब्राम्हण शब्दको वास्तविक अर्थ आफुलाई आफैले चिन्ने जान्ने मानिस व्रम्हज्ञानी बन्छ । ब्रम्हलाई चिन्ने जान्नेले नै आफुलाई हाँक्न सक्ने हुन्छ । त्यसैले आफुलाई आफैले हाँक्न सक्नेलाई ब्राम्हण भनिन्छ । त्यसैले ब्राम्हण वर्ण जन्मजात हुँदैनन् । ब्राम्हण असल काम, चिन्तन गर्ने जोसुकै पनि बन्न सक्छ । जन्मजात घरानकै मात्र ब्राम्हण हुन्छ भन्ने धारणा टपरे वृत्तिमा लिप्त प्रवृत्ति मात्र हो; धारणा हो । वेदले निर्धारण गरेका चार वर्ण मानिसको चेतना र गरिने कामको आधार भूमि मात्र ठहर्छ । अचेल ठाउँ ठाउँमा बाहुन थरीले भाँडा माभ्mनेदेखि शूची नीति गर्ने शौचालयसममकै कर्मकाण्ड गरिरहेको छयाप्छयाप्तिएको छ । शौचालय शूची गर्ने घरानकाहरू पनि डाक्टर, इन्जिनियर, शिक्षक बनेको यथार्थ छ । वर्तमान सेरोफेरो ज्वलन्त उदाहरण बनेको छ यसको ।
म्हपूजा आफ्नै ब्रम्ह भनूँ, विवेकलाई जान्ने प्रयासको अभिज्ञान भनूँ भनूँ लाग्छ । पुर्खाले हामीभित्रको मान्छे बिउँझाउने साँस्कृतिक संस्कारको संज्ञा म्हपूजा बनाएथे । त्यही संज्ञा सारिनी संस्कार हो भन्छ यो म्हपूजा संस्कृति । यस अर्थमा म्हपूजालाई किन पो नेवार संस्कृतिकै मात्र लहना, गहना र जीवन्त जीवन आभुषण भनौँ …..? लाग्छ, नेवारै मात्र कसरी ब्रम्हवादी विवेकशील प्राणी बनून् ! किन यो मानिससितका मानिस सवै म्हपूजा संस्कृतिका गुठियार नमानौँ ….? सायद हजूरहरूसितका भित्री मानिसको चाहना म्हपूजा संस्कृतिको मिठास मोल्न चाहँदा हुन् ! म्हपूजाका आध्यात्मिक पक्ष उजागर गर्दैगर्ने रहरका लहरले मलाई भने कुत्कुत्याउँदै गर्छ र यो तरखरिन्छु म आफै चेत लहराएर यसतिर ।
म्ह=शरीर । म्हपूजा शरीर ÷ देश पूजा । भन्नुहोला कि म्हपूजा=देहपूजा गरेर कसरी विवेकब्रम्ह ÷ ब्रम्हविवेक फष्टाउँदो हो ? सही जिज्ञाशा बन्छ यो, हजुरको । यसलाई यसरी सोचौँ कि शरीर ÷ देश नभए ब्रम्ह कहाँ रहने ? ब्रम्ह रहने बस्ने बासस्थान भनेकै देह हो; शरीर हो । ब्रम्ह नबस्दो र देह नहुँदो हो त विवेक कसरी फष्टाउने ? ब्रम्हसितै विवेक फष्टाउँछ । ब्रम्हभित्रै विवेक स्फुरण हुन्छ । विवेकको खेती ब्रम्हबाटिकामै हुन्छ । विवेक फुरेरै त ब्रम्ह बाटिका झकिझकाउ फुल्छ । ब्रम्ह विवेक झकमक्क फुलेरै जीवन जगत महकिन्छ मगमग । म्हपूजा मगमग सुगन्धकारजस्थल बन्छ । मण्डल विवेक ब्रम्हको खेती गर्नै भूतलको गोलाइ बन्छ । मानौं कि मण्डल पृथ्वी ग्रहकै पर्याय बन्छ , प्रतीक बन्छ । म्हपूजा विम्व र प्रतीकवादी रसमय, तेजिलो चाड हो, पर्व हो । म्हपूजा रसमय, सुवासिलो सगुनहरूका आत्म उत्सर्ग बोक्ने मुहूर्त हो ।
विवेक ब्रम्हको खेती शरीर र देशबाट गरिन्छ शरीरका अनेक अङ्ग र अवयवहरूकै सत् प्रयोग र सदुपयोगद्वारा खेतीपाती गरिन्छ । मण्डललाई विवेकब्रम्हको खेतीगर्ने थलो भने. । कसरी पत्याउने ? मण्डल पृथ्वीको विम्व बोक्छ गोलो गोलो । पृथ्वी जीव जगतका आधारशिला हो । पृथ्वी माटो, हावा, पानी, तेज, र आकाश समेट्ने अखाडा हो । यिनैका सपष्टि नै नहुन् र जीव जगत ? हुन् भन्न मन पराउँछु म । देह÷शरीर र विवेक बैमहको कुरो गर्दै थिएा । शरीर÷देह स्युल तत्व हुन् । बिवेक ब्रम्ह स्युल शरीरमा रहन्छ, प्रविस् हुन्छ । जबसम्म जहाँतक शरीरमा चेत रहिरहन्छ तवसम्म त्यहाँसम्मै बिवेक फष्टाइरहने अवसर रहन्छ । विवेक फष्टाई रहन संचेतना युक्त शरीर÷देह अनिवार्य हुन्छ । संचेताले वासबस्न देह चाहिएकै हुन्छ । शरीर÷देह नेवारी÷नेपालभाषामा मह हुन्छ । चेतनाले बास बसेको म्हलाई पूजा गर्नुको तात्पर्य देश+चेत÷ आत्माको पनि पूजा गर्नु हुन्छ । शरीर विना आत्माको अस्त्वि हुन्न । आत्मा विना शरीरको पनि शान रहन्न । आत्माविनाको शरीरको अस्तित्व अवशान हुन्छ । शान=जीवन । अवशान=मृत्यु । म्हपूजाको अस्तित्ववान आस्था गहिरो छ ।
म्हपूजा र गोबर्धनपूजाबीच तादात्म्य छ भनेथेँ । तर, कसरी…? म्हपूजा र गोबर्धन पूजा एकैदिन गरिन्छ । लक्ष्मीपूजाका अवसर गाई पूजिन्छ । गोबर्धनपूजाका अवसरमा गोबरको पहाड बनाएर त्यसमा ससाना हरिया हाँगाबिँगा घुसारेर जङ्गलको प्रतीक बनाइन्छ । प्रतीकात्मक कार्यमा पहाडमा बनस्पती बृद्धि गर्न वृक्षारोपण सालवसालै अटूट रुपमा गरिरहनु पर्ने सन्देश सञ्चार गर्छ । स्वस्थ शरीरको लागि गाईको दुध चाहिन्छ । स्वस्थ शरीरलाई पूजा गर्नु म्हपूजा मनाउनुको तात्पर्य हो । गाइको दुध सेवन गरेर शरीर स्वस्थ राख्ने गाईलाई रसद पानी दिने जडीबुटी हुर्कने गोबर्धन पहाड पूजा गर्नुपर्छ । यहाँ पूजाको अर्थ वनबृद्धि गर्ने क्रियाकर्म बन्छ । जडीबुटी जस्तो, डालेघाँस गाईको स्वस्थ र पौष्टिक आहार हो । गोवर्धन पूजा र म्हपूजा बीचको तादात्म्य यसरी सटिक बन्छ, रहन्छ ।
संयोगवस भनौँ या अर्कै विन्यासमा त्यही दिन नेपाल सम्वत फेरिन्छ । म्हपूजा — गोबर्धन पूजाकै अवसरयुक्त दिन नेपाल सम्वत् परिवर्तनको मुहूर्त पर्छ । नेपाल सम्वत् सुरु हुने अवसर शंखधर साख्वाः भाजुको कुटील अनि उदार मनस्क क्रियाकर्मको फलद मुहुर्त बनेको छ । शंखधर साख्वाःको कुटिल कर्मको तात्पर्य साइट छोपेर बटुलेको बालुवा फकाएर आफ्नो पार्ने क्रियासित रहेको छ । उदार मनस्क कर्म उनले छानबिन गरेर बटुलेको सुनबेची गरीव ऋणमा डुबेकाहरूको ऋण तिरेर गरीबी निवारण गर्नु रहेको छ । जनवादका नारा भजाएर सवै जोगी एकातिर हामी आफ्नै तुम्वा भर्नेतिर लागेको यो समयमा शंखधर खाख्वाःलाई एकपटक फेरि पुनर्जन्म लिन आराधना गर्ने समसामयिक पहुँच हुँदो हो भन्छ । आओ धर्मवीरहरू, आओ र्कवीरहरू, आओ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर लाग्ने गरेका कपुत—सपुत र सपुत—कपुतहरू शंखधर साख्वाःका नेपालका स्वतन्त्र सपुत नेपाली बनेर आओ । गोवर्धन र म्हपूजा मनाएर पुगेन । अव त नेपालपूजा संस्कार उठाउनै पर्ने बेला आइसकेको छ ।

No comments:
Post a Comment