Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 30, 2012

नेपाली ठग्न खोज्ने तीन कोरियाली पक्राउ l



 देबेन्द्र सम्बाहाम्फे


 सोल, भाद्र १४ - बैदेशिक रोजगारको प्रलोभनमा नेपालीबाटै नेपाली ठगिएको समाचार आइरहेको बेला दक्षिण कोरिया को अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ब्यूरोले ग्वाटेमाला पठाई दिन्छु भन्दै नेपाली ठग्न प्रयास गर्ने तीन कोरिया लीलाई सोलमा पक्राउ गरेको छ ।

नेपाली पासपोर्ट देखाउँदै प्रहरी 


५३ र २९ बर्षका ली थर भएका दुई र ५८ बर्षका च्वे थर भएका एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले ती दलालहरुको नाम गोप्य राखेको छ । यहाँको अपराध अनुसन्धान ब्यूरोका अनुसार उनीहरुले गत डिसेम्बरमा रोजगारी गर्न ग्वाटेमाला पठाई दिने भन्दै ३८ जना नेपालीहरुबाट जनही २ लाखको दरले ७६ लाख रुपैयाँ उठाउने योजना बनाएका थिए । उनीहरु मध्ये एक जनालाई जेल चलन गरिएको र दुई जनालाई तारिखमा छोडिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालमा व्यावसाय गरिरहेका ५८ बर्षका च्वेको सहयोगमा ५३ बर्ष लीले पीडित नेपालीहरुको पासपोर्टमा स्पेनिश भाषा प्रयोग गरेर ग्वाटेमालाको नक्कली भिसा लगाएका थिए । सो नक्कली भिसामा २०१४ सालसम्म रोजगार गर्न ग्वाटेमाला जानुपर्ने उल्लेख गरेर इमेल तथा फयाक्सबाट ती नेपालीहरुलाई पठाइएको थियो ।

अधिकांश पीडितहरु नेपालमा चिकित्सक र शिक्षक रहेको पनि जनाइएको छ । प्रहरीले जेल चलान गरिएका ५३ बर्षीय लीको बैंक खातामा अत्याधिक रकम भएकाले अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने जनाउँदै अनुसधानलाई तीब्र बनाएको छ  ।

No comments:

Post a Comment