![]() |
| १ महिना पहिले कोरियामा आत्महत्या गरेका ओमप्रसाद शेरचन र नबिनकुमार गुरुङ |
नेपालमा राजनैतिक कारणले देशको आर्थिक अबस्था झन् झन् खस्कीरहेको बेला कोहि पारिवारिक समस्या सुल्झाउन तथा कोहि सुन्दर भविष्य निर्माण गर्न भन्दै कोरिया, खाडी मुलुक र मलेसिया पुग्ने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ l विदेशमा जाने नेपालीहरुको संख्या बढीरहेता पनि उतै ज्यान गुमाउने घटनाहरु पनि झन्-झन बढेको छ । पछिल्लो एक बर्षमा खाडी र मलेसियामा मात्र नौ सय ७८ नेपाली मजदुरले ज्यान गुमाएका छन् ।
खाडी देशमा अधिकांश कामदारको मृत्यु सडक दुर्घटना, आत्महत्या र दीर्घरोगका कारण हुने गरेको श्रममन्त्रालयले जनाएको छ । शितल हावापानीमा बसेका नेपालीहरु एकैचोटी तातो हावापानी भएको देशमा जाँदा विरामी पर्ने र ज्यान गुमाउने गरेको मन्त्रायले जनाएको छ । साथै ट्राफिक नियम बुझ्न नसक्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरु धेरै छ ।
विदेशमा ज्यान गुमाउने मध्ये वैध कामदारका लागि कम्पनीले परिवारलाई एकलाख ५० हजार सहयोग गर्छ भने अवैध कामदारको ज्यान गए नेपाल सरकारको मद्धतले मात्र उसको शव नेपाल ल्याइने गरेको छ ।
गतबर्षमात्र मलेसियामा चारसय पाँचजना, साउदी अरेवियामा दुईसय ९४ जना, कतारमा एकसय ५६ जना, संयुक्त अरब इमिरेटस्मा ९३ जना, बहराइनमा ११ जना, ओमनमा १० जना र दक्षिण कोरियामा नौ जनाको ज्यान गएको थियो l

No comments:
Post a Comment