Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 20, 2012

नेपालले दक्षिण कोरियासित रेल्वेको बिकासमा सहयोग मागिने


काठमाडौं उपत्यकामा मेट्रो रेल्वेको विकास र तराई-मधेसमा ब्रोडगेज रेल्वे लगायतको पूर्वाधार विकासका लागि मित्रराष्ट्र दक्षिण कोरियालाई नेपाल सरकारले सहयोग गर्न आग्रह गर्ने भएको छ । भौतिक योजना, निर्माण तथा यातायातमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा चारदिने भ्रमणमा सोमबार दक्षिण कोरियाको सिउल प्रस्थान गरेको टोलीले आफ्ना समकक्षी र त्यहाँको रेल्वे कम्पनीका प्रमुखलगायतका अधिकारीसित नेपालका ठूला पूर्वाधार विकासमा सहुलियतपूर्ण ऋण सहयोग गर्न आग्रह गर्ने जानकारी सरकारी अधिकारीले दिए ।


चमेलिया जलविद्युत् आयोजनासहित विभिन्न विकास परियोजनामा सहुलियतपूर्ण ऋण सहयोग गरिरहेको दक्षिण कोरियाले काठमाडौं उपत्यकामा मेट्रो रेल्वे र तराई-मधेसमा ब्रोड गेज रेल्वे निर्माणमा चासो देखाइरहेकाले नेपाली टोली औपचारिक रूपमा आग्रह गर्न भ्रमणमा गएको जानकारी ती अधिकारीले दिए । महोत्तरीको बर्दियादेखि सिमरासम्म ब्रोडगेज रेल्वे निर्माणका लागि दक्षिण कोरियाकै कम्पनीको अगुवाइमा संयुक्त लगानीको परामर्शदाता कम्पनीले विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ भने काठमाडौं उपत्यकामा मेट्रो रेल विकास गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ ।

'भ्रमणका क्रममा हामीले दक्षिण कोरियाका निर्माण, यातायात र जलसंशाधनमन्त्री र त्यहाँको रेल्वे कम्पनीको प्रमुखसितको भेटवार्तामा तराई-मधेसमा रेल्वे निर्माण र काठमाडौं उपत्यकामा मेट्रो रेलको विकास गर्नका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्न आग्रह गर्नेछौं' भ्रमणमा जानुअघि भौतिक योजनामन्त्री त्रिपाठीले कान्तिपुरसित भने । उनले आफ्नो नेतृत्वको भ्रमण टोली मुलुकको पूर्वाधार विकासमा दक्षिण कोरियाको आर्थिक तथा प्राविधिक सहयोग जुटाउने एजेन्डामा केन्दि्रत हुने बताए । उनले द्विपक्षीय भेटमा नेपालले दक्षिण कोरियाली अधिकारीसत मुलुकमा ब्रोडगेज रेल्वे , मेट्रो रेल र टनेल निर्माणका लागि आवश्यक दक्ष जनशक्तिको अभाव भएकाले नेपाली अधिकारीलाई त्यससम्बन्धी अध्ययन र तालिम दिनसमेत आग्रह गरिने जानकारी दिए ।

रेल्वे , मेट्रो रेल तथा टनेल निर्माणमा मुलुकमा दक्ष प्राविधिक कामदार उत्पादनका लागि कोरियामा जाने नेपाली प्रशिक्षार्थी श्रमिकलाई ती क्षेत्रमा काम दिनमसमेत आग्रह गरिने उल्लेख गर्दै फलस्वरूप कोरियाबाट र्फकने नेपाली मुलुकभित्र रेल्वे , मेट्रो रेल तथा टनेल निर्माणका लागि दक्ष कामदार बन्ने विश्वास व्यक्त गरे । 'हामीले नेपालबाट जाने कम्तीमा २/३ हजार नेपालीलाई रेल्वे , मेट्रो रेल तथा टनेल निर्माणको काममा लगाउन अनुरोध गर्नेछौं, ती नेपाली स्वदेशमा फर्किएपछि मुलुकमा रेल्वे , मेट्रो रेल तथा टनेल निर्माणका लागि दक्ष कामदार हुनेछन्' त्रिपाठीले भने । भ्रमण टोलीमा भौतिक योजनासचिव तुलसी सिटौला, निर्माण महाशाखा प्रमुख हरिओम श्रीवास्तव, रेल्वे विभागका महानिर्देशक रामकुमार लम्साल, कानुन शाखा र योजना शाखाका उपसचिवद्वय राजेन्द्र नेपाल र राजेश उप्रेती रहेका छन् । भ्रमण टोली शुक्रबार स्वदेश र्फकने कार्यक्रम छ ।

                         (साभार :कान्तिपुर )

No comments:

Post a Comment