इटाली फाइनलमा प्रवेश
बोलोटेलीको लोभलाग्दा गोलसँगै इटालीले सर्बाधिक तीनपल्टको युरोपेली च्याम्पियन जर्मनीविरुद्ध प्रतिष्ठित प्रतियोगितामा अपरजित यात्रा कायमै राख्यो । वल्र्डकप र युरोको आठ भेटमा इटाली हालसम्म जर्मनीसँग हार्नु परेको छैन । ठूला प्रतियोगिताको सेमिफाइनलमा जर्मनीले लगातार तेस्रोपल्ट हार बेहोरेको हो ।
२१ बषर्ीय स्ट्राइकर बालोटेलीले उत्कृष्ट प्रदर्शन गर्दा उनलाई ग्रहण गरेका आमा रंगशालामै उपस्थित थिइन् । 'मेरी आमा रंगशालामै हेरिरहेकी थिइन् । बुबा टेलिभिजनमा', बालोटेलीले भने, 'आमाको अगाडि मैले दुई गोल गरे । बुबाको अगाडि किभमा हुने फाइनलमा चार गोल गर्न चाहन्छु । खेलपछि आमासँग अंगालो हाल्न पाएको क्षण मेरो जीवनकै अविस्मरणीय हो ।'
बालोटेली युरो २०१२ को सर्बाधिक गोलकर्ताको सूचिमा तीन गोलसँगै शीर्षस्थानमा पुगेका छन् । अन्य चार खेलाडीले पनि तीन-तीन गोल गरेका छन् । बालोटेलीले समूह चरणमा आयरल्यान्डविरुद्ध हात पारेको २-० को जितमा एक गोल गरेका थिए ।
बालोटेलीका लागि इटालियन प्रशिक्ष्ाक सिजर प्रान्डेली बुबाजस्तै हुन् । जर्मनीविरुद्धको उत्कृष्ट प्रदर्शनबाट उनी पनि निक्कै खुशी भए । 'उनी उत्कृष्ट छन् । उनको उत्कृष्ट रुपले टिममा भर्खर प्रवेश गरेको छ', प्रान्डेलीले भने, 'उनको खेल्ने शैली टिमलाई आवश्यक छ । उनी उच्च कोटीका खेलाडी हुन् । र, आफ्नो स्तर अनुरुप राम्रो खेल देखाए ।' उनीसँग विश्वकै उत्कृष्ट खेलाडी बन्ने खुबी भएको उल्लेख गर्दै त्यो प्रमाणित गर्नुपर्ने प्रान्डेली बताउँछन् ।
म्यानचेस्टर सिटीका फरवार्ड बालोटेलीले दुवै गोल पहिलो हाफमा गरेका थिए । त्यसैले जर्मनीले सेमिफाइनलमा सफलता हात पार्ने पूर्वानुमान गलत सावित भएको थियो । एन्टोनियो कासानोको क्रसमा हेडद्वारा बललाई पोष्टको दिशा दिदै उनले २० औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसकेा नौ मिनेट नबित्दै उत्कृष्ट रुपमा दोस्रो गोल गरेर इटालीको अग्रता दोब्बर बनाए । त्यसमा जर्मन किपर म्यानुएल नेउरलाई बल रोक्ने कुनै मौका थिएन ।
जर्मनीले दोस्रो हाफमा उत्कृय प्रदर्शन गर्यो । बलमाथि नियन्त्रण राख्यो । तर चाहिएको अवस्थामा गोल गर्न सकेन । इन्ज्युरी टाइमको दोस्रो मिनेटमा उसले पेनाल्टी पाएको थियो । त्यसमा मेसुट ओजिलको सटिम प्रहार गोलमा परिणत भयो । तर खेलमा पर्कन जर्मनीलाई निक्कै ढिलो भइसकेको थियो ।
No comments:
Post a Comment