Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, February 12, 2016

जनाधिकार मञ्चको आन्सान अधिबेसन मार्च २१ मा


बिकाश कार्की
१३ फेब्रुवरी ,द .कोरिया
नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले आफ्नो आन्सान अधिबेशन यहि मार्च २१ तारिक,आन्सान सहरको आन्सान हलमा गर्ने भएको छ।
आफ्नो आसन्न केन्द्रिय महाधिबेसन नजिकिदै गर्दा क्षेत्रीय अधिबेसनहरु तिब्र रुपमा हुने क्रम जारी रहेको सन्दर्भमा आन्सान अधिबेशनलाई बिशेष महत्वपूर्ण रुपमा हेरिएको छ।
किम्हे, खजेदो,बुसान अधिबेसन भब्यताका साथ सम्पन्न गरेको मञ्चले उत्साह पुर्वक आन्सान अधिबेशनको तयारी गरेको संयोजक बिकाश कार्किले जानकारी गराउनु भयो।
सम्बिधान निर्माणमा निर्णायक भूमिका खेलेर देशको जिम्मेवार राजनैतिक पार्टिको रुपमा आफुलाई स्थापित गराएको एमाओवादिको प्रवास भातृसँगठनको रुपमा रहेको जनाधिकार मन्च बिगत लामो समय देखी कोरियामा कृयाशिल रहदै आएको छ । सबै क्षेेत्रीय कमिटिहरुको अधिबेसन तथा सदस्यता बितरणमा उत्साहजनक सहभागिता र सकृयता ह्वात्तै बढेको मन्चका केन्द्रिय अध्यक्ष गणेश कालिकोटेले बताउनु भएको छ ।
मन्चलाई सामाजिक र सेवामुखी कार्यमा अझ बढी कसरी लगाउने भन्ने सन्दर्भममा समेत छलफल हुने भएकोले आन्सान र वरपरका साथिभाइहरुको कार्यक्रमप्रती चासो बढेको आयोजक समितिका नवराज तामाङको दाबी थियो।
कार्यक्रमलाई भब्य सभ्य र परिणाममुखी बनाउन तयारी तिब्र भैइरहेकोले मञ्च प्रती आस्था राख्ने आन्सान वरपरका नेपाली समुदायलाई उपस्थितिको लागी बिशेष अपिल गरिएको मञ्चले जनाएको छ। क्षेेत्रीय संयोजक बिकास कार्किले आफ्नो आन्सान अधिबेशन अहिले सम्मकै एतिहासीक हुने कुरामा आफू बिश्वस्थ रहेको कुरा नमस्ते नेपाल डट कम लाई जानकारी गराउनु भएको छ ।
मन्चका केन्द्रिय उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक चुडामणि अधिकारीले केन्द्रिय समितीका सबैलाई उक्त दिन उपस्थित भै अधिबेशन सफल बनाउन आ-आफ्नो स्थान बाट सहयोग गर्न अपिल समेत गर्नु भएको छ।
अधिवेशनको बिस्तृत जानकारी तथा सम्पर्कका लागि निम्नानुसार ब्यबस्था गरिएको मञ्चले जनाएको छ ।
नवराज तामाङ ०१०२७३३६६८६
बिकास कार्की ०१०५९२९९८९१
रमेश भण्डारी ०१५९२७८१९६
गोपाल गिरी ०१०५९४८६१४८
राजेन्द्र बस्याल ०१०५९५९१७५९
निमेश कुमार ओलि ०१०८८९२२४२१

No comments:

Post a Comment