Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, February 12, 2016

कोरियामा पत्रकार तालिम फेब्रुवरी २१ मा सौलमा हुदै


१३ फेब्रुवरी २०१६ ,कोरिया 
कोरियामा स्थगित गरिएको नेपाली पत्रकारिता तालिम फेब्रुवरी २१ मा हुने भएको छ | सलनालको बिदामा आयोजना गरिएको भए पनि प्राबिधिक कारण स्थगित गरिएको थियो | तालिम नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाले आयोजना गर्न लागेका हुन् | तालिम दिन नेपालबाट कान्तिपुर दैनिकका सहायक सम्पादक/क्रिएटिभ कोअर्डिनेटर अखण्ड भण्डारी कोरिया आइसकेका छन् । कार्यक्रमलाई चुस्त र ब्यबस्थित बनाउन दुवै संस्थाले पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य तथा फोनिज कोरिया शाखाका सल्लाहकार देवेन्द्र सम्बाहाम्फेलाई संयोजकको जिम्मेवारी दिएका छन् | अनलाइन, छापा र बिध्युतीय (रेडियो टिभी) गरि तीन विधामा दिईने तालिम संचालन हुने जनाइएको छ | तालिममा लिन इच्छुकका साथै कोरियामा कार्यरत प्रमुख र सक्रिय सस्थाबाट अनिबार्य २ जना सहभागी गराउन आयोजकले अनुरोध गरेका छन् |
स्थान :- सोल ग्लोबल सेन्टरको चौथो तल्ला | जाने तरिका १ नम्बर लाइनको छोङगाक स्टेसनको ६ नम्बर गेट अगाडी समय:- बिहान १० बजेदेखि बेलुका ५.३० बजेसम्म (अंग्रेजी समय)

No comments:

Post a Comment