Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 10, 2016

कास्की परिवारको भेला सगै सलनाल विशेष कार्यक्रमहरू सम्पन्न



"संगठित समुहनै प्रदेशकाे साहारा हाे "भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापना भएकाे यस कास्की परिवारले काेरियन नयाँ बर्ष सलनालकाे अबसर पारेर बृहत् भेला तथा बिबिध महत्वपुर्ण कार्यक्रमहरू सम्पन्न गरेकाे छ ।फेब्रूअरि ७ तारिककाे दिन नेपाल हाउसमा अायाेजना गरियकाे बृहत् कस्केलि भेला तथा चियापान भब्यताका साथ सफल पारेकाे छ भने उक्त कार्यक्रममा काेरियाबासि कस्केलिहरूकाे तथ्याङ्क संकलनकाे कामलाई पनि अगाडि बढाएकाे छ । संथाका अध्यक्ष खाेम प्रसाद गुरूङकाे सभापतित्व , सल्लाहाकार सुरज गुरूङकाे प्रमुख अाथित्यता, र विशेष अतिथिहरू वरिष्ठ सल्लाहाकार नवीन गुरूङ,एन अार एन ए उपाध्यक्ष लक्ष्मि गुरूङ, समाजसेवि चुडामणि अधिकारी, समाजसेवि भक्त सेरचन, समाजसेवि गुप्त गुरूङ लगायत अतिथिहरू कृष्ण पुरी , धर्म गुरूङ, प्रदिप गुरूङ, अमृत प्रसाद बास्ताेला, गाेबिन्द बास्ताेला , दिल जलारि पासा, लिना गुरूङ, लाेक पारखि लक्ष्मि प्रसाद भण्डारी रहनुभएकाे थियाे ।
उक्त बृहत् भेलामा कास्की जिल्ला बाट द काेरिया अाई विभिन्न संध संस्थाकाे जिम्मेवारपुर्ण पदमा पुगेर सामाजिक क्षेत्रमा पहिचान बनाउनुहुने ब्यक्तित्वहरूलाई सम्मान समेत गरेकाे संथाका सचिब पुष्पराज तिमिल्सिनाले बताउनु भयाे ।
उक्त भेलामा संथाका अध्यक्ष खाेम गुरूङले संथाकाे परिचय, गतिबिधि तथा भाबि याेजनाका बारेमा प्रष्ट पारि अागामि याेजनाका प्रस्ताबहरू छलफलमा राख्नुभएकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य स सचिब अमृत प्रसाद बास्ताेला ज्युले राख्नुभएकाे थियाे । त्यस्तै गरि कास्की जिल्ला बाट द काेरियामा अाई बिभिन्न पेशा र ब्यबसायमा सफलता प्राप्त गर्नु हुने ब्यक्तित्वहरूले भावि दिनहरूमा कास्की परिवारकाे सामाजिक कार्यमा हर तरहले सहयाेग गर्ने बताउनु भयकाे थियाे । साथसाथै कास्की परिवारका सल्लाहाकारहरू चुडामणि अधिकारी, कृष्ण पुरी र रितु श्रेष्ठ ले पनि अा-अाफ्नाे धारणा राख्नु भयकाे थियाे ।
उक्त भेलाकाे अवसरमा कास्केलि लाेक पारखि लक्ष्मी भण्डारी , देवदास पाेख्रेल, कृष्ण बास्ताेला, बलराम भण्डारी , रमिला गाैतम तथा अन्य साथिहरूले सुमधुर स्वरकाे साथमा अाकर्षक सांगितिक प्रस्तुति पनि राख्नुभयकाे थियाे ।
कार्यक्रममा साधारण सदस्यताबारे, कास्केलि अाबास गृह संचालन सम्बन्धमा, खेलकुदकाे बिषयमा, क्षेत्रिय उप समितिहरू बिस्तार काे सम्बन्धमा छलफल हुनुका साथै कास्किले मार्च १३ मा प्रर्दशन गर्ने नेपाली कथानक चलचित्र " प्रेमगित " काे पाेस्टरकाे विमाेचन गरियकाे थियाे ।
उपस्थित सम्पुर्ण कस्केली दाजु भाइ दिदिबहिनीहरु को साथ छलफल को साथै चियापान कार्यक्रम पनि भएको थियो र नेपाली सेलरोटी तथा नेपाली स्वाद को अचार र तरकारी ले नेपाली स्वाद मा सबै कस्केलि भरपुर रम्नु भयको थियोे
कास्की परिवारकाे गरिमालाई सधै उच्च राख्ने कस्केलि फुटबल तथा भलिबल खेलाडि हरूलाई स्वागत तथा सम्मान गरिनुका साथै रात्रिभाेजकाे पनि ब्यबस्था गरियकाे थियाे ।साथसाथै फेब्रुअरी ८ तारिख काे दिन पाेखराकाे चरचित सांगितिक ब्यान्ड " कन्दरा" का संगितकर्मिहरूलाई ताेङ्देमुन स्थित पुजा रेष्टुरेन्टमा विशेष सम्मान तथा शुभकामनाका साथमा रात्रि भाेजकाे पनि अायाेजना गरेकाे थियाे ।

No comments:

Post a Comment