Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 29, 2016

राप्ती सम्पर्क मञ्च दक्षिण कोरियाले बृहत् छलफल गर्ने

नमस्ते नेपाल कोरिया सम्बादाता
२९ फेब्रुवरी २०१६ ,कोरिया l
राप्ती सम्पर्क मञ्च दक्षिण कोरियालको नव निर्वाचित कार्यसमितिले बृहत् छलफल तथा अन्तरकृया सउलको तुङ्देमुनमा गर्ने भएको छ।
रोल्पा,रुकुम,दाङ,प्युठान,सल्यान समेटेर निर्माण गरिएको समितिले आफ्नो स्थापनाको छोटो समयमै सामाजिक काम, कर्तव्य,अधिकार र प्रवाशी भुमिमा सस्थालाई कसरी सकृय बनाउने भन्ने बिषयमा बृहत् छलफल मार्फत टुङगोमा पुर्‍याने उदेश्यले बृहत् छलफल तथा अन्तर्कृया गर्न लागिएको सस्थाका अध्यक्ष बिरकुमार वलीले जानकारी गराउनु भयो।
कोरियाको समस्या लाई एक अर्कामा मिलेर समाधान गर्ने र बाकी सकेको सहयोग आफ्नो मातृ भुमिलाई गर्ने प्रमुख उद्देश्यले राप्ती सम्पर्क मञ्चको स्थापना गरिएको भन्दै बरिस्ठ उपाध्यक्ष निमेष कुमार वलीले कोरियामा विभिन्न पेशा, ब्यबसाय लगायतको सिलसिलामा कोरिया रहनु हुने सम्पुर्ण राप्ती भेगका समुदायलाई तोकियको समयमा उपस्थित भई बृहत् छलफल तथा अन्तर्कृया कार्यक्रम सफल पारिदिन हार्दिक अपिल गर्नु भएको छ।
स्थान:-कुमारी भान्सा घर तुङ्देमुन ३ नं गेट अगाडि
मिति:-२०१६/०३/०६
अर्थान मार्च ६ तारिक आईतवार
समय:- बिहान ठिक १० बजे

No comments:

Post a Comment