Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, February 28, 2016

जनअधिकार मञ्चको आन्सान अधिबेशन सम्पन्न

चुडामणि अधिकारी 

२८ फेब्रुवरी ,दक्षिण कोरिया 
एनेकपा माओबादिको भातृ संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाको आन्सान क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ। महामहिम राजदुत कमान सिं लामाको प्रमुख आतिथ्यमा आन्सान माईग्रेन्ट सेन्टरको हलमा अधिबेशन सम्पन्न भएको हो। बिकाश कार्की नेतृत्वको १७ सदस्यीय तीन सदस्य पछि थप्ने गरि सर्वसम्मत समिती समेत अधिबेशनले निर्वाचित गरेको छ।
उल्लेख्य सर्वसाधारण र शुभचिन्तक हरुको उपस्थितमा भब्य रुपमा सम्पन्न कार्यक्रमको विशेष अतिथी एन आर एन आईसीसी प्रतिनिधि तथा निवर्तमान अध्यक्ष बिनोद कुँवर,केन्दृय अध्यक्ष रगणेश कालीकोटे,केन्द्रिय उपाध्यक्षहरु चुडामणि अधिकारी,चन्द्र तामाङ,केन्द्रिय माहासचिब लालकाजी बस्नेत,केन्द्रिय सचीव शिव बस्याल छेत्री,केन्द्रिय कोशाध्यक्ष बिस्नु पान्डे, सल्लाहकारहरु दिलिप धिताल, भोला पौड्याल, खगेन्द्र बुढा मगर रहनु भएको थियो।
मञ्चका केन्द्रिय पदाधिकारी हरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता अधिबेशन संयोजक बिकाश कार्की ले गर्नु भएको थियो। भने कार्यक्रम संचालन राजेन्द्र बस्यालले गर्नु भएको थियो।
कार्यक्रममा अतिथिहरु मन्चका केन्द्रिय सदस्य तथा काभ्रे सम्पर्क समिती सचिब गोबिन्द गौतम,केन्द्रिय सदस्य तथा कास्की परिवार दक्षिण कोरियाका सचीव पुस्पराज तिमिल्सिना,इलाम सुर्यदय समाजका अध्यक्ष हरि खनाल,मन्चका पुर्व केन्द्रिय सचिब रामहरी न्यौपाने लगायत अतिथिहरु हुनुन्थ्यो।
कोरियामा सकृय संघ सस्थाका प्रतिनिधि तथा स्थानिय बुद्धिजीवी हरुले आ आफ्नो मन्तव्य राख्दै नव निर्वाचित हुने समितिले पार्टिको राजानितिक बिचार धारा संग संगै सामाजिक कामलाई समेत महत्व दिनुपर्ने कुरामा जोड दिनु भएको थियो।
निमेष कुमार ओलिको स्वागत मन्तव्य संगै केन्द्रिय सदस्य गोबिन्द गौतम, ईलाम सुर्योदय सेवा समाजका अध्यक्ष हरि खनाल, खगेन्द्र बुढा, दिलिप धिताल ,चुडामणि अधिकारी,चन्द्र तामाङ,पुस्पराज तिमिल्सिना लगायत बक्ताहरुले समसामयिक बिषयमा आफ्नो धारणा राख्दै संगठन लाई मजबुद बनाउन दिलो ज्यान दिएर लाग्ने भन्दै शुभकामना मन्तव्य ब्यक्त गर्नु भयो।
कार्यक्रमको संचालन केन्द्रिय सदस्य राजेन्द्र बस्यालले गर्नु भएको थियो। हालसालै नेपालमा भएको हवाई दुर्घटनाको घटनाप्रती दुख ब्यक्त गर्दै मृतक सबैको सम्झनामा मौन धारण गर्दै कार्यक्रममा चर्चा गरिएको थियो।
कोरियामा अब आउँदा दिनहरुमा नयाँ जोश र हौसलाको साथ जाग्ने भन्दै मञ्चका अध्यक्ष गणेश कालिकोटेले कोरियामा शशक्त संगठनको रुपमा जनअधिकार मञ्चलाई चाडै जनमानसले देख्न पाउने बिश्वास ब्यक्त गर्नु भयो।
नेपालको बिकासमा प्रवाशी युवाहरु जुट्नुपर्छ भन्दै बिशेष अतिथी बिनोद कुँवरले कोरियाको सामाजिक काममा सकृय सबै संघ सस्था तथा ब्यक्तिलाइ आफुले खुल्ला हृदयले सहयोग गरि आएको तथा आगामी दिनमा पनि क्रम जारी राख्दै सामाजिक कामको नाममा बिकृती मैलाउने हरुलाई हामिले चिन्नु पर्ने धारणा उहाँको थियो।
नेपाली जलविद्युतको क्षेत्रमा कोरियन लगानी भित्र्याउने उद्देश्यले नेपाली राजदुतावासले जलविद्युतमा लगानी शिर्षकमा सेमिनार आयोजना गरेको जानकारी दिदै राजदुत लामाले देशको बिकाशमा सबै प्रवाशी नेपाली हरुको भावना मिल्नु पर्ने कुरामा जोड दिनु भएको थियो।
आफ्नो ब्यस्त समयको बाबजुद कार्यक्रममा उपस्थित हुनुभई राजदुत लामाले नयाँ निर्वाचित हुने कार्य समितिलाई बधाई र सफल कार्यकालको लागि अग्रिम शुभकामना ब्यक्त गर्नु भएको थियो।नवनिर्वाचित कार्य समितीलाई मञ्चका केन्दृय अध्यक्ष गणेश कालिकोटेले सपथ ग्रहण गराउनु भएको थियो।
खुल्ला सत्रको समापन सभापति बिकास कार्किले मन्तब्य सहित गर्नु भएको थियो।
बन्द सत्रको संचालन रमेश भण्डारीले गर्नु हुँदै आफ्ना भनाइहरुका साथ छेत्रीय समितिको नामावली प्रस्तावित गर्नु भएको थियो।हलमा उपस्थित प्रतिनिधिहरु लाई दाबी बिरोधको लागि समय दिएर जनबादको राम्रो प्रयोग गर्नु भएको थियो।हलले एकमतले ताली बजाएर प्रस्तावित पद सहितको नामावलिलाई पारित गरिएको थियो।
नवनिर्वाचित कार्यसमिती यस प्रकार रहेकोे छ
अध्यक्ष :- बिकाश कार्की
उपाध्यक्ष :- जङ्बु लामा
उपाध्यक्ष :- गोपाल गिरि
सचिब :- निमेष कुमार ओलि
सह- सचिब:-रमेश न्यौपाने
कोषाध्यक्ष :-नयन गौतम
सदस्य हरु:-
-किसन दास
अन्जु पाण्डे
-बिमल पाण्डे
-बुद्दि ब.दर्जि
-सन्तोष बराईली
-निर्मल थापा
-नारायण अधिकारी
-गुणराज भण्डारि


No comments:

Post a Comment