Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, December 11, 2014

कोरियाको थेगुमा केमिकल फ्याक्ट्रीमा ५० कामदार घाइते......

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया सम्वाददाता 
११, डिसेम्बर ,२०१४

दक्षिण कोरियाको  दक्षिणपूर्वी शहर थेगुमा एक प्लेटिंग कारखानामा केमिकल चुहावट  भएर झन्डै  पचास कामदारहरू घाइते भएका छन् l योंनाम मेटल कम्पनी नामक कारखानामा बुधबार दिउसो १२:२३ बजेतिर उक्त जोखिम घटना हुन गएको हो l
फोटो - योन्हाप न्युज 

केही कामदारहरुले  उक्त केमिकल सल्फ्युरिक एसिडयुक्त ट्यांकमा गलत रुपमा हालिदिनाले रासायनिक खराबीका कारण त्यहा रहेका कामदारहरु  प्रभावित भएका थिए l
  अग्नि नियन्त्रक तथा  कम्पनी अधिकारीहरुका  अनुसार समयमै उक्त घटनामा सुरक्षा  नियन्त्रण अपनाइएको र नजिकैको असपतालमा उपचारार्थ पुर्याईएको हुनाले घाइतेहरुको अवस्था गम्भीर नरहेको बताएका छन् l कोरियाको समचार स्रोत योन्हापले जनाएअनुसार तत्काल सुरक्षा अपरेसन थालिएको हुनाले  उक्त घटनामा  मानवीय क्षति र  भौतिक क्षति हुन नपाएको बताएको छ भने के  कति बिदेशी वा स्वदेशी  घाइते भएका थिए भन्नेबारे खुलाएको छैन l

  विशेषज्ञका अनुसार उक्त हाइपोक्लोराइट  रासायनिक र  विषाक्तता  कारण उच्च प्रभाव पर्न गएमा  मानिसको मृत्यु पनि हुन सक्ने  बताईएको छ l जुन केमिकल उत्पादित पार्ट्सहरु सरसफाई गर्न प्रयोग गरिने गरिएको थियो l

दुर्घटनामा आगलागी तथा ठुलो आवाजको बिस्फोट नभएपनि उक्त रासायनिक ग्यास फैलिएको कारण असर पुर्याएको थियो l  कम्पनी द्वारा सुरक्षा तथा प्रयोग सम्बन्धि नियमहरुमा ध्यान नपुर्याईएको कारणले कामदारहरु खतारामा परेको  छानबिनको क्रममा प्रहरीले  रिपोर्टमा जनाएको छ l

No comments:

Post a Comment