नमस्ते नेपाल कोरिया संवाददाता
इपिएस मार्फत कोरियामा गएका कामदारहरुको अर्काे महिना देखि तलब बढ्ने भएको छ।
दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलब वृद्धि गर्ने निर्णयासँगै नेपाली कामदारहरु पनि त्यसबाट लाभान्वित हुने भएका हुन्। दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलब ७.१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो। आगामी महिनादेखि वृद्धि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्यूनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ। समितिले कोरिया सरकारलाई पत्रचार गरेर वृद्धि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ। समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्युनतम पारिश्रमिक बढाउँदै आएको छ।
यसअघि पनि २०१४ मा समितिको सिफारिस न्यूनतम पारिश्रमिक ७.२ प्रतिशत वृद्धि भएको थियो। न्युनतम ज्याला निर्धारण समितिमा कोरियाको मजदुर संगठन केसिटियुुबाट ४ जना, सरकार र कम्पनीका तर्फबाट १८ जना र अन्य मजदुर संगठनबाट गरी २७ जना प्रतिनिधि हुन्छन्।
नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलब पाउने कामदारले ५ हजार ५ सय ८० वन तलब पाउनेछन्। त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ। अहिले ४१ हजार ६ सय ८० वन छ। त्यसैगरि प्रतिमहिना (४० घन्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ। अहिले प्रतिमहिना कामदारको तलब १० लाख ८८ हजार ९ सय ९० वन रहेको छ। यसअघि २०१४ मा घन्टाको ४ हजार ८ सय ६० वनबाट बढेर ५ हजार २ सय १० वन पुुगेको थियो। कोरियाली वन १ सयको नेपाली ८ रुपैयाँ ९० पैसा हुन्छ।
यता नेपाल सरकारले कोरियासँग नेपाली कामदारका लागि कानुनबमोजिम पेन्सन दिलाउन पहल समेत गरेको छ। सरकारले नेपाली कामदारका लागि नागरिक पेन्सन दाबी गर्दै सेवा सुविधा बढाउन पहल गरेको हो। नेपालमा पनि नागरिक पेन्सनको व्यवस्था रहेकाले कोरियामा पनि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया गएर काम गरेका कामदारका लागि पेन्सन अवधारणाको कुरा भैरहेको इपिएस शाखाका प्रमुख डिल्ली बाँस्तोलाले बताए। ‘हामी यो कार्यान्वयन गराउने पक्षमा छौं,' उनले भने ।
८० हजार लागतमा मासिक १ लाखभन्दा बढी आम्दानी गर्न सकिने हुनाले कोरियाप्रति नेपाली युवाहरुको आकर्षण बढ्दो छ।
इपिएस मार्फत कोरियामा गएका कामदारहरुको अर्काे महिना देखि तलब बढ्ने भएको छ।दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलब वृद्धि गर्ने निर्णयासँगै नेपाली कामदारहरु पनि त्यसबाट लाभान्वित हुने भएका हुन्। दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलब ७.१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो। आगामी महिनादेखि वृद्धि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्यूनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ। समितिले कोरिया सरकारलाई पत्रचार गरेर वृद्धि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ। समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्युनतम पारिश्रमिक बढाउँदै आएको छ।
यसअघि पनि २०१४ मा समितिको सिफारिस न्यूनतम पारिश्रमिक ७.२ प्रतिशत वृद्धि भएको थियो। न्युनतम ज्याला निर्धारण समितिमा कोरियाको मजदुर संगठन केसिटियुुबाट ४ जना, सरकार र कम्पनीका तर्फबाट १८ जना र अन्य मजदुर संगठनबाट गरी २७ जना प्रतिनिधि हुन्छन्।
नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलब पाउने कामदारले ५ हजार ५ सय ८० वन तलब पाउनेछन्। त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ। अहिले ४१ हजार ६ सय ८० वन छ। त्यसैगरि प्रतिमहिना (४० घन्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ। अहिले प्रतिमहिना कामदारको तलब १० लाख ८८ हजार ९ सय ९० वन रहेको छ। यसअघि २०१४ मा घन्टाको ४ हजार ८ सय ६० वनबाट बढेर ५ हजार २ सय १० वन पुुगेको थियो। कोरियाली वन १ सयको नेपाली ८ रुपैयाँ ९० पैसा हुन्छ।
यता नेपाल सरकारले कोरियासँग नेपाली कामदारका लागि कानुनबमोजिम पेन्सन दिलाउन पहल समेत गरेको छ। सरकारले नेपाली कामदारका लागि नागरिक पेन्सन दाबी गर्दै सेवा सुविधा बढाउन पहल गरेको हो। नेपालमा पनि नागरिक पेन्सनको व्यवस्था रहेकाले कोरियामा पनि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया गएर काम गरेका कामदारका लागि पेन्सन अवधारणाको कुरा भैरहेको इपिएस शाखाका प्रमुख डिल्ली बाँस्तोलाले बताए। ‘हामी यो कार्यान्वयन गराउने पक्षमा छौं,' उनले भने ।
८० हजार लागतमा मासिक १ लाखभन्दा बढी आम्दानी गर्न सकिने हुनाले कोरियाप्रति नेपाली युवाहरुको आकर्षण बढ्दो छ।
No comments:
Post a Comment