Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 17, 2014

कोरियामा इपिएसको १० बर्ष समिक्षा कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )

रोशन राइ ,सउल दक्षिण कोरिया 
प्रवासी मजदुर संघ दक्षिण कोरियाले अगस्ट १७ तारिक आईतबार,सौलको सदेमुन स्टेशन नजिक रहेको कोरियन मजदुर महासँघको भवनमा ईपीएस लागु भएको १० औ बर्ष बितेको र त्यहा भित्र रहेका बिभिन्न  समस्या तथा राम्रो पक्षको समिक्षा गरेको छ।

उक्त समिक्षा कार्यक्रममा ईपीएस भित्र भएका जस्तै; कोरिया प्रवेशपछी जुन कम्पनिमा आएको हो सोही कम्पनिमै लामो समयसम्म बिताउनुपर्ने,कम्पनी परिवर्तन गर्नुपर्दा म्यासेज कुर्नुपर्ने, थ्वेजिगकुम आ-आफ्नो राष्ट्र फर्केपछी  मात्रै पाउन  सकिने, कम्पनिको मालिकको हातमै सबै अधिकार निहित हुनुपर्ने,एउटा क्षेत्र वा कृषिक्षेत्र साथै  निर्माण क्षेत्रबाट उत्पादन क्षेत्र जान नपाउने आदी बिभिन्न समस्यायुक्त नियमले  गर्दा नै दक्षिण कोरियामा बिदेशी मजदुरले धेरै भन्दा धेरै शोषण मा परेका कुरा मजदुर प्रतिनिधिहरुले बताएका थिए ।                

    प्रवासी मजदुर संघ(एमटियु) कोरियाले बिगत लामो समयदेखी दक्षिण कोरियामा रहेको प्रवासी मजदुरहरुको बिभिन्न समस्याहरुलाई लिएर कोरियन सरकार समक्ष पटक पटक राख्दै,संघर्ष गर्दै मजदुरहरु माथि भईरहेको अन्यायको अन्त्य सँगै डब्लुपीएस(वर्क पर्मिट सिस्टम ) लागु गराउन धेरै अगाडिदेखी कार्यक्रमहरु गर्दै आईरहेको जानकारी एमटियु अध्यक्ष उदय राइले बताउनु भएको थियो तर त्यतिले मात्रै प्रवासी मजदुरहरुको समस्या एकैचोटी निमिट्यान्न नहुने भन्दै प्रवासी मजदुर संघमा आबद्ध भई मजदुरहरुले शोषित हुनुपरेको बिकराल समस्याहरुको जड् पत्ता लगाई उक्त समस्याको समाधानमा एमटियु कोरिया सँग हातेमालो गर्न पनि उहाले सबै मजदुर साथीहरुलाई अनुरोध गर्नु भएको छ, यसरी हातेमालो गर्दै अन्याययुक्त नियमहरुको बिरोध नगरेसम्म हामी प्रवासीहरुले यो भन्दा धेरै समस्या झेल्दै जानुपर्ने बताउनु भएको थियो ।  

उक्त समिक्षा तथा पत्रकार सम्मेलनमा, उत्पादन क्षेत्रमा भएका समस्याहरुको बारेमा नेपाल, क्रीषी क्षेत्रको समस्याहरुको बारेमा कम्बोडिया साथै निर्माण क्षेत्रमा देखिएका बिभिन्न समस्या हरुको बारेमा भियतनाम देशका मजदुर प्रतिनिधिहरुले राखेका थिए ।
दिनको २ बजे सुरुभएको उक्त कार्यक्रम, उपस्थित सम्पूर्ण मजदुर प्रतिनिधि,बिधार्थी,पत्रकार सबैको सामुहिक तस्बिर लिएपछी बेलुकी ४:३० बजे सम्पन्न  भएको थियो ।

No comments:

Post a Comment