Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 1, 2014

एमाओबादी उपाध्यक्ष पोस्ट बहादुर बोगटी दक्षिण कोरियामा

नमस्ते नेपाल कोरिया सम्वाददाता 
एमाओबादिको प्रबासि भात्री संगठन नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको निमन्त्रणामा उक्त संगठनको अगस्ट 3 मा आयोजना गरिन लागेको  तेस्रो अधिबेसन  उद्घाटन गर्न र कार्यक्रता प्रशिक्षण गर्न एमाओबादिका उपाध्यक्ष तथा पुर्व उर्जा मन्त्री पोस्ट बहादुर बोगटी अगस्ट 1 गते राती कोरियन एअरबाट इन्छन एअरपोर्टमा आइपुगेका छन।

उनलाइ स्वागत गर्न दक्षिण कोरियाको लागि नेपाली राजदुत कमान सिङ लामा र जनअधिकार मन्च तथा एमाओबादिका समर्थकहरु ठुलो संख्यामा इन्छ्न एअरपोर्ट पुगेको थिए l यस अघि एमाओबादी उपाध्यक्ष पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ कमरेड प्रकाशलाई निमन्त्रणा गरेकोमा वहाको कार्यब्यस्तताको कारणले एमाओबादिका उपाध्यक्ष तथा पुर्व उर्जा मन्त्री पोस्ट बहादुर बोगटी सहभागी भएको मन्चका प्रचार बिभाग प्रमुख चुडामणि अधिकारिले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l प्रचार बिभाग प्रमुख अधिकारीले अगस्ट 3 गतेको कार्यक्रममा सबै संघ सस्था  लाई निमन्त्रणा पठाइ सकियकोमा कुनै कारण बस नपुगेको वा छुट्न गएको भए  यसै समाचारबाट र विभिन्न सामाजिक सन्जालबाट  पनि निमन्त्रणा  मन्चका अध्यक्ष दिपक पुनले गरायको  तथा उक्त अधिवेसनमा सहभागी हुनको लागि बिभिन्न संस्थाहरु तथा  कोरियाबासी नेपालीहरुमा अनुरोध गर्नु भएको छ l 

No comments:

Post a Comment