कोरियाले अबदेखि इपीएसअन्तर्गत काम गर्न लैजाने कामदारका लागि भाषा परीक्षा वर्सेनि सञ्चालन गर्ने भएको छ। यसअघि प्रत्येक वर्ष परीक्षा सञ्चालन हुने गरेको थिएन। अबदेखि संख्या नतोकी कामदार लैजाने भएकाले आवश्यकता अनुसारको संख्यामात्र पास गराउने अनि वर्सेनि भाषा परीक्षा सञ्चालन गरी कामदार लिने नीति यो रोजगारदाता मुलुकले बनाएको हो।
नेपालले सन् २००८ देखि इपीएस प्रणालीअन्तर्गत कोरिया कामदार पठाउन थालेको हो। अहिलेसम्म सन् २००८, २०१०, २०११ र २०१३ मा भाषा परीक्षा सञ्चालन भएको छ। भाषा परीक्षा पास गरेका व्यक्तिले दुई वर्षभित्रमा कोरिया गइसक्नुपर्छ। दुई वर्षसम्म पनि जान नपाए पुन: भाषा परीक्षा पास गर्नुपर्ने नियम छ।

No comments:
Post a Comment