Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, July 13, 2014

भानु जयन्तीको सम्पुर्ण तयारी पूरा

निश्चल काउचा - सउल, कोरिया 
आगामी अषाढ २९ गते अर्थात जुलाई १३ तारिख दक्षिण कोरियामा भब्य रुपमा मनाउन लागिएको आदिकवि भानुभक्त आचार्यको २ सयौ जन्म जयन्तीको सम्पुर्ण तयारी पूरा भएको आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समितिकी अध्यक्ष मञ्जु गुरुङले जानकारी दिनु भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म दिन दुई सय वर्ष पुगेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलबाट मनोनित मञ्जु गुरुङको संयोजकत्वमा ११ सदसिय समितिमा उपाध्यक्षमा नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण राई र अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरका उपाध्यक्ष प्रमोद सारंग, कोषाध्यक्षमा कोरियन कवि किम ह्योङ ह्यो र सदस्य सचिवमा सहित्यकर्मी निश्चल काउचा रहेका छन् । त्यस्तै गरि सदस्यमा एनआरएन कोरियाका प्रवक्ता विमल सुवेदी, एनसिसिका उपाध्यक्ष केशब गौतम, महिलाका लागि महिलाका अध्यक्ष जुनु गुरुङ, पत्रकार पुष्पराज लामिछाने, साहित्यकर्मी विदूर शर्मा र गीतकार सिपी मगर रहेका छन् ।

उक्त समारोहमा सम्पूर्ण साहित्यकर्मी, साहित्य प्रेमी, वुद्धीजिवी, पत्रकार, विद्यार्थी, व्यवसायी लगायत सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुलाई औपचारिक पत्र नपाउनु भए पनि यसैलाई निम्तो मानि उपस्थिती जनाई दिनुहुन समितिले आग्रह गरेको छ । सम्भव भएसम्म नेपाली कला ,संस्कृति झल्किने भेषभुषामा उपस्थित भईदिनु हुन समितिले आग्रह गरेको छ ।

 
पुनश्च:- केही अनलाईन खबरहरुमा भानु जयन्ती मनाउन एक लाख बजेट आएको भन्ने खबर प्रति समितिको गम्भिर ध्यानआकर्षण भएको जनाउदै घोर आपत्ति ब्यक्त गर्दछ । कसैले पनि सत्य , तथ्य नबुझी समाचार सम्प्रेसन नगरि दिनु हुन समितिले आग्रह गरेको छ । भानु जयन्ती मनाउनको नीम्ति समितिलाई बजेट नआएको जानकारी समेत आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समितिले जानकारी गराउन चाहन्छ ।


मिति : १३ जुलाई २०१४

स्थान : नेपाली राजदुताबास, सउल ( ट्रेन लाईन नम्बर - ४ को हानसङदेईब्गोबाट १५ मिनेट हिडनु पर्ने )

सम्पर्कको लागि


मञ्जु गुरुङ : ०१०२६६५३९९५
बिदुर शर्मा : ०१०३१४८६२६२
निश्चल काउचा : ०१०२९४५४४१७ 

No comments:

Post a Comment