Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, July 13, 2014

कोरियामा २० औं विश्व आदिवासी दिवश अगस्ट १० मा मनाईने।

नमस्ते नेपाल कोरिया सम्वाददाता 
विश्व आदिवासी दिवश आदिवासी जनजातिहरुमाथि हुंदै आएका आर्थिक,सामाजिक,राजनीतिक तथा सांस्कृतिक,भाषिक र धार्मिक विश्वासप्रतिको विभेद र उत्पिडनका बिरुद्धमा आदिवासी जनजातिहरुले गर्दै आएका अनेकौ संघर्ष र आन्दोलनको प्रतिफल हो। विश्व आदिवासी दिवश घोषणा हु“दाको बखत देखी आज सम्म विश्वको आर्थिक,सामाजिक र राजनीतिक परिवेशमा धेरै परिवर्तनहरु भएका छन्।र आदिवासी जनजातिहरुका जीवन परिवेशमा पनि कैयन परिवर्तन भए पनि गुणात्मक परिवर्तन भएका छैनन्।यो कुरा बिश्व र नेपालको सन्दर्भमा पनि सत्य हो।
सन १९९३ आई आदिवासी बर्ष,९ अगस्तलाई विश्व आदिवासी दिवश र सन् १९९५ देखि २००४ सम्मलाई आदिवासी दशक घोषणा भइरहदा नेपालमा भरखर बहुदल आएको थियो।र,नेपालका आदिवासी जनजातिहरुमा जनचेतनाको जागरणको सञ्चार हुन थालेको थियो। अहिले हामीहरुले विश्व आदिवासी दिवश घोषणा भएको २०औं बर्षमा प्रबेश गरेकाछौं।नेपालमा आदिवासी जनजातिहरुको जनचेतना हिजोको भन्दा धेरै माथि उठेको छ। संगठित हुने क्रम पनि बढेर भएको छ। आफ्ना हक अधिकारको लागि आदिवासी जनजातिहरुले आवाज र आन्दोलन सडक देखि सदन सम्म उठाईरहेका छन्। यो सकरात्मक पक्ष हो।तथापी नेपालमा समाबेशी प्रतिनिधित्व, धर्म निरपेक्ष,पहिचान सहितको संघिय संबिधान बन्ने क्रममा यथास्थितिबादीहरुले षड्यन्त्र गरिराखेका छन्। पहिलो संबिधानलाई अवसान गरेर दोश्रो संबिधान सभाको निर्वाचन सम्पन्न गरेर पनि समयमै पहिचान सहितको संघिय संबिधान बन्ने बिषयमा शंका उब्जीन लागेकोछ। संबिधानमै आदिवासी जनजातिहरुको हक अधिकार प्राप्ति गर्ने कुरा सुनिश्चित नगरे सम्म बर्षौ देखिको  दमन , उत्पीडन र विभेदबाट मुक्त र आधारभुत हक अधिकार प्राप्त गरी त्यसको उपभोग गर्ने स्तरमा कहिल्यै पुगिने छैन। अझै पनि यी हक अधिकार प्राप्ति गर्नको लागि निर्णायक आवाज र आन्दोलन उठ्न र संगठित हुन सकेको छैन्।त्यसकारण विश्व आदिवासी दिवशको सन्दर्भमा मनन र आत्मसाथ गर्नु पर्ने मुलभुत बिषय अब आदिवासी जनजातिहरु आर्थिक,राजनीतिक र सामाजिक लगायतका कम्तिमा आधारभुत हक अधिकार प्राप्त गरि जीवन उपयोगी बनाउने गरी आवाज र आन्दोलनलाई उठाउनको लागि सचेत,संगठित र संयुक्त पहल गर्नुको बिकल्प छैन। बिश्व आदिवासी दिवश लाई ओपचारिक र उत्सवकोरुपमा मात्र होइन आन्दोलनको रुपमा बुझ्नु र अगाडी बढाउनु आवश्यक छ।
यस कोरियाली भुमीमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले बर्षनै मनाउ“दै आएको बिश्व आदिवासी दिवश यस बर्षको समय र परिस्थितिलाई मध्य नजर गर्दै अगस्त १० तारिख आईतबारका दिन २०औं बिश्व आदिवासी दिवश मनाइने भएकोछ। अतः कोरियामा भएको सम्पुर्ण जातिय संघ संस्था लगायत अन्य संस्थाहरुका पदाधिकारी तथा सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गरिएको छ। साथमा जनजाति महासंघ कोरियाको संस्थागत बिकास गर्नको लागि हाल सुपरहिट भईरहेको नेपाली कथानक चलचित्र कबड्डी पनि प्रदर्शन गरिने भएको छ।
कार्यक्रम हुने मिति ः२०१४ अगस्त १० तारिख आइतबार
समयः दिनको ठीक १२ बजे, प्रथम चरण औपचारिक कार्यक्रम, दोश्रो चरण कबड्डी चलचित्र प्रदर्शन।
स्थानःस्थानः चुङगु छङसो न्योन सुर्योन ग्वान, याक्सु स्टेसन सउल,(ट्रेन लाईन नं. ३ र ६ को याक्सु स्टेशन गेट नं ५ बाट निस्केर सिधा अगाडी २ मिनेट हिड्नु पर्ने।
सम्पर्कको लागि
भक्त शेरचन  अध्यक्ष ०१०२६७२९५७६

नन्द काम्बाङ्ग बरिष्ठ उपाध्यक्ष ०१०५३७४२३२७
टिका राई उपाध्यक्ष ०१०४३०५१०२५
चित्र मोक्तान उपाध्यक्ष ०१०२७११९८४१
यम श्रीस मगर महासचिब ०१०७६२७२७३०
सुरज गुरुङ्ग सचिब ०१०८३८२४३४३,
मोलिका थकाली कोषाध्यक्ष ०१०२१३५९५७६


आयोजकः नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया।

No comments:

Post a Comment