Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 15, 2014

भुपाल राना मगर स्मृति कप भलिबल प्रतियोगिताको तयारी पुरा

           झक थापामगर ,दक्षिण कोरिया                                              

टिम दर्ता तथा टाईशिट २७ जुलाई आईतवार शुभेच्छा रेष्टुरेन्ट दोङ्देमुनमा गरिने
२०१४ अप्रिल ४ तारिख (२१ चैत्र,२०७०)को दिन पोखराको चाउथेमा मोटरसाईकल दुर्घटनामा परि असामयिक निधन हुनुभएका नेपाल मगर संघ गणतन्त्र कोरियाका सदस्य मृदुभाषी, मिलनसार, सहयोगी तथा शालिन व्याक्तित्वका भएका भलिवल खेलाडी भुपाल राना मगरको सम्झनामा “खेलकूद तथा रचनात्मक कार्यले ल्याउंछ एकता,हरेक संघ संस्था संग हातेमालो गर्ने हाम्रो प्रतिवद्धता भन्ने नाराको साथमा यहि आंउदो अगस्त ३ तारिख आईतवारको दिन सिनहोङ् युनिभर्सिटी माङ्वलसा वोईजम्बुमा आयोजना गर्न गईरहेको  “भुपाल राना स्मृति कप भलिबल कप खेल प्रतियोगिता” को तयारी पुरा भएको छ।

संघका खेलकूद संयोजक होबिर थापा मगरका अनुसार खेलमा सहभागी हुने टिमको दर्ता तथा टाईशिट यहि जुलाई २७ तारिख आईतवार शुभेच्छा रेष्टुरेण्ट दोङ्देमुनमा गरिने भएकोले प्रतियोगितामा सहभागी हुन चहाने संघ संस्थाहरु तथा टिमहरु दिनको ठीक १२ बजे उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ भने कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त भलिबल प्रतियोगितामा उपस्थित भईदिनुहुन मगर संघको तर्फबाट अध्यक्ष पुरन राना मगरले यसै सूचना मार्फत निमन्त्रणा गर्नुभएको छ।सबैलाई स्मरण रहोस उक्त दिन सेल रोटी भुटुन चटनी लगायत नेपाली टिपिकल खानाहरु पनि उपलब्ध हुनुको साथै संघको तर्फबाट भाग्यशाली उपहार चिट्ठा पनि खोलिने कार्यक्रम रहेको छ।
सम्पर्कको लागि-
अध्यक्ष पुरन राना मगर ०१०-२७४८-५५९५
बरिष्ठ उपाध्यक्ष खडक थापा मगर ०१०-२१५८-२३९८
उपाध्यक्ष गुन बहादुर राना ०१०-५९५९-३१३४
महासचिव सिपी मगर ०१०-५८३८-४३५८
सचिव अर्जुन थापा मगर ०१०-७२६४-१०१५
खेलकूद संयोजक होबिर थापा मगर ०१०-९१३८-८२२५

No comments:

Post a Comment