Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 15, 2014

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा समवेदना प्रकट

खैरहनी ८ चितवन निवासी राजेन्द्र चौधरी जुलाई ७ तारिक झुन्डिएको अवस्थामा फेलापरेको भन्ने खवरले अत्यन्त मर्माहित बनेका छौ l दक्षिण कोरियामा रहेर पनि चितवन सम्पर्क समितिको सम्पर्कमा नरहेका चौधरीको समस्यालाई हामीले सहजीकरण गर्ने अवसर पाएनौ l सस्था यस्तै विपत्तिका बेला सहयोग गर्ने हेतुले स्थापना र संचालन भएको हो ,समस्यामा साथ दिन नपाउनु र समस्याले चरम रुप लिएपछि आत्महत्या गर्न वाध्य भएका यस्ता मित्रहरूको विवरण म्रत्युपर्यन्त मात्र जानकारी हुँदा हामीले बारम्बार शोक मनाउने बाहेक केही गर्न सकेनौ, यसमा चितवन सम्पर्क समिति गहिरो शोक व्यक्त गर्दछ l हामी सम्पुर्ण चितवनवासी मित्रहरूलाई सस्थामा आवद्द रही आफ्ना समस्या सुनाउनुस् ,समाधानका निम्ति सक्दो प्रयत्न गर्नेछौ l बिकल्प अनेक छन् आत्महत्या जस्तो जघन्य अपराध नगर्नुस् भन्ने आग्रह गर्दै म्रतक राजेन्द्र चौधरीको आत्माले शान्ति पाओस् हामी कामना गर्दछौ l परिवार , आफन्त र प्रियजनमा धैर्य धारण गर्ने सामर्थ्य जुटोस् भन्दै चितवन सम्पर्क समिति हार्दिक समवेदना प्रकट गर्दछ l

चितवन सम्पर्क समिति ,दक्षिण कोरिया

No comments:

Post a Comment