सुरज गुरुङ्ग ,दक्षिण कोरिया -
२५५८ औं बुद्ध जयन्तीको अवसरमा यहि अप्रिल २६ मा हुन गैरहेको लोटस लालर्टिन फेस्टिवल (अन्तराष्ट्रिय शान्ति पद यात्रा)मा उल्लेख रुपमा सहभागी हुनका लागि कोरियाका सबै संघसंस्थाहरु एन.आर.एन. एन.सी.सी. विभिन्न राजनितिक संगठनहरु, नेपाल आदिवासी जनजाति महासंघ कोरिया, क्षेत्रिय तथा जातीय सामाजिक संस्थाहरु, पत्रकार महासंघ, वमन फर वमन, सोन्सिक, व्यापारी, बुद्धिजिवी, समाजसेवी लगायत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा नेपाल बौद्ध परिवार तथा मूल आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।
विगतका वर्षहरुमा झैं अहिले हुने फेस्टीबलमा (र्याली)मा भने विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु नहुने भएको छ । गत १६ तारिख ईन्छनबाट छेजु तिर गैरहेको सेवल नामक पानीजहाज दुर्घटनामा परि ठूलो जनधन र अकल्पनीय मानवीय क्षति पुगेको कारण यति बेला कोरियाली जनता र देश शोकमा डुबेको भन्दै सरकारले सार्वजनिक कार्यक्रमहरुमा खुशियाली तथा मनोरन्जनात्मक गतिविधीहरु नगर्न नगराउनका लागि गरेको अपिल अनुसार फेस्टीबलको मुख्य व्यवस्थापक झोगेसाबाट आएको अनुरोधलाई पालना गर्दै सो र्यालीमा कुनै पनि खुसियाली एवं मनोरञ्जनात्मक कृयाकलापहरु नगरिकन शान्तिपूर्ण तरिकाले सहभागिता जनाउने कुरा परिवारका अध्यक्ष तथा मुल अयोजक समितिका संयोजक ईश्वर गुरुङ्गले बताउनु भएको छ भने, महामानव, दार्शनिक भगवान गौतम बुद्धको जीवनी संग सम्बन्धित विभिन्न प्रतिमाहरुलाई रथारोहण गरि हामी नेपाली र हाम्रो देश नेपालको पहिचानलाई अन्तराष्ट्रिय जगतमा उचो राख्दै र्यालीमा सहभागिता जनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको कुरा सचिव प्रितम गुरुङ्गले जनाएको छ । साथै उक्त दिन अर्थात अप्रिल २६ तारिख दोङ्गगुक युनिभर्सिटीमा फेस्टीबलको विधिवत रुपमा उद्घाटन भै दिउसो ४ बजे र्याली शुभारम्भ गरिने जनाएको छ । भने सो उद्घाटन कार्यक्रममा तोकिएको समय र स्थान अनुसार उपस्थित हुन सबैमा अनुरोध गरेको छ । यदि उद्घाटन कार्यक्रममा उपस्थितहुन नसकेको खण्डमा सो र्याली दोङ्गगुक युनिभिर्सिटीबाट शुरु भई दोङ्गदेमुनको हिस्ट्री एण्ड कल्चर पार्क, दुसाज टावर अगाडीको बाटो हुदै झोगेसामा पुगि अन्त्य हुने भएकोले अन्दाजी साँझा ६ बजे सम्म र्याली दोङ्गदेमुनको उक्त स्थानमा आईपुग्ने भएकोले सोही स्थानबाट पनि र्यालीमा सहभागी हुन सकिने कुरा आयोजक कमिटिले जानकारी दिदै जुन स्थानबाट सजिलो हुन्छ त्यही स्थानबाट र्यालीमा सहभागि हुनका लागि सबैमा अनुरोध गरेको छ ।

No comments:
Post a Comment