Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 10, 2014

नेपाली सम्पर्क समितिले एन.सी.सी खेलकुद समिति गठन गर्ने

कोरियाका सबै सस्थाहरू. एन.सी.सीमा दर्ता गरिदिनु हुन समितिको आग्रह । 

विष्णु न्यौपाने -सउल ,दक्षिण कोरिया - 
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले एन.सी.सी खेलकुद समिति गठन गर्ने भएको छ l

मार्च ९ तारिकमा सउल स्थित दोङदेमुनमा बसेको नेपाली सम्पर्क समितिको बैठकले दक्षिण कोरियामा नेपालीहरु बीच  खेल जगतलाई अगाडी  बढाउन खेलकुद समिति गठन गर्ने निर्णय गरेको हो ।  खेलाडीहरु हाम्रा गहना हुन भन्ने कुरालाई आत्मा साथ गर्दै कोरियामा रहेका सम्पुर्ण खेलप्रेमी  साथीहरु खेल विकासको निम्ति र खेललाई मर्यादित बनाउनको लागि सबै मिलेर नेपाली सम्पर्क समितिको संयोजकत्वमा प्रत्येक खेलकुद समितिका अध्यक्ष र टिम लिडर रहने गरी खेलकुद समिति गठन गर्ने निर्णय गरेको हो । यसै गरी सो बैठकबाट कोरियामा रहेका सम्पुर्ण नेपाली सस्थाहरू नेपाली सम्पर्क समितिमा दर्ता गराई सबै एक भएर अगाडी बढने निर्णय गरेको छ । २०१४ मार्च १६ तारिकका दिन सउलको नेपाल हाउसमा ठिक विहान ९:३० भित्र खेलाडिका टिम लिडर,अध्यक्ष संयोजक र अन्य बाहिरका खेलकुदबिज्ञ अनि भुत पूर्व खेलाडी संघ कोरियाका प्रतिनिधिहरुलाई अनिबार्य उपस्थित भईदिनु हुन समितिले आग्रह गरेको छ ।

कोरियामा नेपालीहरू माथि आईपर्ने बिबिध समस्यालाई मध्यनजर गर्दै यहाँ रहेका जातिय,क्षेत्रीय र सबै साझा सघं सस्थाहरू बैधानिक तरिकाबाट एनसीसी जस्तो साझा सस्थामा गोलबन्द भएमा जस्तो सुकै समस्यालाई समाधान गर्न सकिने भएको हुदा समितिले यस्तो निर्णय गरेको हो । सस्था दर्ता गर्दा सस्थाको बिधान एक प्रति,कार्य समितिको नामाबली एकप्रति,र सस्था दर्ता गर्ने भनि कार्य समितिले गरेको निर्णयको प्रतिलिपि सहित हाल देखि २०१४ को ५ औ महिनाको अन्तिम सम्ममा सबै सस्थाहरूले नेपाली सम्पर्क समितिमा दर्ता गरिदिनुहुन अनुरोध गरेको छ । यसै गरी २०७१ नेपाली नया वर्ष को अबसरमा एक शुभकामना कार्यक्रम गरी,   एन.सी.सीका सबै पदाधिकारी रहने गरी र कोरियामा रहेका सम्पुर्ण सस्थाका अध्यक्ष र सचिबलाई समेटेर एन.सी.सी केन्द्रिय परिषद गठन गरिने जानकारी गराउदछौ । उक्त दिन सबै संसस्था का साथीहरुलाई अनिबार्य उपस्थिति को लागि बिनम्र अनुरोध गर्दछौ ।

No comments:

Post a Comment