Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, April 3, 2016

कोरियामा अनमोल र भुवन सगै ड्रिम्स भब्य प्रदर्शन, अनमोल -दर्शकहरुको क्रेज [भिडियो सहित ]


अनमोल दर्शकमाझ सेल्फी फोटो लिदैं

कृष्ण पुरी ,३ मार्च ,२०१६ सोल -दक्षिण कोरिया l

कोरियाको सउल स्थित दोंदेमुनमा आज अप्रिल ३ तारिख एक्टिभ युथ ग्रुप कोरीयाको आयोजनामा अहिलेको चर्चित ब्यबसायिक सफलता हासिल गरेको चलचित्र ड्रिम्स भब्यरुपमा सफल प्रदर्शन भएको छ lनेपाली सिनेजगतका सदाबहार नायक भुवन के सी तथा अहिलेका सुपरस्टार सर्बाधिक लोकप्रिय नायक अनमोल केसी को साथमा उक्त फिल्म प्रदर्शन भएको थियो l अहिलेको युवा जेनेरेसनको पाटोलाई स्तरीय परिबेशमा टपक्क टिपेको र वियोगान्त कथाबस्तुमा गहिरो निस्वार्थ प्रेमकहानीमा निर्मित सो चलचित्रमा नायक अनमोल र साम्रागी राज्य लक्ष्मी शाहको मुख्य भूमिकामा पोखरा,काठमाण्डौ र मुस्तांगको रमणीय दृश्य समेटिएको छ l

अनमोल -साम्रागी 

फिल्म प्रदर्शनको सुरुवातमा भएको औपचारिक छोटो कार्यक्रममा बोल्दै नायक अनमोल केसीले नेपालीहरुको अपार माया पाएको र अझै निरन्तर अभिनय क्षेत्रमा नयां आयाम थप्न निरन्तर लागिरहने बचन प्रकट गर्दै स्टेज बाटै सबै दर्शकमाझ ब्याक सेल्फी खिच्न भ्याए l नेपालीहरुको माया बटुल्दै युरोप लगाएत अन्य देशमा ड्रिम सगै जाने योजना रहेको र यसपछि गाजलु फिल्म आउने पनि संकेत दिएका थिए l त्यस्तै नायक तथा ड्रिम्स निर्देशक भुवन केसीले आफु कोरिया आएर नेपालीहरु सगै फिल्म हेर्न पाउदा खुसी व्यक्त गर्दै नेपाली कला ,सस्कृति बिकास गर्न राम्रो र स्तरीय चलचित्रलाई सबैले माया र साथ दिनु पर्ने बताए l नेपालमा हाल हाउसफुल रुपमा प्रदर्शनमा चलिरहेको ड्रीम्स कोरियामा पनि उत्तिकै नेपालीहरुको बाक्लो उपस्थितिमा चलिरहेको छ। भुकम्प प्रभावित बिद्यालयाको पुन:निर्माणमा सहयोग पुर्‍याउने उदेस्यले एक्टिभ युथ ग्रुप कोरियाले यहाँका समाजसेवी,बुद्धिजीवी, पत्रकार, बिद्यार्थी तथा सर्बसाधरण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सगै उक्त फिल्म हेर्ने अवसर जुराएको हो । कलाकार साथमा हुने भएपछी कोरियाको टाढा टाढाबाट पनि नेपालीहरुको उत्साहजनक उपस्थिति रह्यो l कार्यक्रममा निर्देशक भुवन केसी र नायक अनमोल केसी लाई आयोजक संस्था को तर्फबाट सम्मान समेत गरिएको थियो। सो युथ ग्रुपका एलबी श्रेष्ठ ,गोबिन्द गौतम द्वारा संचालनमा आंग दोर्जे शेर्पाको सभापतित्वमा एनआरएन अध्यक्ष राजु क्षेत्री , वुमन फर वुमन मल्लिका थकाली लगाएत नेपाली संघ सस्था तथा नेपालीहरुको माझमा सुरु भएको हल बिस्तारै ड्रिममय भएको थियो l फिल्म दुखान्त कथा बस्तुमा आधारित रहेको र अहिलेको युवा पिढी लाई म्याच गरेको प्रतिक्रिया पाइएको थियो l धेरैले फिल्म रोचक हुनुमा अनमोल सगै साम्रगी को भूमिका पनि पृथक भएको र मन छोएको बताए l यस अघि नै मार्च २७ तारिक किम्हे सहरमा हाउसफुल प्रदर्शन भएको सो चलचित्र सउलमा पनि झन्डै ७०० बढीको हाराहारीमा चलेको थियो भने लगत्तै थेगु ,ख्वान्गजु, जेजु बुसान लगाएत कोरियाको बिभिन्न सहर हरुमा चलाइने आयोजक समितिले जानकारी गराएको छ l सो पुन्य कामको लागि चलचित्र कोरियामा ल्याइएको भन्दै कार्यक्रम सफल बनाइदिनुहुने सबैमा सो ग्रुपले आभार व्यक्त गरेका छन् l

सम्बन्धित फोटोग्राफहरु : Krish memory photography








No comments:

Post a Comment