Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 7, 2016

कास्की परीवार द्वारा मार्च १३ मा देखाइने प्रेम गीत कोरिया आईपुग्यो,उपस्थितिको लागी अनुरोध

नमस्ते नेपाल कोरिया सम्बादाता
०७ , मार्च २०१६ कोरिया l
कास्की परिवार दक्षिण कोरिया ले यहि मार्च १३ को दिन मा प्रदर्सन गर्न लागेको नेपाली चलचित्र प्रेमगीत को सम्पुर्ण त्यारी पूरा भयको छ।
मार्च ६ मा बसेको कास्की परिवार को बैठकद्वारा विभिन्न कार्य बिभाजन तथा जिम्मेवारी बाड फाड गर्दै सम्पुर्ण तयारी पुर्ण गरिएको जानकारी कास्की परिवार का अध्यक्ष खोम प्रसाद गुरुङ ले जानकारी गराउनु भयो । साथै उक्त दिन प्रबाशमा रहेर पनि व्यस्त समयका बाद्जुद भलिबल तथा फुटबल खेलबाट कोरियामा उत्कृस्ट खेल प्रदर्शन गर्दै आएका कास्केली खेलाडीहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको हुदा उपस्थितिको लागी पनि अनुरोध गरीएको छ l
प्राय हामी मनोरञ्जन को फिल्म हेर्ने गर्दछौ तर हामी युबा पुस्ता ले नेपाली फिल्म हेरेर मनोरन्जन प्राप्त गर्न सकिरहेका छैनौ उहीँ घिसिपिटी सुत्र उहीँ रोना धोना पत्याउन नसकिने खालका द्वन्द का दृश्य साथै भद्दा अङ्गप्रदर्सन अनि अस्लिल बेड सिन का दृश्य यिनै वरि परि केन्द्रित भयर बनेका नेपाली चलचित्र हेर्दैमा कसरी मनोरञ्जन प्राप्त गर्न सकिन्छ भन्ने सोच हाम्रो युबा जमात मा छ जस्को कारण हाम्रा युबा हरु नेपाली फिल्म हेर्न को लागि हल सम्म धाउने कष्ट गर्दैनन उनी हरु लाई त हिन्दी तथा हलिवूड का फिल्म हरु ले मात्र तानी रहेको छ l फिल्म हल सम्म धेरै नेपाली फिल्म हरु एकै शैली का बनेका कारण पनि नेपाली फिल्म हरु राम्रा हुदैनन भन्ने धारणा युबा पुस्ता मा रहेको छ।
तर समय क्रम सङै नेपाली फिल्म हरु पनि स्तरिय बन्न थालेका छन जस्का कारण हिन्दी चलचित्र हरु नेपाली हल हरु मा पर्दशन भयको१/२दिनमै हटेका उदाहरण पनि देख्न सकिन्छ आज भोलि।आज भोलि नेपाली चलचित्र बजार मा चर्चा मा एक दुई फिल्म ले बजार ततायका छन l कुनै चलचित्र कथा तथा निर्माण पक्ष ले भन्दा पनि कलाकार को क्रेज का कारण चर्चित बनेको छन भने कुनै कथा गीत संगीत तथा छायांकन आदि का कारण बाट चर्चा को शिखर मा पुगेका छ्न । यस्तै मा गीत संगीत अनि कथा आदि का कारण नेपालि चलचित्र बजार मा अत्याधिक सफल बन्न सफल चलचित्र हो प्रेम गीत ।खासै चल्ती का कलाकार नभै नया कलाकार हरु अभिनित यश चलचित्र सफलता का साथ नेपाली फिल्म हल हरु मा चौथो हप्ता मा चलिरहेको छ।
कलाकार हरु को जिबन्त अभिनय मन छुने कथा ससक्त गीत संगीत तथा मुस्ताङ को सुन्दर भुगोल मा छायांकन गरियको यो फिल्म हिन्दी फिल्म भन्दा पनि धेरै राम्रो बनेको हन्ने चर्चा नेपाली सिने जगत का हस्ती हरु ले पनि गर्दै आयका छन।
नेपाल मा सफलता का साथ चलिरहेको प्रेमगीत नेपाल बाहिर पनि धेरै देश हरु मा चल्ने क्रम मा रहेको छ। यसै बिच दक्षिण कोरिया मा यश प्रेम गीत को पर्दशन कास्की परिवार दक्षिण कोरिया ले मार्च १३ आइतबार कोरिया को राजधानी सहर सउल मा गर्ने भयको छ।र उक्त दिन प्रेम गीत फिल्म हेर्न आउनु हुन को लागि कास्की परिवार सम्पुर्ण नेपाली हरु मा आव्हान गर्दछ।
सबै नेपाली साथी हरु बिच मा रहेर हाल को सफल चलचित्र प्रेम गीत हेर्दा हामी सम्पुर्ण ले भरपुर मनोरन्जन त लिने नै छौ त्यस्को साथै अन्य फाइदा हरु पनि लिन सक्छौ l
यस बर्ष कै सर्बाधिक सफल चलचित्र प्रेम गीत प्रदर्सन गर्न लागेको कास्की परिवार ले चलचित्र प्रदर्सन गरि नाफा भयको रकम खेलकुद लगायत सामाजिक क्षेत्र मा लगाउने जनायको छ यसकारण प्रत्यक्ष अप्रत्यक्ष रुप मा हामी ले खर्च गरेको रकम सामाजिक सेवा मा लागानी हुने छ
प्रेमगीत फिल्म हेर्न आउनु हुने महानुभावहरुलाई कास्की परिवार ले SK तथा KT टेलिकम को सहकार्य मा 30000कोरिएन वोन ब्यालेन्स भयको सिम कार्ड सित्तै मा प्राप्त गर्न सकिने व्यवस्था मिलायको छ जुन सिम कार्ड बाट कोरिया तथा नेपाल मा फोन गर्न मिल्ने छ ।हाल नेपाली चलचित्र बजार मा निकै सफल भयको चलचित्र प्रेमगीत को प्रदर्सन को तयारी सम्पुर्ण रुप मा भै सकेको हुनाले सम्पुर्ण नेपाली हरुलाई मार्च १३ को दिन सउल मा आइ नेपाली चलचित्र प्रेमगीत हेर्नू हुन हार्दिक अनुरोध गर्दै कास्की परिवार का अध्यक्ष खोम प्रसाद गुरुङ ले जानकारी गराउनु भयो।


No comments:

Post a Comment