Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 8, 2016

चर्चित गायक शिव परीयारको आवाजमा नयां प्रेम गीत- लगायौ माया साट्यौ नि मुटु [भिडियो सहित ]

नमस्ते नेपाल कोरिया सम्बादाता 
९ मार्च, २०१६,कोरियाl
नेपालका आधुनिक चर्चित गायक तथा संगीतकार शिब परीयारको मधुर स्वरमा अत्यन्तै नयां पृथक प्रेममा आधारीत लभसङ् छिट्टै आउने भएको छ l नेपाली सांगितिक आकाशमा सयौं गीतमा मर्मस्पर्शी जादु छरेर चर्चाको शिखर र अधिक रोजाइमा पुगेका सफल गायक परीयार ले अहिले भने बिल्कुलै नयां शैलीको गीत पस्कने भएका छन l लगायौ माया,साट्यौ नि मुटु नभेटी नभेटी बोल रहेको सो गीतको संगीत पनि स्वयंम उनले गरेका छन् l देश र परदेसमा रहेको, कहिले पनि व्यक्तिगत रुपमा नभेटीएको तर एउटा संजाल मार्फत सम्पर्कमा रहने मायालु जोडीहरुको फिलिंग लाई पोखिएको एउटा प्रेम लाई बिषय बनाएर अस्ट्रेलिया निवासी स्वेता मैनालीले उक्त गीत तयार पारेकी हुन् l गत फेब्रुवरी ७ मा भएको कोरियाको सलनाल पर्ब को अवसरमा मोरंग डाईनामिक कमिटि कोरियाले आयोजना गरेको बिराट सांगीतिक सौगातमा भाग लिन आएका शिब परीयारले सो कार्यक्रमको अवसरमा आफ्नो नयां गीतबारे पनि प्रस्तुति दिएका थिए l 
 
-स्वर,संगीत-शिब परीयार शब्द -स्वेता मैनाली 
लगायौ माया ,साट्यौ नि मुटु - नभेटी नभेटी समुन्द्रै पारी जोड्यौ नी दिल - नभेटी नभेटी .....बाकीं भिडियोमा ..... https://www.youtube.com/watch?v=8AviK8ZBv6U
(मोरंग डाईनामिक कमिटि द्वारा गत फेब्रुवरी ७ ,२०१६ सलनालमा आयोजीत- बिराट सांगीतिक सौगात कार्यक्रमको अवसरमा नेपाली वेब टिभी कोरियाको साथमा लिईएको र बाकीं पूर्ण प्रस्तुति छिट्टै आउने सो टिभी ले जनाएको छ l

No comments:

Post a Comment