Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 10, 2016

कोरियामा नारायण काजी श्रेष्ठ को प्रमुख आतिथ्यमा जनअधिकार मञ्चको अन्तरकृया सम्पन्न

गोबिन्द गौतम

एकीकृत नेकपा माओवादीको प्रबासी भातृ संगठन जनअधिकार मञ्च दक्षिण कोरियाले सउल स्थित नेपाल हाउसमा बृहत् अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख आकर्षण थिए आफ्ना उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ थिए l उपस्थित सर्वसाधारण तथा पत्रकार हरुले देश तथा आफ्नो रोजगारीका समस्या बारे गुनासा र समस्याहरु राखेका थिए।प्रतिउत्तरमा श्रेष्ठले यहाँको समस्याहरु जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने तथ समाधानको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
राज्यको ठूलो हिस्सा युवा जनशक्ति बिदेशी भुमिमा श्रम बेची रहदा धेरै गाँउघर शून्य रहेको तथा बुढाखाडा, महिला र बालबालिका मात्र बाकी रहेको भन्दै उहाँले दुख ब्यक्त गर्नु भयो। युवाको सीप ,जाँगर तथा पुजिँले मात्र देशले बिकाशको मार्गचित्र कोर्न सफल हुने कुरामा आफू र आफ्नो पार्टी दृढ रहेकोले उत्पादनमा युवालाई जोड्दै देशलाई स्वाभलम्बी बनाउन पार्टीले उत्पादन ब्रीगेडको नीति लिएको धारणा राख्नु भएको थियो। "विश्वभरीमा नेपाल संभावनाले भरीपुर्ण देश हो, जल,जंगल,जडीबुटी, पर्यटन, कृषी तथा युवा जन शक्तिको प्रचुर भण्डार नेपालमा छ।यसको समुचित उपयोग गरि फाइदा लिनु अबको आबश्यकता हो" ७० बर्ष देखीको संबिधानको लागि भएका विभिन्न आन्दोलनले भर्खर दक्षिण एसीयाकै उत्कृष्ट संबिधान पाएको भन्दै उहाँले अबको ध्यान देशलाई पुन: निर्माण गर्नेतर्फ हुनुपर्छ" यसको लगी नेपालका प्रमुख राजनीतिक दलहरू एक आपसमा मिल्नुको विकल्प नभएको जिकिर उहाँले गर्नु भयो।
संबिधानको कार्यन्वयन हालको प्रमुख चुनौती रहेकोले सबैको जोड त्यसैको लागि हुनुपर्छ,गणतन्त्र संघीयता, धर्म निरपेक्षता,समानुपातिक समाबेशी अधिकार लगायत कुरालाई संस्थागत गर्न पनि नेपालका प्रमुख शक्तिहरु मिल्नुको बिकल्प छैन, उहाँले अगाडि भन्नुभयो "गाँस, बास, शिक्षा, स्वास्थ,आवाशलाई संबिधानले जनताको मौलिक अधिकारको रुपमा सुनिश्चित गरेकाले यो संबिधान जनहितमा छ"। संबिधानसभा आफ्नो पार्टीको एजेन्डा भएकोले पनि नयाँ निर्मित संबिधान कार्यन्वयनमा पनि आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
एमाओबादी पुर्व केन्द्रिय सदस्य लक्ष्मी लामा तथा सेक्रेटरी सुशान्त कर्माचार्य, एन आर एन आई सी सी सदस्य बिनोद कुँवर, ओएनएफ कोरियाका अध्यक्ष सालिक बस्याल,जन सम्पर्क समितीका सल्लाहकार राजन श्रेष्ठ,महिलाका लागि महिला बाट अध्यक्ष मल्लिका थकाली, एम टी यु अध्यक्ष उदय राई, पुर्वी सरोकार समाजका अध्यक्ष काजी नेपाल, जनजाती माहासंघका पुर्व अध्यक्ष भक्त सेरचन लगायत संघ सस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी, बिद्यार्थी लगायत सर्वसाधारण हरुको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष गणेश कालीकोटेले गर्नु भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष चुडामणि अधिकारी तथा संचालन माहासचिब लाल काजी बस्नेतले गर्नु भएको थियो।कार्यक्रमको समापन गर्दै मञ्चका अध्यक्ष कालीकोटेले छोटो समयको तयरीका बाबजुद संगठनका सबै साथिहरुको मिहेनत र लगावले कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो। साथै उहाँले संगठनको बिस्तारमा लाग्न मातहतका सबै साथिहरु समक्ष आग्रह पनि गर्नु भएको थियो।
क्षेत्रीय संगठन बिस्तारमा रहेको मञ्चले यस अघि नै याङ्सान, गजेदो तथा आन्सान क्षेत्रीय समिती बिस्तार गरिसकेको छ भने यो क्रमलाइ तिब्रताका साथ अगाडी बढाई रहेको पनि छ।

No comments:

Post a Comment