Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 3, 2016

नयां संबिधानको कार्यन्वयन र नया नेपाल निर्माणको चुनौती " विषयक अन्तर्क्रियामा एमाओबादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ

नयां संबिधानको कार्यन्वयन र नया नेपाल निर्माणको चुनौती " 

विषयक अन्तर्क्रियामा एमाओबादीका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री 

नारायण काजी श्रेष्ठले सम्बोधन गर्नुहुदै :-

चुडामणि अधिकारी,सौल दक्षिण कोरिया 
३ मार्च , २०१६ कोरिया l
नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओबादिको दक्षिण कोरिया स्थित प्रवास
भात्री संगठन जन अधिकार मन्च दक्षिण कोरियाले यहि २०१६-०३-०६गते आइतबारको दिन नेपाल हाउसको कार्यक्रम हलमा बिहान १० बजे बाट सुरु गर्ने गरि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जानकारी मन्चका अध्यक्ष गणेश कालिकोटेले हाम्रा सम्बादातालाई दिएका छन।
"नयाँ संबिधानको कार्यन्वयन र नया नेपाल निर्माणको चुनौती " विषयक अन्तरकियालाई सम्बोधन गर्नको निम्ति प्रमुख अतिथी एमाओबादीका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ दक्षिण कोरिया आइसक्नु भएको र वहाँ लगायत पुर्व एमाओबादी केन्द्रिय सदस्य लक्ष्मी लामा र सेक्रेटरी सुसान्त कर्माचार्य लाई इन्छन एयरपोर्टमा पुगि मन्चका उपाध्यक्ष चुडामणि अधिकारी र सल्लाहकार खगेन्द्र बुढा मगरले स्वागत समेत गरेका थिए ।
प्रमुख अतिथी उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख समेत रहेका पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठलाइ सौलमा उपलब्ध मन्चका पदाधिकारी,सदस्य र सल्लाहकारहरुले भेटघाट समेत गरिसकेको साथै उक्त दिनको अन्तरकृयालाइ सफल बनाउन व्यापक छलफल समेत गरिको जनाइएको छ।
अन्तरकृया कार्यक्रमको आयोजना गरि पत्र पठाउन समय अभाव भएकोले यसै समाचारलाई निमन्त्रणको आधारमानी विभिन्न संघ सस्थाका अतिथी माहानुभावहरु उपस्थित भै दिनु हुन बिनम्र अनुरोध गरिएको छ।
कोरियामा रहेका विभिन्न राजनीतिक दलका भातृ संगठन, क्षेत्रीय, जातिय संघ सस्था, बुद्धिजीवी, व्यावसायि, पत्रकार, विद्यार्थी तथा सर्वसाधारण लाई यहि समाचार लाई आधार मानि तोकिएको स्थान र समयमै कार्यक्रममा उपस्थितिको लागि आयोजक जनाधिकार मञ्च दक्षिण कोरियाले हार्दिक अपिल गरेको छ।
स्मरण रहोस एमाओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ EMPOWEING NEPAL-2016,02nd march को सेमिनारको लागि दक्षिण कोरिया आउनु भएको हो।

No comments:

Post a Comment