Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, February 23, 2016

कोरियामा नेपालीले आत्महत्या अब नगरुन -एक बिबेकी श्रमिकको सन्देशमुलक सुझाब

कोरियामा नेपालिले आत्महत्या गर्ने कारण हरु र न्यूनीकरण गर्ने उपयाहरु :

डम्बर सुब्बा

हामी सबै केही सानो ठुलो सपना बोकेर जहाज चडेर कोरिया आएको हौ ।उता आफ्नो देस, माटो ,पृयजन परिवार,साथिभाइ ,गर्ल फ्रेन्ड,बोवाइ फ्रेन्ड छोडेर केही समयको लागि आफ्नो आर्थिक हैसियत उकास्न आफ्नो संगै परिवारको सानो ठुलो सपना पूरा गर्नकोनिम्ति आएको हौ ।यो सुखद कुरा हो हाम्रो लागि पनि र देसको लागि पनि ।तर बिडम्बना आजभोली कोरियामा नेपालीहरुको बड्दो आत्महत्याले सबैलाइ झस्काएको छ।दुखी बनाएकोछ तपाईंलाई पनि मलाइ पनि ।त्यसैले यश लेख मार्फत यसै बिसयमा रहेर आज म मेरो केहि बिचारहरु राख्न गइरहेकोछु ।
आत्महत्याको बिसयमा लेखिरहदा केही आत्महत्या सम्बन्धी तथ्यांक राख्न उचित ठाने ।
विश्व स्वास्थ्य संगठन को प्रतिबेदन अनुसार आत्महत्या बढि हुने देश गुएना जहाँ प्रती लाख 44.2जनाले आत्महत्या गर्ने
गर्दो रहेछन।त्यसै गरि जहाँ हामी बसिरहेको छौ साउथ कोरिया यो तेस्रो नम्बरमा पर्दछ यहाँ प्रती लाख 28.9 जनाले आत्महत्या गर्ने गर्छन ।तेसैगरी हाम्रो देस नेपाल र तान्जनिया आठौ स्थानमा पर्दोरहेछ प्रती लाख २४.9 जनाले आत्महत्या गर्ने गर्दो रहेछन ।मैले यो तथ्यांक यहाँ किन पनि राख्न चाहे भने नेपाल र कोरिया आत्महत्या गर्ने देसमा अग्र
स्थान देस मै पर्छ तेस्कै केही प्रभाब पनि हुन सक्छ जुन आज कोरियामा नेपालिहरुको आत्महत्या ।
अब म कोरियामा नेपालिहरुले आत्महत्या गर्ने केही कारणहरु राख्न चाहन्छु जुन मेरो ब्यक्तिगत बुझाइ हो योनै सत्य हो भन्ने चै छैन।
१. कठिन र लामो समय काम
कोरिया बिस्वकै लामो समय र कठिन काम गर्ने टप
५ देस मध्येमै पर्दछ ।तर यहाँ आउने अधिकांस नेपालीहरु बिद्यार्थीछन।जुन नेपाल रहदा घरायसी काम बाहेक अरु काम खासै गरेको छैनन तसर्थ यहाको काम देखि साथिहरु हार्न थाल्छन।
२. काम गर्दा गाली गलौज दुर्ब्वहार
कोरियामा काम गर्दाखेरी गाली गलौज र दुव्र्यवहार अत्यधिक हुने गर्छ तसर्थ साथिहरुले भन्ने गर्छन (इल फोदा माल हिमदुर ) अर्थात कोरियामा काम भन्दा गाली गार्हो हुन्छ । यहाँ आफुभन्दा सानो र नया लाई अत्यधिक पेल्ने गरिन्छ तसर्थ साथीहरुलाइ तनाब उत्पन्न हुन थाल्छ।
३. योग्यता संग काम नमिल्नु
कोरियामा आउने प्राय नेपालिहरु पढेलेखेका छन ब्याच्लर, दिग्री नभएनी प्लस टु गरेका र केइ छेत्रमा स्थापित भएकाहरुनी छन। तर यहाँको काम ठिक उल्टो छ योग्यता हुने भन्दा बलियो,छिटोको काम
छ तसर्थ धेरैलाई फ्रस्टेसन हुन्छ।
४. परिवारले दिने तनाब
उसै पनि कठिन काम र गाली गलौजले ग्रसित जो झनै घर बाट सधैको कच्कच श्रीमती ,दाजु भाइ वा परिवारको सदस्यले रुखो ब्यवहार गर्दिदा झनै तनाब उत्पन्न हुने गर्दछ।
५.रूमको साथिहरुको ब्यवहार
हुनत आफू भलो जगत भलो भन्ने चलन छ तर यो सबै ठाउँ लागू नहुन पनि सक्छ । रूमको साथीनै प्रदेसमा आमा बा हुन जस्ले सबै कुरा बुझ्न र देख्न सक्छ।तर यहाँ साथी साथी बिच झै झगडा,मनमुटाव भएको देखिन्छ । सारिरिक हिसाबमा सानो छ भने ठुलोले पेल्ने हेप्ने गर्ने गरेको नि पाइन्छ ।साथी बाटै तनाबमा परेकोनी धेरै साथिहरु भेटिन्छन।
६.दीर्घ रोग सरुवा रोग
दीर्घ रोग लागेपछी निको नहुने रोग हो जुन रोग लागेपछी काम गर्न नसक्नु अनि देस फर्किने अवस्था आउनु एकातिर लाख लाख घुमाउनु अर्कोतिर कैले रोग निको नहुनु यश बाटनि साथिहरु हरेस खान्छन।अर्को तिर कोरियाको रेड लाइन एरिया तिर प्राय साथिहरु भेटिन्छन त्यहा असुरक्षित यौन सम्पर्क गरि यौन जन्य रोग बाट ग्रसित हुनु ।
६.होम सिक , ७. प्रेममा धोका ,७.डिप्रेसन
आदि इत्यादि हुन कोरियामा नेपालीहरुले आत्महत्या गर्ने कारणहरु।
अब भने म यहाँ कोरियामा नेपालिहरु
को बड्दो आत्महत्या लाई कसरी रोकथाम वा न्यूनी
करण गर्न सकिन्छ भन्ने बिचार राख्न चाहान्छु।
१. स्वयम् ब्याक्तिले गर्नुपर्ने
क ,मनमा सधै सकारात्मक कुरा खेलाउनुहोस
ख,आफुलाइ बिजि राख्नुहोस
ग,साथीहरू सङ हेलमेल बढाउनुहोस
घ,हप्ता पन्द्र दिनमा साथिभाइ संग सोजु पार्टी
सामेल हुनुहोस ।
ङ, परिवार साथिभाइ सङ नियमित सम्पर्कमा
रहनुहोस
च, फ्रेस हुन बाहिर निस्किनुहोस
२. साथी भाइले गर्नुपर्ने
प्रदेसमा साथी भनेको आमा बुवा भन्दा ठुलो हुन्छ त्यसैले तपाइँहरु ग्रुपमा बस्नुहुन्छ भने सबैमा समान ब्यवहार गर्नुहोस ।कसैलाइ न एक्लाउनुहोस यदि कुनै साथी तनाबमा छ भने उस्को ख्याल गर्नुहोस तिम्लाइ थिकै छ ?के भयो आज ? सम्म भन्नुहोस जस्ले उस्को कुरा खोलोस तपाईं सङ यदि डिप्रेसन ,होम सिक भएको बुझियो भने विभिन्न संघसस्था उस्को परिवार नभए नेपाली दूतावासमा जन्कारी गराउनुहोस।
३. परिवारले गर्नुपर्ने
खाली मैनामर्ने बित्तिकै फोन गरेर पैसाको कुरा मात्र नगर्नुहोस ।माया दर्साउनुहोस सन्चो बिसन्चो सोध्नुहोस नियमित सम्पर्कमा रहनुहोस घरायसि समस्याहरु धेरै न सुनाउनुहोस ।श्रीमती हुनुहुन्छ भने दङ्गाउने घुर्काउने ठुलो ठुलो डिमान्द गर्ने नगर्नुहोस।
४.कोरियामा कृयासिल संघसस्थाले गर्नुपर्ने
कोरियामा क्रियासिल संघसस्थाहरु अत्यधिक छ जस्ले हरेक बिपतहरुमा सहयोग गर्दैआएकोछ नेपाल
पनि ।आत्महत्या लाई न्युनिकरन गर्न कोरियामा भएको प्रतेक सस्थाहरु लाग्नु पर्दछ भिभिन्न कार्यक्रम मार्फत ।जस्तै भिभिन्न मोटिभेसन सिबिरहरु चलाउन सकिन्छ नेपाल बाट बिकास नन्द, मनोबैज्ञानिक ब्याक्तिहरु र मोटिभेटरहरु ल्याइ ।आत्महत्या बिरुद्द
को अभियान कोरियामा रहेको प्रतेक नेपाली माझ
पुर्याउनु पर्दछ।
५. नेपाली राजदुताबासले गर्नुपर्ने
यहाँ रहेको प्रतेक नेपालिको अभिभावकनै राजदुता
बाँस हो ।र आफुलाइ परेको समस्या सुनाउनु पाउनु
र सहयोग माग्नु प्रतेक नेपालिको अधिकार हो । सहयोग गर्नु राजदुतावास को कर्तब्य हो आज यहाँ बढीरहेको आत्महत्याको बारेमा गम्भीर अध्यन अनुसन्धान गरि छिट्टै यस्लाई रोक्ने न्युनिकरण गर्ने कार्यक्रम ल्याउनु पर्दछ ।
अन्त्यमा सम्पुर्ण कोरिया मा रहनुहुने
नेपाली मजदुर,बिद्यार्थी ,बुद्दिजिबी,पत्रकार,खेलाडी,
ब्यवसाही,विभिन्न पार्टीको राजनितिग्य,साथै सम्पुर्ण
संघ सस्था मिलेर ।कोरिया मा बढ्दो आत्महत्या लाई रोक्न न्यूनीकरण गर्न सिर्जनात्मक रचनात्मक कार्यक्रमहरु ल्याउ। सबै एक ढिक्का भएर अगाडी बढौ धेरै ढिलो भै सकेको छ अब अझै ढिलो नगरौ। फेरि कोहिले आफ्नो अमुल्य जीवन गुमाउनु नपरोस ।
यहि आग्रह,अपिल,अनुरोध गर्दछु ।
धन्यवाद!

डम्बर लिम्बू ,

२३ फेब्रुवरी २०१६ 
झापा
हाल साउथ कोरिया

No comments:

Post a Comment