कोरियामा भजन कीर्तन गर्दै यसरी स्वस्थानी समाप्ति गरियो
गणेश न्यौपाने
२२ फेब्रुवरी ,२०१६ कोरियास्वस्थानीको शांघेको अवसर पारी कोरियामा पनि आफ्नो धर्म ,सस्कृति र परम्पराको जगेर्ना ,प्रबाशी नेपालीको एकताको कामना भन्ने मूल भावसहित भव्यताका साथ भजन-कीर्तन तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ l फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समिति तथा हिन्दु जागरण अभियान कोरियाको सयुक्त पहलमा फेन्थेकमा आयोजित सो कार्यक्रममा कोरियाका बिभिन्न ठाउबाट आएका भक्तजनहरुको आ-आफ्नो भजन प्रस्तुतिका बीच सामुहिकरुपमा गीत गायन तथा नृत्यहरुले नेपालीपनको आभाष दिलाएको थियो l कार्यक्रमको प्रथम चरण अन्तर्गत स्वस्थानी ब्रत कथाका केहि महत्वपूर्ण अध्यया फेन्थेक नेपाली समितिका उपाध्यक्ष तथा धार्मिक सयोजक श्यामकृष्ण रेग्मी द्वारा बाचन गरी पुस्प गुच्छा सहित पुजा आराधना संचालन भएको थियो l
कार्यक्रमको महत्व दर्शाउदै शुभकामना संदेश तर्फ नेपाली समितिका अध्यक्ष कृष्ण पुरी ,हिन्दु जागरणका अध्यक्ष अमृत प्रसाद बास्तोला ,कास्की परिवारका खोम गुरुङ लगाएत अन्य बिशेष अतिथिहरुले आआफ्नो छोटो धारणा राखेका थिए l
दोश्रो चरण को कार्यक्रममा सास्कृतिक बिभाग प्रमुख गौरभ न्यौपाने को सन्चालनमा ईश्वरी घिमिरे को नेतृत्वमा पुर्कोट घर सास्कृतिक समुह ,बलराम भण्डारी - वैजम्बु सास्कृतिक समुह , दिपक पौडेल -फेन्थेक समुह ,हिन्दु जागरण समुह लगाएतको बिशेष भजनकीर्तन प्रस्तुतिहरु ले उपस्थित सबैलाई नचाएको थियो भने लोक गीत तर्फ सरु लामिछाने ,रमिला गौतमको प्रस्तुतिहरुले थप आकर्षक तुल्याएको थियो l
साझ ६ बजे सम्म झन्डै सय नेपालीहरुको उपस्थितिमा चलेको सो कार्यक्रममा नेपाली परिकारहरु सगै चियापान गरी अत्यन्तै रमाइलो बातावरणमा टुंग्याईएको थियो l

No comments:
Post a Comment