नेपालमा चलिरहेको श्री स्वस्थानी ब्रतकथा समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा "धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना" भन्ने मूल भावना बोकी कोरियामा पनि भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ l फेन्थेक माइग्रेन्ट नेपाली समिति कोरिया र हिन्दु जागरण अभियान को सयुक्त पहलमा हामी सबै नेपालीको आ- आफ्नो धर्म ,सस्कृति,रितिरिवाज,भेसभुषा भएतापनि प्रबाशमा सबै नेपाली बीच एकता,सद्भाव र धार्मिक सहिष्णुता प्रगाढ गर्ने उदेश्यले कार्यक्रम तय गरीएको सो आयोजक समितिले जनाएको हो l कोरियामा व्यस्त र कडा परिश्रमले गर्दा हुने थकान,मानसिक तनाब,र एक्लोपना आदि बाट केहिहद सम्म भएपनि यस्तो प्रकारको कार्यक्रमबाट फाइदा पुग्नेछ l लामो समय देखि प्रबाशमा भएपनि आफ्नो सस्कृति, परम्पराको अनुभूति गर्दै नेपालीहरुबीच पारीवारिक बातावरणमा रमाइलो गर्दा आफ्नै मातृभूमिको आभास प्राप्त हुने हुनाले एक पृथक तरिकाले कार्यक्रम सभ्यरुपमा राखिएको समितिले बताएको छ l कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण सघ-सस्था,ब्यबसायी,बुद्धिजीवी,पत्रकार लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै जानकारी मार्फत निमन्त्रणा स्वीकार गरी उपस्थितिको लागी हार्दिक अनुरोध गरीएको छ l
कार्यक्रम सम्बन्धित जानकारी यस प्रकार रहेको छ l
मिति - २०१६ -०२-२१ (आईतबार)
स्थान - फेन्थेक माइग्रेन्ट सेन्टर बाट नजिकै (अधिबेसन भएको हल)
(फेन्थेक ट्रेन स्टेसनबाट नजिक -५ मिनेट )
समय :- बिहान -११ बजे देखि
कार्यक्रमहरु :-
प्रथम चरण:- श्री स्वस्थानी आराधना तथा ल्होसार शुभकामना आदानप्रदान
दोस्रो चरण:- लोक-भजन-किर्तन तथा बिबिध रमाइलो साँस्कृतिक कार्यक्रम
सास्कृतिक चरण अन्तर्गत लोक-भजन गीत,गायन,नाच तथा बाध्यबाजनमा सहजै भाग लिन सकिनेछ l आवस्यक थप सम्पर्कको लागी निम्न सम्पर्कमा सोधपुछ गर्न सकिने छ l :-
(कृष्ण पुरी :- 010-59311934 ,श्यामकृष्ण रेग्मी-010-41658670)अमृत बास्तोला-010-29468611, किरण अधिकारी-010-33945611)

No comments:
Post a Comment