कोरियामा स्थगित गरिएको  नेपाली पत्रकारिता तालिम  फेब्रुवरी २१ मा हुने भएको छ | सलनालको बिदामा आयोजना गरिएको भए पनि प्राबिधिक कारण स्थगित गरिएको थियो | तालिम नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाले आयोजना गर्न लागेका हुन् |     तालिम दिन नेपालबाट कान्तिपुर दैनिकका सहायक सम्पादक/क्रिएटिभ कोअर्डिनेटर अखण्ड भण्डारी कोरिया आइसकेका  छन् ।    कार्यक्रमलाई चुस्त र ब्यबस्थित बनाउन दुवै संस्थाले पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य  तथा फोनिज कोरिया शाखाका सल्लाहकार देवेन्द्र सम्बाहाम्फेलाई संयोजकको जिम्मेवारी दिएका छन् |     अनलाइन, छापा र बिध्युतीय (रेडियो टिभी) गरि तीन विधामा दिईने तालिम संचालन हुने जनाइएको छ |     तालिममा लिन इच्छुकका साथै  कोरियामा कार्यरत प्रमुख र सक्रिय सस्थाबाट अनिबार्य २ जना सहभागी गराउन आयोजकले अनुरोध गरेका छन् |
स्थान :- सोल ग्लोबल सेन्टरको चौथो तल्ला | जाने तरिका १ नम्बर लाइनको छोङगाक स्टेसनको ६ नम्बर गेट अगाडी समय:- बिहान १० बजेदेखि बेलुका ५.३० बजेसम्म (अंग्रेजी समय)
स्थान :- सोल ग्लोबल सेन्टरको चौथो तल्ला | जाने तरिका १ नम्बर लाइनको छोङगाक स्टेसनको ६ नम्बर गेट अगाडी समय:- बिहान १० बजेदेखि बेलुका ५.३० बजेसम्म (अंग्रेजी समय)

No comments:
Post a Comment