Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, December 12, 2015

भक्तपुर समाज कोरियाद्वारा १ हजार ७२ जना बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री प्रदान

सीता खावाजु, भक्तपुर 
भक्तपुर समाज कोरियाद्वारा भक्तपुर जिल्लाका २५०० बिध्यार्थिहरुलाइ शैक्षिक सामग्री प्रदान गर्ने योजना अनुरुप हालसम्म १ हजार ७२ जना बिद्यार्थीहरुलाइ विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेका छन् l

हालसम्म  भक्तपुर नगरपालिकाका ४ वटा बिद्यालयका २७७ जना , मध्यपुर नगरपालिकाका  ४ वटा बिद्यालयका ३८० जना ,नगरकोटको २ बिद्यालयका १२० जना ,सुडालका २ बिद्यालयका २४० जना  र बागेश्वरीका १ बिद्यालय ५५ जना बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको शैक्षिक सामग्री वितरण कार्यक्रम प्रमुख संयोजक रमेश खावाजुले बताए l हाल नेपालमा रहेका भक्तपुर समाज कोरियाका संस्थापक अध्यक्ष  रमेश खावाजुले आउदा दिनहरुमा पनि निरन्तर रुपमा शैक्षिक सामग्री वितरण गर्ने पुन बताए l  
कार्यक्रममा भक्तपुर समाज कोरियाका अध्यक्ष रमेश गिरी,  पुर्व उपाध्यक्ष दिनेश राज गिरी, पुर्व सचिब संजन जोंछे ,मध्यपुर न.पा शैक्षिक सामग्री वितरण संयोजक सुरेन्द्र श्रेष्ठ , अनन्त लिंगेश्वर न.पा शैक्षिक सामग्री वितरण संयोजक श्याम चक्रधर ,सक्रिय सदस्यहरु राजेन्द्र कबु ,रबिन्द्र गिरी ,जगतमान प्रजापति ,दिनेश लोहला ,सुरेश प्रजापति लगायत अन्य  भक्तपुर समाज कोरियाका साथीहरुको सहभागिता रहेका थिए l

भक्तपुर जिल्लाका करिब २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्नको लागि भक्तपुर समाज कोरियाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा कोरियामा रकम  संकलन गरेका थिए ।अध्यक्ष गिरीले कोरियामा रहेका नेपालीहरुको लागी तथा  आफु जन्मेका जिल्ला भक्तपुरका  विभिन्न क्षेत्रको विकासका लागी निरन्तर रुपमा सहयोग गर्दै जाने बताए l  भने आउदा निशुल्क छात्रवृतिको कार्यक्रम ,तथा साथीहरु बीच सहकारी पद्दतिको सामुहिक लगानीका कार्यक्रमहरु गर्ने बताए l

 दक्षिण कोरियामा रहेका भक्तपुर जिल्लाका साथीहरु बीच आपसी सम्बन्ध विस्तार एवं सुद्द्ढ गर्दै पारस्परिक सहयोग अभिबृदी तथा आफु जन्मेको जिल्लाको बिकासमा केहि सहयोग गर्ने उदेश्यले सन् २०१३ मा कोरियामा रहेका भक्तपुर जिल्ल्लाबासिहरुले "भक्तपुर समाज, दक्षिण कोरिया " को गठन गरेका छन् ।
कोरियामा भक्तपुर जिल्लाका युवाहरुको समूह भक्तपुर समाजले यसअघि नेपाली कला संस्कृतिको संरक्षण गर्न नेपाली परम्परागत तरिकाले निधारमा रातो टिका अनि जमरा लगाएर दसैँ , नया बर्ष तथा बिस्केट जात्राको अवसरमा सामुहिक नेवारी भोजको कार्यक्रम पनि गरेका थिए l 

सन् २०१४ मा भक्तपुर समाजले पनि परोपकारी कार्यमा आर्थिक अभाबका कारण उपचार गर्न नसकेका भक्तपुरका तिम्ल्याहा शिशुका परिवारलाई कोरियाबाट संकलित १ लाख ३८ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो। त्यसै गरि भुकम्प पिडित नेपालीहरुको लागि कोरियाबाट करिब ७० लाख वन बराबरको ८३ वटा टेन्ट संकलन गरि एन आर एन कोरियालाइ हस्तान्तरण गरेका थिए l हाल भक्तपुर जिल्लाका सामुदायिक बिद्यालयका  २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने योजना अनुरुप भक्तपुरका १३ बिद्यालयका १ हजार ७२ जना बिध्यार्थिहरुलाइ शैक्षिक सामग्री वितरण गरिसकेका छन् l 

हालसम्म शैक्षिक सामग्री वितरण गरेका बिद्यालय तथा बिद्यार्थीहरु विवरण 
भक्तपुर नगरपालिका 
१ . दतात्रय नि.मा.बि  - ६५ जना 
२. समाज सुधार मा.बि - ६४ जना 
३. ब्रम्हयणी प्रा.बि       - ५० जना 
४. बाल सेवक नि.मा.बि  - ९८ जना 

मध्यपुर नगरपालिका 
१ .बाल प्रेमी मा.बि  - ७६ जना 
२. प्राणोंदय प्रा.बि   - ४८ जना 
३. जनक सिद्दिकाली मा.बि  ४० जना 
४. आदर्श मा .बि               २१६ जना 
  
नगरकोट 
१. कालिका मा.बि   ६५ जना 
२. तौथली मा.बि    ५५ जना 

सुडाल 
१ . सरस्वती मा.बि   १०५ जना 
२. बाल्मेकीश्वर नि. मा.बि  १३५ जना 

बागेश्वरी 
१ .श्री कृष्ण मा.बि   ५५ जना







No comments:

Post a Comment