Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, December 10, 2015

सलनालमा कास्केलीहरुको बिशेष बृहत भेला हुदै

नमस्ते नेपाल कोरिया
०८ डिसेम्बर २०१५ 
दक्षिण कोरिया l 
सलनालको अवसरमा कास्केलीहरुको बृहत भेला हुने भएको छ l गत डिसेम्बर ६ आईतबार सउलमा बसेको कास्की परिवार दक्षिण कोरियाको कार्य समिती को बैठकद्वारा उक्त निर्णय पारित भएको हो । विभिन्न उदेश्यका साथ कास्की स्थाइ बसोबास भै हाल कोरियामा रहनु भएका दाजुभाई तथा दिदिबहिनीहरु बीच आपसी चिनजानी तथा सहयोग र सद्भाव अभिवृद्धिको लागि सम्पुर्ण कास्की बासीहरुलाई उक्त भेलामा उपस्थिति जनाइ दिनुहुन कास्की परिवार कोरियाले अनुरोध गरेको छ l
संगठित समूह नै परदेशको सहारा हो भन्ने मूल भावाना बोक्दै प्रबास बसाईका क्रममा आइपर्ने विभिन्न समस्याहरुमा सहयोग र सहजीकरण गर्न सकियोस् भन्ने हेतुले विभिन्न उदेश्य का साथ कोरिया रहनु भएका सम्पुर्ण कास्कीबासी दाजुभाई तथा दिदिबहिनीहरुको नामावली संकलन गर्ने तयारी गरिएको छ l
कास्कीबाट कोरिया आई बिभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु तथा सामुहिक साथै सस्थागत रुपमा सामाजिक क्षेत्रमा सक्रिय भूमिका पुर्याउनुभएका व्यक्तित्वहरु बीच पनि बिसेष भेटघाट परिचय गर्दै कोहि पनि नछुटुन भन्ने ध्ययले कास्कीका गाबिस र नगरपालिका लाई विभिन्न क्षेत्रमा बिभाजन गरी क्षेत्रगत रुपमा नामावली संकलकको पनि चयन पनि गरिएको छ ।आफ्नो विवरण सम्बन्धित क्षेत्रको संकलक लाई उपब्लध गराई सहयोग गरि दिनु हुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।

संकलक र क्षेत्र निम्न अनुसार छन :-

लेखनाथ ----- कृति राज तिवारी
कालिका------ बालकृष्ण त्रिपाठी
माझ्ठाना------बिष्णु हरि तिवारि
लेखनाथ -----बिभुर गुरुङ
हंसपुर ----- कृष्ण पुरी
थुम्की ------ अर्जुन श्रेष्ठ
सरङ्कोट,कास्किकोट पुस्पराज तिमिल्सिना
ढिकुरपोखरी ----- चुडामणि अधिकारी
ताङतिङ ,सिक्लेस ,सिल्दजुरे,थुमाको डाडा,नामार्जुङ--- बिशाल गुरुङ होम गुरुङ
मौजा,भलाम,काहु,आर्बा,अर्मला --- अमृत बास्तोला
भदौरे- तामागी ---- राज श्रेष्ठ
चापाकोट ----- ज्ञानु लामिछाने केबि गुरुङ
पुम्दी भुम्दी ---- गोबिन्द बराल
कृष्टि नाथ्ने चौर ----- भरत थापा
लाहाचोक, हेम्जा ,घाचोक,पुरुन्चौर--- टीकाराम अधिकारि सन्तोष
पोखरा नगर क्षेत्र तथा बाकी अन्य गाबिस हरु --- खोम गुरुङ ,नवीन गुरुङ, दिल पासा

कास्की बाट कोरियामा आएर अध्यन तथा अध्यापन साथै बिभिन्न
शैक्षिक कार्य शिलशिलामा रहेका व्यक्तित्वहरुका लागी - बिमल सुबेदी

No comments:

Post a Comment