Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 9, 2015

म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो -मोडल आलिशा सिंह [ भिडीओ सहित ]

म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो -मोडल  आलिशा सिंह 




नेपालको स्याङ्जा जिल्ला बाट करिब छ वर्ष पहिला कोरिया प्रवेश गरेकी आलिशा सिंह कोरियामा   ब्यस्त समयको बाबजुत पनि  आफुलाई एउटा मोडलिङको  रंगिन दुनियामा कलाकारको रुपमा चिनाउन सफल भएकी छन् । करिब २ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा आफ्नो सफल अभिनय प्रस्तुत गरिसकेकी आलिशा प्रमोद खरेल ,अन्जु पन्त ,राजेश पाल राइ  आदि सफल गाएकहरुको गीतमा पनि आफ्नो अभिनय कलालाइ जोडदार रुपमा प्रस्तुत गरिसकेकी छन्  झट्ट हेर्दा युरोपियन जस्तो गेटअप मा देखिने आलिशा आफु सधै मिहनेतमा विश्वास गर्ने बताउछिन  उनि मात्र कलाकारिता क्षेत्रमामा आफुलाई चिनाएकी छैनन् कोरियामा रहेका विभिन्न सामाजिक  संघ संस्था रहेर सामाजिक कार्यमा पनि सदा तल्लिन छन् 
प्राय शनिबार र आइतबारका  दिन समय निकालेर विभिन्न म्युजिक भिडियो सुटिंङ मा ब्यस्त रहने उनि कोरियामा आफ्नै शेयर लगानी बाट खोलेको बिजनेसमा हेयर स्टाइलिष्टको रुपमा काम गर्दछिन 



 उनै मोडेल तथा कलाकार आलिशा सिंह संग मोडलिंङ तथा कलाकारिता क्षेत्रका बिबिध बिषयमा केन्द्रित रहेर नमस्ते नेपाल  कोरिया डट कम का लागि पत्रकार किशन गौतम ले तयार पार्नुभएको संछिप्त कुराकानी :-

पत्रकार - किशन गौतम 


प्रश्न : मोडलिंङ क्षेत्रमा कसरि प्रवेश गर्नु भो ? 

उत्तर :  यो क्षेत्रमा आउनु  मेरो सानै देखि को इच्छा  थियो l करिब चार वर्ष आगाडी गीतकार निर्मला गिरीको 'आजभोली किन रुन्छ मन 'भन्ने बोलको गीतमा मोडलिंग गर्ने अवसर पाए ,त्यसपछि कोरियामा रहदा साथीभाईहरुले म्युजिक भिडियो बनाउ भन्ने प्रस्ताब ल्याउनु भयो निर्देशक कमल अधिकारिको साथमा अन्जु पन्तको स्वरमा रहेको पिरतीको लगन गाठो भन्ने बोलको गीत मा खेल्ने अवसर पाएलगत्तै  र उक्त गीत नेपाल नेपाल टेलिभिजन बाट पनि बज्यो l र बिस्तारै नेपालबाट विभिन्न गीतकारहरुले कोरियाको रमणीय दृश्यलाइ कैद गरेर म्युजिक भिडियो बनाइदिन अनुरोध   गर्न थाल्नु भयो यसरि नै कोरिया बसाई मै यो पाटो लाइ अगाडी बढाउदै लगियो l

प्रश्न : कस्तो छ मोडलिङ्को रंगिन दुनिया ?केहि चुनौती हरु पनि छन् कि ?

उत्तर : समग्रमा राम्रै छ l  चुनौती त छन् नै बिशेष गरि   बिदेशी भूमिमा समय अलि लिमिट छ तै पनि जसो तसो म्यानेज गरिराखेकै छु l

प्रश्न :  अहिले सम्म कति म्युजिक भिडियोमा खेलिसक्नु भो ?

उत्तर : अहिले सम्म दुइ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा खेलिसकेको छु l ति मध्ये केहि म्युजिक भिडियो मेरो आफ्नै निर्देशनमा पनि बनेका छन् l

प्रश्न : अब कुन कुन  म्युजिक भिडियोमा खेल्ने तयारीमा हुनुन्छ ? 

उत्तर : पुजा मारियाको शब्द र अन्जु पन्तको स्वरको आधुनिक गीत त्यस्तै प्रमोद खरेलको स्वर मा रहेको प्रकाश बम को एल्बम' बितेका पल ' को म्युजिक भिडियो छिट्टै सुटिंङ हुदै छ l

प्रश्न :  अफर कत्तिको  आउने गरेको छ  ? 

उत्तर : धेरै नै आइराखेको छ तर समय अभाब तथा अन्य बिबिध कारणले गर्दा चुज गरेर मात्र खेल्ने गरेको छु l

प्रश्न : मोडलिंङ  क्षेत्रलाइ समाजले हेर्ने दृष्टिकोण कस्तो छ ?

 उत्तर :  पहिलाको तुलानामा अहिले मोडलिङ् क्षेत्र राम्रो छ lसमाजका  धेरै शिक्षित व्यक्तित्वहरु पनि यो क्षेत्रमा लागेको हुनाले यो क्षेत्रलाइ समाजकले हेर्ने दृष्टिकोणमा पनि परिबर्तन आएको छ l

प्रश्न :  यो क्षेत्र मा आउन कस्तो संघर्ष गर्नु भयो ?

उत्तर : मान्छे मा हुने इच्छा शक्ति सबैभन्दा ठुलो कुरा हो  l संघर्ष भन्दा पनि साथीभाईहरुको प्रेरणा र मेरो आफ्नै मिहनेत र लगनशीलताले नै यो क्षेत्र आउन सफल भएको हुँ l

प्रश्न : मोडेल बन्न छोटो कपडा नै लगाउनु पर्छ र ?

उत्तर : छोटो लामो कपडा भन्ने कुरा कस्तो खालको भूमिकामा खेलिदै छ त्यसमा भर पर्ने कुरा हो ,उदहारण को लागि बार डान्सरको भूमिका खेल्दा र मन्दिरमा पूजा गर्ने भक्तालुको भूमिका खेल्दा एकै खालको कपडा लगाएर पनि त भएन नि l कथा र बिषय बस्तु अनुसार को ड्रेसअपमा आफुलाई ढाल्नु पर्ने हुन्छ l

प्रश्न : तपाइँ हट मोडेल कि कुल मोडेल ? 

उत्तर : म हट छु कि कुल छु त्यो त दर्शकले मुल्याकन गर्ने कुरा हो l

  प्रश्न : बिहे कहिले गर्ने ?

उत्तर : लगन जुरेपछी थाहा पाइहाल्नु हुनेछ l

  प्रश्न : ब्वाइ फ्रेन्ड छ कि नाइँ ? 

उत्तर : अहिले सम्म छैन l

 प्रश्न : प्रेम भनेको के हो ? 

उत्तर : जीवन जिउने आधार हो l

प्रश्न :  प्रेममा कत्तिको विश्वास गर्नु हुन्छ ? 

 उत्तर : सय प्रतिशत बिश्वास गर्छु यो संसारमा जीव जनावर बाट लिएर मानब जातिको सबै अस्थित्व प्रेम मा नै अडिएको  छ 

प्रश्न :  कस्तो केटा मन पर्छ ?

उत्तर : दुखमा साथ दिने ,स्मार्ट ,समाजसेवी वा राजनीतिज्ञ आदि 

 प्रश्न :  जीवन के हो ? 

उत्तर : मर्नको लागि संघर्स गर्नु 

प्रश्न : अन्त्यमा के भन्न चाहनु हुन्छ तपाईका फ्यान हरुलाई ?

उत्तर : अन्त्यमा ,तपाइहरुले मेरो म्युजिक भिडियोलाई मन पराइदिनु भएको छ l यसरि नै तपाइको साथ र सहयोगको अपेक्षा गर्दछु 

भिडियो तलको लिंकमा हेर्नुहोला 

New Modern Song 2015/2015  TIMRAI GHARKO BATO- Anju Pant HD [https://www.youtube.com/watch?v=lbfJNwcISnA]

No comments:

Post a Comment