Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 9, 2015

धौलागिरी हाईड्रो पावर प्रा.लि.का अध्यक्ष सहितको प्रतिनिधि मण्डलको स्वागत तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न




म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तथा धवलागिरी हाङड्रो पावरका अध्यक्ष प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोलिको सम्मानमा आयोजित स्वागत कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । ८ तारिख आईतबार राजधानी सउलको दुर्गा रेष्टुरेण्ट नजिकैको रहेको बिशेष सभा हलमा दरबाङ-म्याग्दी खोला जल बिद्युत आयोजनाको लगानी सम्बन्धि अन्तकृया कार्यक्रममा सहभागि हुन पाल्नु भएका बिशिष्ट ब्यक्तित्वहरुको सम्मानमा समाजको तर्फबाट सम्मान तथा स्वागत कार्यक्रमको आयोजना गरिएको हो । समाजका अध्यक्ष मुक्ति केसीको सभापतित्व र एन आर एन आई सिसी सदस्य तथा समाजका सल्लाहकार बिनोद कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार भक्त सेरचन,एन आर एन आई सिसी सदस्य बिनोद कुंवर, पुर्व अध्यक्ष तथा सल्लाहकार नर बहादुर पुन र सल्लाहकार तथा एन आर एन बरिष्ठ उपाध्यक्ष ओम जुग्जाली, छन्त्याल समाजका कावा अध्यक्ष अमर छन्त्याल, काभ्रे सम्पर्क समितिका पुर्व अध्यक्ष याम श्रेष्ठ लगायतका ब्यक्तित्वहरुले म्याग्दी जिल्लामा निर्माण हुन लागेको बहु चर्चित जल बिद्युत आयोजनाको पूर्ण सफलताको कामना गर्दै लगानी सम्बन्धि आ-आफ्नो धारणाहरु राखेका थिए भने पुर्ब अध्यक्ष तथा समाजका संरक्षक भरत तुलाचनले म्याग्दी समाज कोरियाको बारेमा संक्षिप्त जानाकारी गराए । सह-सचिव कृष्ण खड्काले कुशल ढंगले संचालन गरेका स्वागत कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई बरिष्ठ उपाध्यक्ष आलोक बानियाले स्वागत गरेका थिए ।




No comments:

Post a Comment