Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 3, 2015

गायक अमर तन्डुकारका दर्जन सुमधुर गीतहरु सगै कास्की परीवार कोरियाले दशैँ -तिहार मनायो

कास्की परिवार द्वारा बिजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान सगै बिशेष संमान तथा सास्कृतीक कार्यक्रम सम्पन्न


अमृत प्रसाद बास्तोला

३ नोभेम्बर ,२०१५ दक्षिण कोरिया

संगठित समुह नै प्रबाश को साहारा हो भन्ने मुल भावना अंगाल्दै बिगत लामो समय देखि कोरियामा अगाडि बढिरहेको एक क्रियाशील सामाजिक सस्था कास्की परिवार दक्षिण कोरियाले बिजयादशमी तथा दीपावलीको शुभकामना आदान प्रदान सहित बिशेष संमान तथा सास्कृतीक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ l
कास्की जिल्लाबाट विभिन्न कार्यको सिलसिलामा कोरिया आउनु भएका ब्यबसायी, बिधार्थी, पेसा कर्मी लगाएत सम्पूर्ण कास्की बासीहरु को साझा सस्थाको रुपमा स्थापित कास्की परिवार ले स्थापना काल देखी नै समाज का विभिन्न क्षेत्र मा अतुलनीय योगदान पुर्याउदै आएको छ l यसै क्रममा नेपालीहरुको महान पर्ब बिजया -दशमी तथा शुभ दिपावलीको २०७२ को संयुक्त अवसर पारेर गत नोवेम्बर १ मा तोंगदेमुन स्थित पुजा रेस्टुरेन्ट मा शुभकामना आदान प्रदान कार्यक्रम उल्लासमय बाताबरणमा सम्पन्न गरेको छ l

कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष खोम प्रसाद गुरुङको सभापतित्वमा सुरु भएको कार्यक्रममा हालै मात्र सम्पन्न गैर आबासीय नेपाली संघ एनआरएन कोरिया को निर्बाचन बाट निर्बाचित अध्यक्ष राजु क्षेत्री प्रमुख अथिति रहनु भयको थियो l त्यस्तै गरि बिशेष अतिथि एनआरएन कै उपाध्यक्ष लक्ष्मी गुरुङ रहनु भएको थियो l

सस्थाका बरिस्ठ उपाध्यक्ष भक्त गुरुङको स्वागत शुभकामना आदानप्रदानको साथ् साथै कास्की परिवारको स्थापना कालदेखि नै यस सस्थाको प्रगतिको लागी अहोरात्र खट्नुहुने ब्यक्तित्वहरु, खेलकुद सयोजक दल गुरुङ , एनआरएन कोरिया मा प्रतिनिधित्व गर्नु हुने कास्की बासी साथै बर्तमान कार्यसमितिका सल्लाहकारहरुलाई पनि सम्मान तथा स्वागत गरियको थियो l सम्मानित सल्लाहकारहरुमा नवीन गुरूङ, सुरज गुरूङ, कृष्ण पुरी, चुडामणिा अधिकारी, रितु श्रेष्ठ , क्षेत्र गुरूङ, गाेलमान गुरूङ, बिमल सुवेदी ,अर्जुन श्रेष्ठ एनआरएन अध्यक्ष राजु क्षेत्री, उपाध्यक्ष लक्ष्मी गुरूङ खेलकुद संयाेजक: दल गुरूङ लगाएत रहनु भएको थियो l त्यस्तै गरि एनआरएन बिजयी बुद्धी गुरुङ,भावना गुरुङको पनि सम्मान पत्र रहेको थियो l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजु क्षेत्रीले कास्की परिवारसंग हातेमालो गर्दै अघि बढ्न एनआरएन कोरिया सधै तत्पर रहेको र कास्की परिवार लाइ आफ्नो व्यक्तिगत तथा सस्थागत रुपमा पनि सहयोग गर्न तयार रहेको जानकारी दिनु भयो l बरिस्ठ सल्लाहकार तथा एनआरएन उपाध्यक्ष लक्ष्मी गुरुङले सो अवसरमा शुभकामना ब्यक्त गर्दै हालै नेपाल गएर नेपालको दयनीय अवस्था हरु सग प्रत्यक्ष साक्षात्कार गर्नुभएको जानकारी गराउदै नेपालमा दुख ,आपतमा परेका जो कोहि नेपालीहरुलाई हामी सबैले मिलेर कोरियाबाट सक्दो सहयोग, गर्नु पर्ने धारणा राख्नुभएको थियो l यस्तै कार्यक्रमका सोनसिकका पूर्व अध्यक्ष बिमल सुबेदी, तमुधी का अध्यक्ष सुरज गुरुङ ,जनाधिकारका चुडामणि अधिकारी लगाएत अन्य अतिथि बक्ताहरुले पनि शुभकामना साथै आ -आफ्ना धारणा राख्नु भएको थियो l नेपालकै सुन्दर ठाउ कास्कीमा पर्यटन प्रबर्द्धन को लागि पहल गरि कोरियामा कास्कीको सास्कृतिक तथा प्राकृतिक सुन्दरताको प्रचारमा कास्की परिवार लाग्नुपर्ने बताउदै फेन्थेक माईग्रेन्ट सेन्टरका अध्यक्ष तथा पत्रकार कृष्ण पुरी ले नया विचार प्रस्तुत गर्नु भयको थियो l
कार्यक्रम औपचारिक समापनको क्रममा बोल्दै कास्की परिवारका अध्यक्ष खोम प्रसाद गुरुङ ले सो कार्यक्रममा कास्केलीहरु उल्लेख्य उपस्थिति हुन नसकेकोमा दुखेसो ब्यक्त गर्दै सस्था को प्रगति र विकास को लागि सबै कास्की बासीहरुको उल्लेख्य सहयोग को खाचो पर्ने र सबैको सहयोग बाट मात्रै सस्थाको उदेश्य प्राप्त गर्न सकिने कुरा मा जोड दिदै कार्यक्रममा पाल्नु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भयको थियो l कार्यक्रमको संचालन संस्थाका सचिब पुष्पराज तिमिल्सिनाले गर्नुभएको थियो l

औपचारिक कार्यक्रम को समापन पछी उपस्थित सबै जनाले सांगीतिक बाताबरणमा दशैँका परिकारहरुको स्वाद सगै नाचगानमा रमाएका थिए l

कार्यक्रमकै क्रममा नेपाल बाट पाल्नु भएका गायक अमर तण्डुकार लाई पनि सम्मान गरिएको थियो l सास्कृतिक कार्यक्रममा स्थानीय गायक हरु सगै अमर तण्डुकारका गीत हरु यस्तै रहेछ यहाको चलन , मुसु मुसु हासी देउन लै लै जस्ता झन्डै दर्जन जति सुमधुर गीत संगीत ले सबै लाई साझ सम्म नाच गानमा झुमाएर बाधेको थियो l

सम्बन्धित तस्बिरहरु :-







































No comments:

Post a Comment