नमस्ते नेपाल कोरिया
११ नोभेम्बर २०१५ ,कोरिया
गीतकार पासाङ्ग व्लोन तामाङ्गको नयाँ एल्वम ‘तिम्रो यादमा’को एउटा म्युजिक भिडीयो वजारमा आएको छ । उनले रचना गरेको ‘कहिले तिमीलाई’वोलको गित युटुव मार्फत वजारमा ल्याएका हुन ।
उनले वजारमा ल्याएको सो म्युजिक भिडीयो दक्षिण कोरियामा छायांकन गरिएको हो जसलाई कोरियामा नै वस्दै आएका सुरेश कौशलले निर्दशन गरेका छन् । कौशल नै सो म्युजीक भिडियोमा अभिनय समेत गरेका छन् भने उनलाई कोरियामा नै रहेकी मोडल वविना अधिकारीले साथ दिएकी छन् ।समिर सिह ठाकुरीलाई समेत सो म्युजिक भिडीयाेमा दर्शकले देख्न् सक्ने छन। सो म्युजिक भिडीयोलाई सुमन पुनले खिचेका हुन भने बुढासुब्बा म्युजिक प्रालिले उक्त म्युजिक भिडीयो वजारमा ल्याएको हो ।
चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको सो गितको संगीत भने मलेसियामा रहेका संगीतकर्मी मनिपाल राई ले दिएका हुन । मलेसियामा रोजगारीका क्रममा रहेका गितकार व्लोनले उनको आधुनिक गितको एल्वम वजारमा ल्याउने तयारीमा जुटेका छन् । सो एल्वममा नेपाल का चर्चित गायक,गायिका अन्जु पन्त,सुनिता पन्त लगायतको स्वर सुन्न सकिने पनि ब्लोनले जानकारी दिएका छन् ।
No comments:
Post a Comment