Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 13, 2015

दशै

   -झक थापा मगर-
कबिता 

“ किन आउंछ  दशै तिहार  परदेसी यो...  धुरु धुरु रुन मन लाग्यो
निधारमा टिका थाप्दै मान्यजनको आषिश पो थाप्न मन लाग्यो
जमरा र टिका लगाई  सोरठी र सालैजोमा नाच्न मन लाग्यो
धेरै भयो मुग्लान बसाई गाँउ बेसीको सुसेली पो सुन्न मन लाग्यो”


“ चरर चहै चहै देउरालीको रोँटे पिङ् पो खेल्न मन लाग्यो
बिछोड भको धेरै भयो मायालुको मुहार पो देख्न मन लाग्यो
घिन्ताङ् मादल बाँसुरी र सारङ्गी पो रेट्न मन लाग्यो
आज किन छट्पटी भो जन्म ठाँउ पो टेक्न मन लाग्यो”


“ ढाका टोपी शिरमा हजुर कछाड भोटो लाउन मन लाग्यो
मादल बजाई झ्याउरे संगै रोईला भाका गाउन मन लाग्यो
दंशै आउंछ तिहार आउंछ सम्झी-सम्झी रुन मन लाग्यो
यस्तै रैछ जीवन मेरो आँशु बगाई आफैलाई धुन मन लाग्यो”

   -झक थापा मगर,
चिसापानी- ८ स्याङ्जा, हाल सउल कोरिया।

No comments:

Post a Comment