![]() |
लेखक :-[ किशन गौतम -कोरिया ] |
महा भूकम्पले आक्रान्त भै l
हजारौ नेपाली घरबार बिहिन भैरहेको बेलामा ll
देश आन्तरिक द्न्दमा फसी l
अशान्तिको कालो बादल मडारिएको बेलामा ll
खै कसरि दिउँ तिमीलाई दशैंको शुभकामना ?
दक्षिणबाट दाना पानी बन्द भै l
घर घरमा चुल्हो बल्न छाडेको बेलामा ll
पेट्रोल र डिजेलको लाइन बस्दा बस्दै l
बाटोमै रात बिताउन बाध्य भएको बेलामा ll
खै कसरि दिउँ तिमीलाई दशैंको शुभकामना ?
गर्भबाट भर्खरै निस्किएको संबिधान l
हुर्किन नपाउदै घाँटी निमोठिएको बेलामा ll
आफ्नो घर आफैले बनाउछु भन्दा पनि l
पराइका आँखाले देखि नसहेको बेलामा ll
खै कसरि दिउँ तिमीलाई दशैंको शुभकामना
दशैं त नेपालीको चाड हो हाम्रो होइन भनि l
राजेन्द्र महतोले ले तराई तिर भाषण गरिरहेको बेलामा ll
पहाडियालाइ दाना पानी बन्द गर्ने l
तराईतिर बाट झन् ठुला धम्कि आइरहेको बेलामा ll
खै कसरि दिउँ तिमीलाई दशैंको शुभकामना
एन्सेल बाट जति धेरै फोंन गर्यो l
त्यति ब्यालेन्स थपिने अफर आइरहेको बेलामा ll
विदेशबाट पैसा पठाए l
मनिग्राम ले पचास रुपिया रिचार्जको व्यवस्था गरेको बेलामा ll
खै कसरि दिउँ तिमीलाई दशैंको शुभकामना
चरम अभाब र संकटबाट गुज्रदै l
विछिप्त मानसिकताले भरिएको बेलामा ll
खै यो दशैंमा कसरि रमाउ म l
जहाँ एक नेपालीले अर्को नेपाली लाइ पराइ देखिरहेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
लेखक:- किशन गौतम (हाल कोरिया )
१४ अक्टोबर २०१५


No comments:
Post a Comment