Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, October 21, 2015

कोरियामा राजदुतसंगै नेपालीहरुले दशैँ मनाए [फोटो फिचर सहित ]





कोरियामा राजदुतसंगै  नेपालीहरुले शुभकामना दिदै  दशैँ मनाए ,नेपाली परिकार सहित झन्डै १ दर्जन गीत संगीतको सास्कृतिक प्रस्तुतिमा रमे नेपालीहरु :

गौरव न्यौपाने /प्रदीप पंगेनी 

२१ अक्टोबर ,२०१५
दक्षिण कोरिया ।
दक्षिण कोरियामा अक्टोबर १८ आईतबारको दिन बिदाको अवसर पारेर   विभिन्न स्थानमा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरु र केहि कोरीयन संगै  हर्षोल्लासकासाथ साथ दशैं मनाएका छन् ।
आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रवाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहणका साथै नेपाली भोजनका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु सहित दशैँको महत्व दर्साउदै दशैं मनाए ।
यसै क्रममा कोरियाको फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रमा पनि भब्यरुपमा दशैँ मनाइएको छ l नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा फूल ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, बिशेष सम्मान तथा बिदाई सहित विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरुका  साथै नेपाली परिकारका खानाको पनि प्रबन्ध गरिएको थियो ।

निर्धारित समय भन्दा अलि ढिला सुरुवात भएको औपचारिक कार्यक्रमको बीचमा गौरव न्यौपानेले "जहाँ छन बुद्धका अाँखा"  स्वागत स्वरूप गीत गाउँदै नेपालको स्मरण गराए। समितिका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम सयोजक प्रबिण गिरीले स्वागत मन्तब्य सहित अन्य आतिथिहरुको शुभकामना मन्तव्य सके  लगत्तै  राजदुत बाट विशेष टिका ग्रहण गरि कार्यक्रम  साँस्कृतिक रमझम तर्फ अगाडी बढाईएको थियो ।
कोरियामा रहेका नेपाली स्थानिय कलाकारहरुले भरिपुर्ण रहेको कार्यक्रममा कलाकारहरु क्रमश  जुद्ध राइले "दशै तिहार ",सरुन श्रेष्ठ "दर्शन नमस्ते ",समीर मोक्तान "बेहोस पछि त होस मा आउँदा " नारायण  पराजुलि "जसो गर जे भन "  नरन पाठक "मुजकोन (कोरियन गीत)साथै राम प्रसाद पाण्डेले लोकगित गाउँदै र गजल भन्दै माहोल तातेको थियो ।साथै भरत लामाले गित गाउनुका साथै शान्ती श्रेष्ठसंग "कहिले माया स्याड फेस"गितको नाचले फेन्तेक तातिरहेको बेला बिना पुनको "डाफे झैँ  नाच्ने हिमाल झैँ हास्ने" बोलको गितमा उहाँको नाचलाइ तालिको ओइरो लागेको थियो।यी कलाकारहरुको थप प्रस्तुतिसहित चल्दै गरेको कार्यक्रम अझै  तताउन" उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना "गितबाट डि-जे स्टार्ट गर्दै गौरव न्यौपानेले विभिन्न नेपाली रिमिक्स गितहरुसंग नाच्दै र नचाउदै अत्यन्त रमाइलो गर्दै तातेको  माहोल कार्यक्रमको अन्त्य सम्म तातिनै  रहेको  थियो।

कार्यक्रममा  नि.बर्तमान समितिका अध्यक्ष बिजुबिक्रम थापा लगाएत अन्य पदाधिकारी हरु, सामाजिक अभियन्ता तथा ब्यबसायी जिबन थापा ,पुस्तकालय सहयोगी तथा समाजसेवी झक थापा मगर ,प्रबाशी मजदुर युनियनका अध्यक्ष उदय राई, धर्म ,सस्कृति सरक्षण तर्फ हिन्दुजागरण अभियानका  यम,सापकोटा,गीत गायन तर्फ राम प्रसाद पाण्डे, समितीमा बिशेष सहयोगी बिल थापा लगाएत लाई सम्मान गरिएको थियो । कोरिया बसाई सकी नेपाल जान लाग्नुभएका  पत्रकार मिन प्रकाश उप्रेती , गितारम सापकोटा ,दुर्गा सापकोटा लाई पनि  बिदाई गरीएको थियो ।
 साथै उक्त केन्द्रको नेपाली समितीले कोरियामा लक्षित गर्दै हरेक दुख,आपतविपदमा सहयोग पुर्याउने उदेश्यले फेन्थेक नेपाली  आपतकालीन कोष खडा गरेको घोषणा गर्दै सबैलाई सहयोग साथ दिन अपिल पनि जारी गरेको  थियो ।
 उक्त केन्द्रको नेपाली समितीका अध्यक्ष कृष्ण पुरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि दक्षिण कोरियाका लागी नेपाली राजदुत कमान सिंह लामा, एनआरएन कोषाध्यक्ष नवराज बोहोरा,झापा मिलन समाजका अध्यक्ष तथा पत्रकार सन्तोष श्रेष्ठ, योंगस्टार ग्रुपका सस्थापक अध्यक्ष तथा समाजसेवी यमश्रेष्ठ , सल्लहाकार सुबर्ण  चौलागाई लगाएत अन्य  समाजसेवीहरु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै अन्यअतिथिहरुमा  एकता समाजका बिदुर शर्मा, एनआरएन युबा प्रतिनिधि साजन शर्मा ,अटिजम अभियानका बिक्रम सिंह ठकुरी,सपना अधिकारी लगाएतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कृष्ण पुरीले प्रबाशमा रहेर पनि सबै नेपालीहरु साझा भावाना बोकेर हर्षोल्लासकासाथ यसरी दशैँ मनाउनु सबै नेपालीको सहिष्णुता र गौरबको कुरा रहेको भन्दै शुभकामना दर्शाएका थिए । हरेक नेपालीहरुको सद्भाव संगै   निस्वार्थ भएर प्रबाशी नेपालीहरुको हितमा कसैको स्वार्थमा  नझुकी सच्चा कार्यमा बढिरहने पनि  उद्घोष  गराए ।
त्यस्तै प्रमुख अतिथि रहनुभएका राजदुत कमान सिंह लामाले हामी नेपाली कला ,धर्म र सँस्कृतिमा  समृद्ध रहेको र सबै सहयोगी र मिलनसार भइ  खुशी  रहन शुभकामना प्रदान गर्नुभएको थियो । लामो समय लिएर बोल्दै लामाले प्रबाशमा रहेर केहि नेपालीहरु नेपालीकै टिका टिप्पणी गर्नुमा  तल्लिन  रहनुभन्दा देश बिकासमा ध्यान दिनु पर्ने सुझाबहरु दिएका थिए ।
कार्यक्रम केन्द्रका सचिव राजु खड्का र  ब. उपाध्यक्ष(कार्यक्रम  संयोजक)  प्रबिण गिरी साथै साँस्कृतिक कार्यक्रम गौरव न्यौपानेले  संचालन गर्नुभएको थियो ।  विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,विद्यार्थी  बुद्धिजीवी  तथा नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम उत्साहजनकरुपमा समापन  भएको थियो ।

फोटो   सहयोगी :- बरिस्ठ क्यामरा म्यान : नरेन श्रेष्ठ 

















No comments:

Post a Comment