Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, June 3, 2015

MERS भाईरस बाट सतर्क रहन नेपाल दुतावास कोरियाको आग्रह













































नमस्ते नेपाल कोरिया सम्बादाता 
३ , मे २०१५ 
दक्षिण कोरिया।

नेपाली दुतावास दक्षिण कोरियाले एम ई आर एस ( MERS)सतर्क रहन नेपाली समुदायमा आग्रह गरेको छ । दुतावासले आज एक प्रेस विज्ञप्ती जारी गरी दक्षिण कोरियामा दुईको मृत्यु भई धेरै भन्दा धेरैमा  सर्दै गएकोले र  यो भाईरसको सक्रमणमा उपचार प्रकृया जटिल रहेकोले यसबाट सतर्क रहन भनेको छ ।

यो भाईरस संक्रमणबाट बच्न धेरै भिडभाड हुने स्थल सकेसम्म नजाने ,सम्भव भएसम्म मुखमा मास्क लगाउने र सम्पर्क गरिने व्यक्तिसंग सकभर अलि पर रहनु पर्दछ l 

मर्स भाइरसले दक्षिण कोरियामा महामारीको रुप लिन सक्ने आशंकामा कोरियाको ५ सय ४४ विधालय बन्द गरिएको छ ।

ज्यानमारा रोगको रुपमा पछिल्लो समय कोरियामा मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम भाइरसको कारण २ जनाको ज्यान गएपछि कोरिया सरकार सर्तक बनेको हो ।


श्वासप्रश्वासबाट सर्ने यो रोग जो कोही बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ । यो रोगको लक्षण भने उच्च ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ । त्यसैगरी खोकी लाग्ने वा दम बढने, श्वास फेर्न गाह्रो समेत हुने गर्दछ ।  सामान्य अवस्था बाहेक नाकबाट पानी वग्ने,खोकी लाग्ने,दम बढने र ज्वरो आउने लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दुतावासबाट जारी विज्ञप्तीमा अनुरोध गरिएको छ ।

No comments:

Post a Comment