Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, June 4, 2015

कोरियामा प्रवासी कामदारको बिगत र वर्तमान - समिक्षा

अनिल गुरुङ 

४ मे , २०१५ ,कोरिया l

कोरियामा प्रवाशी कामदार भित्राउने ईपिएस प्रणालीको (रोजगार अनुमति व्यवस्था) शुरुवात २००४ को अगस्त महिनाबाट भएको हो र २०१४ को अगस्त महिनामा यस पद्धतिले एघार बर्ष पूरा गरेको छ । 

कोरियाली साना तथा मझौला कम्पनीहरुमा कामदारको कमीलाई हटाउन यो प्रणालीको शुरुवात गरिएको हो । कोरियालीहरुको एउटा उखान छ ‘दश बर्षमा नदी र पहाड पनि परिवर्तन हुन्छ’ जुन नेपाली उखानसंग पनि मिल्दोजुल्दो छ | यसैलाई हेर्दा पछिल्लो दश बर्षमा जसरी हान नदीमा धेरै पानी बगेको छ त्यसै गरी कोरियाली ईपिएस प्रणाली अन्र्तगत पनि निकै परिवर्तनहरु भएका छन् ।

 ईपिएस प्रणाली कोरियाको आफनो बिशिष्ट व्यवस्था हो जस अन्र्तगत जी टु जी अर्थात सरकारहरु बीचको समझदारी पत्रमा हस्ताक्षर गरेर प्रवाशी कामदार भित्राउन शुरु गरिन्छ साथै यस अंतर्गत कामदार छनौट तथा पठाउने कार्यमा निजी क्षेत्रको संलग्नता  रहदैन् । छनौट प्रणालीको पारदर्शिता, तथा स्वदेशी तथा प्रवाशी कामदार दुबैलाई कानूनको समानता  यो पद्धतिको आफनो एउटा बिशिष्ट पहिचान  हो ।   ईपिएस प्रणाली अन्र्तगत शुरुमा सन् २००५ मा अदक्ष कामदारका रुपमा ई(९भिसामा जम्मा २५ हजार प्रवाशी कामदारहरु कोरिया भित्रिएकोमा हालसम्म करिब ५ लाख प्रवासी कामदार कार्यरत छन् | 

६४ हजार साना तथा मझौला कम्पनीमा कार्यरत उल्लेखित प्रवाशी कामदारहरु मध्ये  क्षेत्रगत हिसाबमा उत्पादनमूलक क्षेत्र तर्फ ८४.५ कृषि तथा पशुपालन तर्फ ९.५ कन्सट्रक्सन तर्फ ४।५५ तथा मत्स्य तर्फ २।५५ प्रतिशत रहेको छ । सम्पूर्ण प्रवाशी कामदारहरुमा पुरुषको संख्या ९१।८५ तथा महिलाको संख्या ८।२५ रहेको छ । शुरुमा २००४ मा ईपिएस अन्र्तगत आफना नागरिक पठाउने मुलुकहरुको संख्या ६ मात्र रहेकोमा हाल आएर नेपाल समेत १५ राष्ट्र पुगेको छ । 

यस पद्धति अन्र्तगतका कामदाररुलाई सहयोग गर्न कोरियामा ३७ वटा सहयोग केन्द« तथा १ काउन्सिलिंग सेन्टर रहेको छ भने कोरिया प्रवेश हुनासाथ निशुल्क रोजगार सम्बन्धि तालिम पनि उपलब्ध गराईन्छ ।   कोरियाले सन् ९३ मा औद्यौगिक प्रशिक्षार्थी कामदार भित्राउन शुरु गरेकोमा सन् २००४ बाट ईपिएस प्रणालीबाट भित्राउन शुरु गरेको हो । औद्यौगिक प्रशिक्षाथी प्रणाली अन्र्तगत ८० प्रतिशत ओभरस्टे रहेका थिए भने ईपिएस प्रणाली अन्तर्गत हाल करीब १५.८५ प्रतिशत मात्र ओभरस्टे रहेको तथ्यांक छ ।

 सबै भन्दा कम ओभरस्टे  नेपालको कामदारहरु रहेका छन । कूल ओभरस्टे कामदारमा नेपालीहरु जम्मा ३.९ प्रतिशत छन्  । भिसा अवधि समाप्ति पछि प्रवाशी कामदारहरु स्वदेश प्रस्थान गरुन तथा वैधानिक बाटोबाट पुनः कोरिया प्रवेश गरुन भन्ने हेतुले कोरियाले चार बर्ष १० महिनाको सम्पूर्ण अवधि लगातार एउटै कम्पनीमा काम गरी भिसा अवधि समाप्त हुनु अघि स्वदेश फर्केको कामदारलाई स्वदेश फर्केको ३ महिना भित्र प्रतिबद्ध कामदारको रुपमा पुनः कोरियामा प्रवेश हुन सक्ने तथा, कम्पनी परिवर्तन गरेता पनि तीन बर्ष पछि पनि करार थप भई कोरियामा काम गरी करार समाप्त हुनु अगावै स्वदेश फर्केको कामदारलाई ३९ बर्ष ननाघेको भए सीबीटी ( कम्प्युटरमा आधारित परीक्षा) उत्तिर्ण गरेमा स्वदेश फर्केको ६ महिना भित्र पुनः कोरिया आउन सकिने प्रावधानको समेतको व्यवस्था गरेको  छ र यस अन्र्तगत पुनः प्रवेश गर्ने नेपाली कामदारहरुको संख्या अति उत्साहजनक रहेको छ ।  


 नेपालले ईपिएस प्रणालीमा आफनो आबद्धता २००७ को अगस्त महिनामा समझदारीपत्रमा हस्ताक्षर गरेपछि शुरु गरेको हो । ईपिएस प्रणाली अन्तर्गत  २००८ बाट नेपालीहरु कामदारको रुपमा कोरिया भित्रिन थालेका हुन । नेपालीहरु मिहिनेती, ईमान्दार, तथा उच्च क्षमतायुक्त तथा काममा लगनशिल भई खटिन सक्ने भएका हुनाले पनि कोरियामा उनीहरुको  मांग दिन प्रतिदिन बढ्दो छ ।

 नेपालीहरु खास गरी उत्पादन, कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत रही कोरिया र नेपाल दुबै देशको आर्थिक उन्नतीमा उदाहरणीय योगदान पुयाई रहेका छन् । नेपालीहरु मूलतः सवारी साधनकाका विभिन्न् पार्ट पूर्जा बनाउने , वेल्डिंग गर्ने , ग्राइन्डीङ  गर्ने , कलर गर्ने वा अन्य विभिन्न् औद्यौगिक बस्तु उत्पादन  तयार गर्ने जस्ता उत्पादन मूलक कारखानामा कार्यरत छन् । 

कोरियामा प्रवाशी श्रमिकको पारिश्रमिक नेपाली रुपियामा भन्नु पर्दा एकलाख भन्दा केही बढी हुन जान्छ भने ओभरटाईम काम गरेमा डेढ गुणा बढी रकम प्राप्त गर्न सकिने प्रावधान छ र त्यसैले कतिपय नेपाली कामदारहरु प्रतिमहिना नेपाली रुपैयाँ  दुईलाख भन्दा बढी तलब प्राप्त गर्दछन् । 

  कोरियामा कारखानाहरुमा दिन तथा रात दुवै सिफ्ट काम हुन्छ , त्यसैले प्राय जसो कम्पनीहरुमा सात दिन दिउंसो तथा सात दिन रातमा काम गर्नु पर्ने हुन्छ साथै प्राय जसो कम्पनीहरुमा ४, ५ घण्टा ओभरटाईम अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कोरिया अत्यन्तै विकसित आद्यौगिक राष्ट्र भएका हुनाले पनि यहांका उद्यौगहरुमा अत्यन्तै अनुशासित भएर कोरियालीहरु सरह श्रम गर्नु पर्ने हुन्छ ।

 कोरियामा उत्पादनमूलक कारखानाका साथै कृषि क्षेत्रमा थुप्रै नेपालीहरु कार्यरत छन् । कृषिमा खासगरि मिनारी ( एक प्रकारको साग टिप्ने) , च्याउ खेती , विभिन्न् तरकारी , तथा फलफूल उत्पादन पर्दछन् भने पशुपालन तर्फ गाई फर्म , सुगुर फर्म ,घोडा फर्म लगायत कुखुरा पालन तर्फ समेत कार्य गर्नु पर्ने हुन्छ । कोरियाको कृषि क्षेत्र अत्यन्तै उन्नत तथा आधुनिक भएको हुनाले एउटै गाई फर्ममा हजारौ गाई वा बगुर फर्ममा हजारौ बंगुरहरु पालन गरिएको हुन्छ भने मेशिनिकरणको कारणले कामदारहरुको संख्या न्युन रहने गर्दछ । 

  प्रवाशी श्रमिकहरुले काम गर्ने कम्पनीहरु प्रायः साना तथा मझौला कम्पनीहरु हुन् जसमा १ जना देखि लिएर ३० जना वा केहीमा ५० जना सम्म कामदारहरु रहन्छ । नेपालीहरु कोरियाका सबै जसो स्थानमा कार्यरत रहेकोमा खास गरी कोरियाको फेन्टेक , आनसान , सुवान , किम्हे , उल्सान , जेजु आईल्याण्ड , उईजम्बु , पोछन सि ईत्यादि क्षेत्रमा कार्यरत छन् । 

कोरियामा खाना तथा बस्ने व्यवस्था प्रायः कम्पनीहरुले नै उपलब्ध गराउने गर्दछ । नेपालीहरुलाई शुरुमा कोरियन खाना मन नपर्ने तर पछि खादै जांदा अति स्वादिलो लाग्ने हुन्छ । बिदाका दिनमा नेपालीहरु नेपाली खानाको स्वाद लिन नेपाली रेष्टुरेन्टहरुमा पुग्छन् । कोरियाका विभिन्न् स्थानहरुमा गरेर करीब १०० वटा जति नेपाली रेष्टुरेन्टहरु रहेका छन् । कोरियाको सोलस्थित दोङदेमुनमा बिदाको दिनमा नेपालीहरुको उल्लेख्य उपस्थिति रहने  गर्दछ । 

मौसमको हिसाबले कोरिया जाडो बढी हुने मुलुक हो । मंसिर, पुष, माघ तथा फागुन सम्म पनि हिउ पर्ने कारणले तापक्रम माईनस १० देखि २० डिग्री सम्म पुग्दछ । जाडो याममा बाहिर निस्कन तथा काम गर्न समस्या भएपनि प्राय जसो कारखानामा तापक्रम व्यवस्थापन गरिएको हुन्छ ।   

कोरियामा कामदारको रुपमा प्रवेश गर्ने नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धिका साथै केही समस्याहरु पनि देखिने गरेका छन् ।  कोरियामा नेपालीहरुले व्यहोर्नु पर्ने एक प्रमुख समस्या भाषा हो । त्यसकारण भाषामा दक्ष हुन सकेमा कोरियामा काम गर्न सहज हन जान्छ । 

कोरिया प्रवेश गर्नुअगाडि कोरियाको सामाजिक , सांस्कृति तथा औद्यौगिक क्षेत्रका ज्ञान यथेष्ट रुपमा अध्ययन गर्नुका साथै आफूले कोरिया कस्तो काम गर्नु पर्ने हो र त्यो काम गर्न आफू सक्षम छ कि छैन भन्ने अभिभावक समेतले यकिन गरेर  कोरिया प्रवेश गरेमा यहांको बसाई सुखद र सहज छ ।

 (लेखक सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन् ) - 

No comments:

Post a Comment