Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, June 4, 2015

एन आर एन अध्यक्ष शेष घलेले बिध्यावारिधि उपाधि पाउने

shesh-ghale
नमस्ते नेपाल कोरिया सम्बादाता 
काठमाण्डौ ।
June 4, 2015 

  अष्ट्रेलियास्थित फेडरेसन विश्वबिद्यालयले  गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई विद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ् ।
pअष्ट्रेलियास्थित फेडरेसन विश्वबिद्यालयले घलेलाई गत मे ६ तारिखमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने तय गरेको थियो  तर घले मा नेपालमा भूकम्प पिडीतलाई राहत पुर्‍याउन गाउँगाउँमा खटिरहेकाले  विद्यावारिधि उपाधि दिने कार्यक्रम सरेको छ ।
अष्ट्रेलियाको उच्च शिक्षामा पुर्याएको देन, सम्पदा संरक्षण र  नेपाली जनताको सेवामा खटेर अतुलनिय कार्य गरेको भन्दै विश्वबिद्यालयले घलेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको बिश्वबिद्यालयले जनाएको छ् ।
अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा ‘मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) कलेज संचालन गरिरहेका घलेसँग त्यहाँका ऐतिहासिक महत्वका पुराना भवनको स्वामित्व पनि छ । उनले मेलवर्नको अर्गस नामक पुरानो भवन खरिद गरी करिव ५ करोड डलर खर्चेर पुनःनिर्माण गरी हालै संचालनमा ल्याएका छन् ।
नेपालमा पाँचतारे डिलक्स शेराटन काठमाण्डौं होटल निर्माण गरिरहेका घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका छन् । यो नै नेपालकै सवैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।
स्थगित दीक्षान्त समारोह डिसेम्बरका लागि सारिएको आफुले जानकारी पाएको घलेले बताए ।

No comments:

Post a Comment