Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, June 3, 2015

कोरियामा फैलँदै डरलाग्दो भाइरस , सतर्क रहन आग्रह












फाईल फोटो 



३ , मे २०१५
(२०७२ जेष्ठ २० बुधवार )


दूतावासले नेपालीलाई सचेत गरायो


अन्‍नपूर्ण
काठमाडौं : हजारौं नेपाली रोजगारीका लागि कार्यरत दक्षिण कोरियामा केही दिनयता डरलाग्दो भाइरस फैंलदै गएको छ ।
मार्च २० बाट ‘मिडिल इस्ट रेस्पिर्‍याटोरी सिन्ड्रम (एमइआरएस)’ नामका भाइरसको संक्रमणबाट २ जनाको ज्यान गइसकेको भन्दै सिओलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

बुधबार विज्ञप्ती निकालेर यो भाइरसबाट हालसम्म ३० जना मानिस संक्रमित भइसकेको जनाउँदै दूतावासले यसको उपचारसमेत जटिल रहेकाले संक्रम हुनसक्ने स्थानबाट टाढा बस्न त्यहाँस्थित नेपाली समुदायलाई सचेत गराएको हो ।

‘यो भाइरसको संक्रमणबाट बँच्न धेरै भीडभाड हुने स्थानमा सकेसम्म नजानुस, सम्भव भएसम्म मास्क लगाउनुस’, दूतावासले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘भेट हुने व्यक्तिसँग सकेसम्म हात नमिलाई मुखले बोलेर अभिवाद गर्नु नै यसबाट बँच्ने प्राथमिक उपाय हो ।’

दूतावासले यो भाइरसको संक्रमणपछि नाकबाट पानी बग्ने, खोकी लाग्ने, दम बढ्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि नेपाली समुदायलाई अपिल गरेको छ ।

सबैभन्दा पहिले सन् २०१२ मा साउदी अरबमा देखिएको यो भाइरस मार्च २० बाट दक्षिण कोरियामा देखिएको हो । खाडी राष्ट्रको भ्रमणमा गएका एक ६८ वर्षीय नागरिकबाट यो रोग कोरिया भित्रिएको बताइएको छ ।

मार्च २० यता संक्रमित भएका ३० जना मानिससँग सम्पर्क गर्न पुगेका करिब सात सय जना मानिसलार्इ चिकित्सकले निगरानी गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१२ मा यो भाइरसको संक्रमणबाट संसारभर  चार सय ८० जनाले ज्यान गुमाएका थिए । कोरिया सरकारले यो भाइरस नियन्त्रणमा लिन सबै शक्ति परिचालन गर्ने जानकारी गराएको छ ।

No comments:

Post a Comment