Thursday, May 7, 2015

भूकम्पका कारण ईपिएस भाषा परिक्षा सर्ने


नमस्ते नेपाल कोरिया l
२३ बैशाख, काठमाडौं । 

भूकम्पका कारण दक्षिण कोरियामा काम गर्न जान अनिवार्य रुपमा दिनुपर्ने ईपीएस भाषा परीक्षा सर्ने भएको छ ।
पूर्वनिर्धारित तालिकाभन्दा दुई सातादेखि एक महिनासम्म परीक्षा मिति सार्न लागिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
 परीक्षा सञ्चालन हुने मिति भने अझै निर्धारण गर्न बाँकी छ ।

यसअघि आगामी जेठ ३० र ३१ ग्ते भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । ईपीएस कोरिया शाखा प्रमुख डिल्ली बास्तोलाले भूकम्पका कारण परीक्षा सार्नुपर्ने अवस्था आएको जानकारी दिए । 
‘पूर्व निर्धारित तालिकाभन्दा कम्तिमा दुई सातादेखि एक महिनासम्मका लागि परीक्षा सर्नेछ,’ उनले भने । मिति भने पछि तय गरिने उनले जानकारी दिए ।

भाषा परीक्षामा सामेल हुन ५१ हजार तीन सय जनाले आवेदन फारम भरेका छन् । त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यमिक शिक्षा परिषद्बाट लिइने परीक्षा पनि यसै समयमा पर्ने भएकाले सरोकारवालासँग समन्वय गरेर परीक्षा मिति तय गरिने उनले बताए ।

No comments:

Post a Comment