Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, May 28, 2015

इपिएस सिविटिको उमेर हदबन्दी हटाउन माग

निकुञ्ज तिवारी

दक्षिण कोरिया, १३ जेठ : 

रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत लिइने ‘सिविटि’ परीक्षामा समावेश हुने उमेर हदबन्दी हटाउन दक्षिण कोरिया सरकारसमक्ष माग गरिएको छ । उमेर हदवन्दी कै कारण यहाँ कार्यरत अधिकांश आप्रवाशीहरु भिषा अवधि सकिएपछि स्वदेश फर्किन मान्दैनन् । जसमा नेपालीहरुको संख्या पनि बढ्दो छ । आजको  कारोबारमा खबर छ l 
इपिएसमार्फत आएर ३ वर्षे वा ४ वर्ष १० महिने कार्यअवधि पुरा गरेका ३९ वर्ष ननाघेका आप्रवाशीले पुनः कोरियामा काम गर्न चाहेमा ‘सिविटि’ परीक्षा पास गर्नुपर्ने हुन्छ । स्वदेशमा लिईने विषेश भाषा परीक्षा ३–३ महिनामा हुने गरेको छ ।
कोरियामा विभिन्न कठिनाइका कारण ३ वर्षे कार्यअवधि पुरा गर्न नसकेको कामदारलाई पनि उक्त भाषा परीक्षा ‘सिविटि’ खुल्ला गरिदिन आप्रवाशीहरुले अनुरोध गरेका छन् ।
‘सिविटि’ परीक्षामा सहभागी हुने उमेर बढाइयो भने म नेपाल गएर फेरि आउनेथिए ।’ करिब करिब ४ वर्ष १० महिनाको भिषा अवधि सकिन लागेकी उमेर ३८ की झापाकी एक महिलाले भनिन् ‘नेपालमा गएपछि खासै काम छैन् । त्यसैले पुनः एक कार्यकाल कोरियामा काम गर्ने रहर छ । कोरिया सरकारले उमेर हदबन्दी हटायो वा सिविटि दिने उमेर बढायो भने यहाँ अवैधानिक बस्नेको संख्या पनि घट्ने थियो ।
नेपाली सँगै इपिएस मार्फत आएका श्रीलंका, भियतनाम, कम्बोडिया, म्यानमारका युवकयुवतीहरुको पनि माग उही छ । ख्वान्जुस्थित कार्टुन कम्पनीमा कार्यरत ३५ वर्षिय श्रृलंकन युवाले भने ‘कोरियाले पुनः प्रवेशमा खुकुलो नियम बनायो भने अबैधानिक पनि कम हुने र दक्ष जनशक्ति पनि पाउने ।’ सिविटिको उमेरहदबन्धी हटाउन उनको पनि माग छ ।
उमेर हदवन्दीकै कारण यहाँका घरेलु तथा साना उद्योग र कृर्षि तथा पशुपालनमा कार्यरत ३५ (उमेर) कटेका १५ मुलुकका अधिकांश आप्रवाशीहरु अवैधानिक बसी लुकिछिपी काम गर्ने गरेका छन् । उमेर हदबन्दीकै कारण देखाउँदै लुकिछिपी ओभरस्टे बस्ने नेपालीहरुको संख्या पनि पछिल्लो समय उल्येख्य वृद्धि हुँदै छ ।
इपिएस प्रणाली लागु भए पश्चात् कोरिया आएका अधिकांश आप्रवाशीहरु ४ वर्ष १० महिना कार्यअवधि पुरागरी ओभरस्टे बस्ने कामदारको संख्या बढेपछि सरकारले सिविटि पणाली लागु गरेको हो । कोरियामा ३ वर्षे कार्यअवधि पुरानगरेको र उमेर ३९ नाघेको आप्रवाशीले यो प्रणालीमा आवेदन दिन पाउँदैनन् ।
सरकारले अबैधानिक कामदारको संख्या न्यूनिकरण गर्न एउटै कम्पनीमा लगातार ४ वर्ष १० महिना काम गरेको मजदूरले अर्को एक कार्यकाल काम गर्नसक्ने नियम छ । जुन अधिकार कम्पनी संचालकको अधिनमा छ । र कम्पनी परिवर्तन गरेकाहरुले स्वदेश फर्केर बिशेष भाषा परीक्षा ‘सिविटि’ पास गर्नुपर्ने हुन्छ ।
सिविटि परीक्षाको विषयमा कोरियाको श्रम मन्त्रालयमा मौखिक रुपमा जानकारी गराइरहेका छौं । नेपाली दुतावास श्रम सहचारी अनिल गुरुङले फोनमा भने ‘यस विषयमा सुनुवाई नभएको होइन, तर श्रम कानुन नै फेरबदल गर्नुपर्ने हुँदा यसै भन्न गाह्रो छ ।’
कोरिया सरकारले यदि सिविटि परीक्षामा सहभागि हुने उमेर बढाइ ४४ वा ४५ बनाइदिने हो भने कोरियामा अवैधानिक आप्रवाशीको संख्यामा कमि आउने उनको भनाई छ ।

No comments:

Post a Comment