Sunday, May 10, 2015

इपिएस परीक्षा भदौपछि मात्र हुने

इपिएस परीक्षा भदौपछि हुने

नमस्ते नेपाल कोरिया 
काठमाडौं, वैशाख २७ - 
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत छैटौं कोरियन भाषा परीक्षा भदौपछि मात्रै हुने भएको छ । निर्देशक समितिको वैठक बसेर परीक्षा सञ्चालन हुने मिति तय गरिने इपिएस शाखाका निर्देशक डिल्लिराम बाँस्तोलाले बताउनुभयो । 
भूकम्पले ल्याएको विपत्तिको कारण देखाउँदै दक्षिण कोरियाको मानव संसाधन विकास एचआरडीले परीक्षा सार्न उपयुक्त हुने बताएको थियो । 
तस्बिर ;- उज्यालो अनलाईन
त्यसैले मध्यवर्षा नपर्ने गरी भदौपछि मात्रै परीक्षा सञ्चालन गर्न लागिएको निर्देशक बाँस्तोलाले जानकारी दिनुभयो । यसअघि जेठ ३० र ३१ गते भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो ।
 त्यसका लागि परीक्षार्थीहरुले फारम पनि भरिसकेका छन् । भदौपछि हुने परीक्षाका लागि यसअघि नै भरेका फारमले हुने र नयाँ फारम भर्नु नपर्ने पनि बाँस्तोलाले स्पष्ट पार्नुभयो । परीक्षाका लागि ५१ हजार ४ सय ९९ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

No comments:

Post a Comment