Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, May 31, 2015

नेपाली कलाले ढाकियो कोरिया एसियन महोत्सब [फोटो फिचर ]

          

कृष्ण पुरी 

३१,मे ,२०१५
 फेन्थेक , दक्षिण कोरिया


एसियन महोत्सबमा नेपालीहरुको  बहुसास्कृतिक गुन्जायमान -


"अनेकतामा बिबिधता सगै एकता र सुमधुर सापिप्यता" को मूल संदेश छर्दै दक्षिण कोरियाको फेन्थेक शहरमा फेन्थेक प्रबाशी सहयोग केन्द्रको मुख्य आयोजनामा वर्ल्ड पिपुल्स डे को अवसरमा मनाइएको एसियन महोत्सब भव्यताका साथ् सम्पन्न भएको छ । 

आज ३१ तारिख आईतबार - फेन्थेक शहरमा एसियाका बिभिन्न देशका मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु , खेलकुदहरु साथै बिबिध प्रतियोगिताहरु बीच कोरीयन लगाएत सम्पूर्ण उपस्थित प्रबाशीहरुले बहुसास्कृतिक महोत्सबको भरपुर आकर्षणमा रमाए । 

फेन्थेक प्रबाशी सहयोग केन्द्र सगै फेन्थेक बहुसास्कृतिक परिवार , फेन्थेक नेपाली समिति, स्थानीय सामाजिक संघ सस्था साथै विभिन्न देशका प्रबाशिहरुको संग्लनतामा आयोजीत सो महोत्सबमा प्रमुख अतिथी फेन्थेक सिटीका मेयर गोंग जाए ग्वांग ले शुभकामना राख्दै कोरीयन र प्रवाशीहरुको एकता र बहुसास्कृतिक सम्बन्धलाई विशेष जोड दिएर सम्बोधन गर्नुभएको थियो । 

फेन्थेक सिटीका मेयर गोंग जाए ग्वांग



एसियाका देशहरु कोरिया -जापान-चिन-नेपाल -फिलिपिन -कम्बोडिया भिएतनाम -थाइलेन्ड-श्रीलंका -इन्डोनेसिया, बंगलादेश ,म्यान्मार लगाएत बिभिन्न देशहरुले आफ्नो सास्कृतिक प्रस्तुतीहरु सगै आ-आफ्नो पहिचान झल्काएका देखिन्थे l सो महोत्सबमा आ-आफ्ना देशका खाना तथा परिकारका स्टल पनि संचालनमा रहेका थिए । 
मध्यान्ह १२ बजे फेन्थेकको एक कोरीयन समुहको तेक्वान्दो परेड प्रस्तुत सगै कोरीयन हाजिरीजवाफ , नेपाली क्यारम बोर्ड , खम्बा चढ्ने ,कुखुरा समात्ने जस्ता बिबिध प्रतियोगितात्मक खेलहरु सम्पन्न भएका थिए । 
फेन्थेक सिटि द्वारा प्रायोजन गरीएको सो महोत्सवमा सास्कृतिक प्रतियोगितामा प्रथम पुरस्कार कम्बोडियाका नागरिक सेम्रोंनले 'खु साराम...' कोरीयन बोलको भावुक गीत गाउदै सबैलाई मन्त्रमुग्ध पार्दै कम्प्युटर हात पारे ।   दितीय पुरस्कार फेन्थेकमा कार्यरत नेपाली सरुण श्रेष्ठले 'ने नाईगा अतेस्स....' कोरीयन बोल कै गीत सुमधुर रुपमा प्रस्तुत गर्दै बाई साइकल प्राप्त गरे भने तृतीय पुरस्कार चिनका महिलाले पाइन् । 

अन्य नेपाली लगाएत सहभागीता जनाउने हरुलाई पनि शान्त्वना पुरस्कारहरु प्रदान गरीएको थियो । 
कोरीयाका सामाजिक सस्थाहरु ,पत्रकारहरु सगै एसियाका प्रबाशीहरुको सहभागिताको अवसरमा
नेपालको प्रस्तुतिहरु तर्फ- कुसुमे रुमालको गीतमा ( रितमान थापा र रेनुका बस्नेत ) ,सेती खोला तरौला ..बोलमा ( बिष्णु गुरुङ ,प्रभा गुरुङ ) को नाच प्रस्तुत सगै जहा छन् बुद्धका आखा.. (गौरभ नेउपाने (गोपी)  ) लगाएत अन्य बिबिध बहुभाषी गीतहरुले फेन्थेक शहर गुन्जाईएका थिए । 


कोरियाको फेन्थेक शहरमा रहेर सामाजिक क्षेत्रमा बिशेष योगदान पुर्याउनुहुने कोरियनहरु लगाएत केहि प्रवाशीहरुलाई फेन्थेक माइग्रेन्ट केन्द्रको पहलमा उक्त शहरका मेयर ग्वान्गले सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए l सो सम्मानमा फेन्थेक नेपाली समितिका तर्फबाट बरिस्ठ उपाधक्ष्य रहनुभएका भक्त थापाले पनि सम्मानपत्र ग्रहण गर्नुभएको थियो । 
यसै अवसरमा हालै नेपालमा गएको महा विनासकारी भूकम्प प्रति पनि सहयोगार्थ फेन्थेक माइग्रेन्ट केन्द्र (कोरिया ) र नेपाली समितीले बिशेष जोड दिदै आर्थिक संकलन जुटाएका छन्  सो केन्द्रले भूकम्प पिडितलाई झन्डै १५ लाख रुपैया यस अघि नै जुटाएर नेपालमा नेपाल कोरिया ह्यापी ड्रिम मार्फत रसुवा लगाएत विभिन्न ठाउमा सहयोग हस्तान्तरण गरिसकेको छ भने सोहि केन्द्रमा आबद्ध नेपाली समितिले पनि झन्डै ५ लाख रुपैया नेपालको दैबी प्रकोप तथा उद्धार पुनर्स्थापना कोषमा जम्मा गरेका छन् 

नेपालका भूकम्प पिडितलाई उल्लेख्य सहयोग जुटाउदै फेन्थेकमा अवस्थित आरति नेपाली रेस्टुरेन्टका संचालक जीवन थापाको सयोजकत्वमा खानाको स्टल स्पोन्सर सहित परिकार बिक्रिबापत उठेको सम्पूर्ण रकम पनि नेपालका भूकम्प पिडितलाई प्रदान गराइने बताउनुभएको छ । 


                                                 कार्यक्रमका सम्बन्धित झलकहरु :- 

























No comments:

Post a Comment