नमस्ते नेपाल कोरिया सम्बाददाता
२५ , अप्रिल २०१५
आज एक विनासकारी , भयानक नेपालमा गएको महाभूकम्पलाई मध्यनजर गर्दै नेपाल सम्पर्क समिती कोरिया द्वारा सहयोग तथा ध्यानाकर्षण बारे प्रेस बिज्ञप्ती भर्खरै जारी गरेको छ ।
नेपाल सम्पर्क समिती (एन सी सी ) कोरिया द्वारा प्रेस बिज्ञप्ती :-
आज मिती २०७२ बैशाख १२ गते नेपालमा आएको महा भुकम्पले हामी बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु अत्यन्त निश्तब्ध: भएका छौँ र यो राष्ट्रिय शोकको घडीमा सम्पुर्ण नेपाली हरुले एकजुट भएर आर्थिक भौतिक नैतिक सहयोग गर्नु र गराउनु हुन एन सी सी कोरिया हार्दिक अनुरोध गर्दछौं । बि.सं. १९९० पछि आज आएको सबै भन्दा ठूलो महा भुकम्पले मुख्य गरेर काठमाडौं र चितवन आसपासको क्षेत्रहरु तथा देशको सम्पुर्ण भु-भागमा अत्यन्तै प्रभावित भएकोले ठुलो जन धनको क्षति भएको छ। प्रभाबित क्षेत्रको उचित ब्यबस्थापन,उपचार र राहत समग्रीहरुको ब्यबस्थाको आवश्यक रहेको छ, साथै कहा कति के नोक्सान भएको छ भन्ने बारे अहिले सम्म कुनै एकिन बिबरण आउन नसकेको खण्डमा नेपाल सरकार , रास्ट्रिय तथा अन्तरास्ट्रिय गैरसरकारी संस्था, स्थानिय सङ्घले आ-आफ्नो क्षेत्रबाट यथासिघ्र सहयोग गर्नु हुन नेपाली सम्पर्क समिति कोरिया ले हार्दिक अपिल गर्दछ ।
नेपाल को विभिन्न ठाउमा आगलागीको आलो घाउ सेलाउन नपाउदै जाजरकोट को महामारी उचच चुलीमा पुगिरहेकै अबस्थामा आज बिभिन्न स्थानमा गएको भुकम्पले ठुलो धनजनको क्षती पुर्याको छ| साथै कोरिया वाट जाजरकोटको महामारी र अग्नि पिडित को राहत संकलन बढिरहेको समयमा हामी माझ फेरी महाभूकम्प आएकोले यथासिघ्र हामी सबै नेपाली एकजुट भएर दाजुभाई तथा दिदीबहिनी हरुलाई कोरिया बाट राहत संकलन गर्नको लागि एन सी सी को सयोजकमा आपतकालीन राहत संकलन समिति गठन गरिने भएको छ| त्येसैले भोलि मिती २०१५/४/२६ को दिनमा तय गरीएको नेपाल हाउसमा एन सी सी को अन्तरक्रिया कार्यक्रममा यसै बिषयलाई महत्वपूर्ण मानी साथै अरु बिषयमा पनि क्षलफ़ल गरिने भएको ले राजनीतिक संगठन,संग सस्था,जातीय सस्था र जिल्ला सम्पर्क समितिका अध्य्क्ष तथा प्रतिनिधी,बुद्दिजिबी,पत्रकार,समाजसेबी,र सम्पूर्ण अग्रज व्यक्ति हरुलाई अनिबार्य उपस्तिथिको लागी हार्दिक अनुरोद गरिन्छ l
नेपाली सम्पर्क समिति दक्षिण कोरिया ।
No comments:
Post a Comment