Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, April 24, 2015

कोरियामा श्रम नीतीको बिरोध - मजदुर आमहड्तालमा ४ लाख बढीको सहभागीता

सउलमा भएको प्रदर्शन (फाइल फोटो )

नमस्ते नेपाल  कोरिया संवाददाता


•  २४ अप्रिल २०१५ ।


 आज २४ तारिक शुक्रबार दक्षिण कोरियाको मजदुर संगठन कोरीयन कन्फेडेरेसन अफ ट्रेड युनियन
 ( केसिटियु) ले गरेको आमहडतालमा लाखौ मजदुरहरुको सहभागिताका बीच सम्पन्न भएको छ । कोरिया  सरकारले आउदो संसदमा लैजान  लागेको नयाँ श्रम नीतिको विरोध गर्दै केसिटियु र एमटीयु ले निरन्तर आन्दोलन  गर्दै आईरहेको छ ।
 प्रजातान्त्रिक मजदुर महासंघ केसिटियुले अस्थाइ मजदुरले २ बर्ष काम गरे पछि स्थाइ गर्नु पर्ने हालको  नियमलाई  सशोधन गरि ४ बर्ष काम गरेपछि मात्र स्थार्इ गर्ने ,स्थाइ मजदुरलाइ जुनसुकै अवस्थामा निस्कासन गर्न पाउने, ५५ बर्ष माथिको  मजदुरहरूलाई  जुनसुकै कम्पनीमा पठाउन सक्ने , तलब बृद्दि गर्ने नियममा परिबर्तन गर्ने, काम गर्ने समयमा परिबर्तन गर्ने लगायतको  बिषयलाइ लिएर सरकारले परिबर्तन गर्न लागेको  मजदुर निति स्थगित गर्नु पर्ने , न्युनतम ज्याला प्रति घन्टा १० हजार वन हुनु पर्ने, सबै मजदुरहरूको  मजदुर हक अधिकार सुनिश्चितता  गर्नको  लागि मजदुर कानुनको  धारा २ को  सशोधन हुनु पर्ने , सार्बजनिक कोष मजबुत  बनाउनु पर्ने , मजदुरहरूलाई शोषण गरि ठुला  कम्पनीहरूलाई  मात्र बढि मुनाफा हुने हालको  निति खारेज हुनुपर्ने लगायतका मागहरू राखी  आज  कोरियाका मुख्य सहरहरुमा आम  हडताल बृहतरुपमा सम्पन्न गरेको छ |

प्रबाशी मजदुर युनियन (एमटीयू) का अध्यक्ष उदय राईले दिनुभएको जानकारीअनुसार हड्तालमा सरकारी कर्मचारी ,शिक्षक ,यातायात लगाएत १६ घटक मजदुर संघ र १६ वटा  क्षेत्रिय कार्यलयमा दर्ता भएको मजदुर संघ लगाएत गरी झन्डै ४ लाख भन्दा बढी मजदुरहरु सहभागी भएका  थिए भने  मजदुरहरुले कम्पनीको काम ठप्प पारि कोरियाको विभिन्न १४ स्थानमा भेला भई  आमसभा र जुलुसहरु  गरेका  थिए ।  

 सो हडतालमा प्रवासी मजदुरहरूको  पनि ब्यापक रुपमा समर्थन साथै सहभागीता रहेको   थियो । उक्त हट्ताल कोरियाका मजदुर मात्र नभएर सम्पूर्ण देशका कोरियामा रहेका प्रबाशी मजदुरहरुका  निम्ति पनि भएकोले KCTU र MTU ले  गर्ने हरेक मजदुर आन्दोलनमा झैँ  प्रबासी मजदुरहरुको उल्लेख्य उपस्थीती थियो । सो हट्तालमा कोरियाका  लाखौ लाख मजदुरको उपस्थिति थियो भने कोरियाको  राजधानी सऊल सहरमा मात्रै करिब ४० हजार जतिले हट्तालमा भाग  लिएका थिए । सउल क्षेत्रमा कार्यरत मजदुरहरु सउल महानगरपालिकाको प्रांगणमा जम्मा भई  आमसभा गर्नुको साथै छोंगाक क्षेत्रसम्म मार्च पास समेत गरेका  थिए  ।

No comments:

Post a Comment