२१ अप्रिल २०१५ ,कोरिया l
यहि अप्रिल १९ तारिख आईतवारको दिन “माईग्रेन्ट हाउस सेन्टर किम्हे द्वरा किम्हे रङ्गशालामा आयोजित पाचौं माईग्रेन्ट भलिबल प्रतियोगितामा नेपाल मगर संघ गणतन्त्र कोरिया प्रथम भई उपाधी कब्जा गर्न सफल भएको छ।
दुईवटा बिदेशी टिम सहित १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा मगर संघका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधीको हकदार बनेको हो।
करिब सउल देखि पांच घण्टाको लामो बस यात्राको थकान र निन्द्राको बाबजुद पनि खेलाडीहरुले देखाएको अनुशासन तथा उच्च प्रदर्शन र दर्शक दिर्घाबाट हौसला र हुटिङ्ग पाएका मगर संघका खेलाडीहरुले उपाधीका दाबेदार टिम इण्डोनेशिया र खजेदो “ए” माथी हावी हुंदै मगर संघले फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।
मगर संघ र खजेदो “बी” को फाईनल खेल प्रतिस्प्रधात्मक हुने अपेक्षा गरिए पनि नेपाल मगर संघले सोझो ३-० को उत्कृष्ट नतिजा निकाल्दै बिजेता बन्न सफल भएको हो। उक्त फाइनल खेल बेस्ट अफ फाइभ राउण्डको आधारमा खेलाईएको थियो। बिजय सङ्गै नेपाल मगर संघ गणतन्त्र कोरियाले ट्रफी सहित आठलाख कोरियन वन् प्राप्त गरेको छ भने उप-बिजेता खजेदो “बी” ले छ लाख कोरियन वन् र ट्रफी प्राप्त गरेको छ।
खेल अबधी भर राम्रो र अनुशासित खेल देखाए बापत बेष्ट प्लेयरको उपाधीमा नेपाल मगर संघका खेलाडी चिनु छन्त्याल छनोट भई एकलाख कोरियन वन् प्राप्त गर्न सफल भएका छन् । नगद पुरस्कार तथा ट्रफी किम्हे माईग्रेन्ट सेन्टरका प्रमुख तथा समाजसेवी यज्ञराज सुबेदीले प्रदान गर्नुभएको थियो भने उक्त अबसरमा नेपाल मगर संघ दक्षिण कोरियाको शाखा समिति किम्हे/बुसानका कलाकारहरु द्वरा मगर लोक संस्कृती झल्काउने बेजोड नृत्य प्रस्तुत गरिएको थियो।
No comments:
Post a Comment